साप्ताहिक सिर्जना (अंक-५ ) :गजल “मान्छे एकै त हो...”

गजल

मान्छे एकै त हो प्राणी तर मै जान्ने नठान,
शक्ति सबैमा हुन्छ बलिया मै जान्ने नठान ।

विद्या धेरथोर होलान् यो जगतको लीला,
बाटो एउटै नै हो दीक्षामा मै जान्ने नठान ।

शिक्षामा निपुण त होलान् कोही केहीजन,
हरेक कला साधनामा नि मै जान्ने नठान ।

समय त चक्र हो एक सीमाक्षेत्र परिधिको,
ब्रम्हाण्ड नै हासिल सम्झि मै जान्ने नठान ।

राख स्वच्छ भावना र कामना मानव हितले,
दया करुणाको परिवेशमा मै जान्ने नठान ।

मान्छे एकै त हो प्राणी तर मै जान्ने नठान,
शक्ति सबैमा हुन्छ बलिया मै जान्ने नठान ।

बिके श्रेष्ठ पासा
दोलखा, अभयपुर ।