साप्ताहिक सिर्जना (अंक-८) :कविता "प्रश्न”- रवि शाहु खल

कविता

"प्रश्न"

अस्तित्व के का लागि
गन्तब्य के हो
अस्थिरता के का लागि
खोज के हो
विश्लेषण के हो, निष्कर्ष के हो
बिसर्जन के हो , उत्कर्ष के हो

जब सबै निष्कर्षहरू प्रश्नमा टुंगिन्छन्
तब सबै उत्तरहरू बेवारिसे बन्छन्
गहिराइमा डुबुल्की मार्दा मार्दै
अन्तहिन पिँधको खोजीमा अल्झिन्छ जिन्दगी।

सबै प्रश्न/उत्तर हरूलाई एउटै चितामा जलाइ दिऊँ जस्तो लाग्छ
तर ती धुँवाका बादलहरूलाई के गरूँ
भावनाका बोझहरूलाई के गरूँ
जिन्दगीले हिसाब माग्दा
कुन खातामा के चढाऊँ।

- रवि शाहु खल
हाल: अमेरिका