Gazhal "Alone .." : Tanka Sambahamphe

Gazhal "Alone .." : Tanka Sambahamphe

टंक सम्वाहाम्फे

गजल

एक्लै थिए यात्रा भरी लक्ष्यहरु वाधी
हिड्दा हिड्दै दोवाटोमा परिदियो साझ

वास खोज्दा घर छैन अध्यारो छ संसार
भौतारिदै रात वित्यो पाईएन साथ

आखा खोली दुनिया हेर्छु देख्छु सवै खुशी
आफु भने भोक प्यासै कामीरहन्छ आत

आफ्नोहरु जाली रहेछन् वाचौ कसो गरी
मरौ भने जीउनुको लागिरहन्छ मात

देख्नु र भोग्नु छ पुरा केहि हुने होईन
गर्छु भन्ने सपनाको ब्यर्थै लाग्छ खात

5 Haikus_Kshetra Pratap Adhikari

पाँच हाइकु

-क्षेत्रप्रताप अधिकारी

सुतेकी सेती
उठेको माछापुच्छूे
पोख्रेली स्पर्श ।

फेवाको पानी
पानीमा द्यौलागिरी
जलसम्भोग ।

टुसुक्क सानी
मुसुक्क मुस्कुरायो
पुतली फूल ।

किशोरीबोट
छातीमा मीठो चोट
काचो बेलौती ।

तन्नेरी आँखा
परेवाको प्रणय
आँशुको थोपा ।

Song_Inside oneself_Tika_Chamling

Nepali lyrics: "Inside oneself..." : Tika Chamling

गीत :
- टीका चाम्लिङ्ग

आफैभित्र आफैलाई छाम्दै हिंड्नु परेको छ
कतिबेला के हुने हो काँम्दै हिंड्नु परेको छ

००

कस्तो-कस्तो लाग्छ अचेल
आप्m्नै आँतको साथी पनि
किन लाग्छ कमजोरीझैं
पहाडजस्तो छाती पनि

ठाउँ सुहाउँदो भूमिका, बाँध्दै हिंड्नु परेको छ
कतिबेला के हुने हो काँम्दै हिंड्नु परेको छ

००

बिरानोझैं लागिरहन्छ
हिंडिराग्को बाटो पनि
आकाश कति राृेइरहेको ?
आसिसक्यो माटो पनि

Muktak-Ramesh_poudel

Contemporary Nepali Poem (Muktak): Ramesh Poudel

रमेश पौडेल

समसामयिक मुक्तकहरु

घरवार देखाउने पनि यहीँ छन्
दरवार देखाउने पनि यहीँ छन्
यो दुनिया त कपटीको मात्रै हो-
तरवार देखाउने पनि यहीँ छन् !

मलाई मेरै अँगेनाको तातो आगो चाहिन्छ
मलाई मेरै खोलाको उर्वर पाँगो चहिन्छ
देशको बनाउने ठेक्का लिएकालाई भन्छु-
मलाई मेरै देश टाल्ने सियो धागो चाहिन्छ !

न पहाडको कलकल पानी रह्यो
न युवाहरूको उम्दा जवानी रह्यो
रह्यो त मोदीजीको एक्लो बाडुली-
न हाम्रै नेताहरूको र्इमानी रह्यो !

Pages