साप्ताहिक सिर्जना (अंक-२ ) :कविता “सुखले रमाऊॅ”

कविता
"सुखले रमाऊॅ"

छन्द ----ईन्द्रब्रजा :
SSI SS IIS ISS
आएछ साथी ,नव बर्ष घुम्दै
ल्याएछ मीठो सपना समेट्दै
हावा र पानी कण बालुवामा
सॅसार सारा नव पालुवामा ।।

भागेर जाऊन् सब दु:ख दर्द
फैलेर आऊन् मन भित्र हर्ष
छायाॅ र माँया सब रूप नौलो
बिर्सन्न मैले घर गाउॅ मौलो ।।

यो जिन्दगीको नव गीत लेखूँ
सॅसार राम्रो सब प्रीत देखूँ
रोएर मात्रै अहॅ हुन्न हुन्न
बेकार , हाम्रो मन दुख्न हुन्न ।।

हामी सबैको दिल भित्र,भित्र
राम्रो छ चाहा ,सपना सचित्र
संकष्ट बाधा ,सब हट्नु पर्छ
ईच्छा छ राम्रो अव फुल्नु पर्छ

आशा बिनाको छ र जिन्दगानी ?
सोचौं न हामी पनि भाग्यमानी
यो जिन्दगीले जति दु:ख दिन्छ
उत्साह राम्रो र उमङ्ग दिन्छ ।।

बाॅचेर हेरौं सव तर्फ धर्ती
हाँसेर बाॅडौ सब ज्ञान भक्ति
राखेर आशा ,मनका कुनामा
कोरेर मीठो नव सिर्जनामा ।।

आशा उमारोस् अव जिन्दगीले
भाषा सपारोस् नव सिर्जनाले
चैतन्य चोला सब बाॅच्न पाऊँ
सम्पूर्ण मान्छे सुखले रमाउॅ ।।

रश्मि भट्ट
न्युयोर्क, अमेरिका