साप्ताहिक सिर्जना (अंक-२) :कविता “व्हाइट ह्याट ह्याकर”

कविता
"white hat hacker "
(व्हाइट ह्याट ह्याकर)

म "व्हाइट ह्याट ह्याकर" हुँ
तिमीलाई थाहा नभएका
तीम्रा कमजोरी पत्ता लगाउन
तीम्रा "पोर्ट " हरु "स्क्यान " गर्छु
तिमि भित्रका "प्याच "हरु जाच्छु
तिमी संग जोडिएको "नेटवर्क" मा
एक एक गरि "स्निफ्फ़" गर्छु
तीम्रा फाइल "स्क्यान" गर्छु
तीम्रा "एप्लिकेसन" हरु "स्क्यान " गर्छु
तिमीमा भएका "भाइरस"का
हस्ताक्ष्येर पत्ता लगाउँछु
राम्रोलाई राख्छु, नराम्रो लाई
तिमि भित्रै "क्वारेन्टाइन " गर्छु

हो म "व्हाइट ह्याट ह्याकर " हुँ
तिम्रो "मेमोरी, स्टोरेज" जाच्छु
तिम्रो "पर्फ़ोर्मन्स टेस्तिङ्ग " गर्छु
तिमीलाई सकेसम्म धेरै प्रयोग गरि
तिम्रो "लोड टेस्तिङ्ग " गर्छु
तिमीलाई "पेनेट्रेसन टेस्तिङ्ग " गर्छु

म "व्हाइट ह्याट ह्याकर " हुँ
यो सब म तिमीलाई
बलियो, दरिलो, फराकिलो
बनाउन गरिरहेको हुन्छु
"ब्ल्याक ह्याट ह्याकर" ले
भत्काएर छिर्न नसक्ने बनाइरहेको हुन्छु
"ग्रे ह्याट ह्याकर" ले
धम्क्याएर "ब्लैक मेल" गर्न नसक्ने बनाइरहेको हुन्छु

म "व्हाइट ह्याट ह्याकर" हुँ
तिमीलाई हरेक दिन "स्क्यान" गर्छु
बाहिरबाट भीत्रबाट "मोनिटर " गर्छु
हरेक हप्ता, महिना
"पेनेट्रेसन टेस्ट " गर्छु
म लुकेर, छुपेर तिमीलाई चलाउदिना
म खुल्लम खुल्ला देखाएर गर्छु

काम गरिसके पछि तीम्रा मालिकले
तिमीलाई यति दह्रो राम्रो बनाए वापत
केहि ज्याला दिएर मलाइ बिदा दिन्छन
तिमि "हैक " भएको खण्डमा फेरि
बोलाउने सर्तमा छोडी दिन्छन

हो म "व्हाइट ह्याट ह्याकर " हुँ
म फेरि अर्काको कमजोरी
पत्ता लगाई बलियो बनाउन तिर लाग्छु

पुरु सुबेदी
साउथ राइडिंग, भर्जिनिया