साप्ताहिक सिर्जना (अंक-१०) :संस्मरण कथा "उसको माया पाउने सपना”- हर्क बहादुर लामगादे ‘रोहित’

संस्मरण कथा
"उसको माया पाउने सपना"

मेरो अतिथि समन्वयको जिम्मा थियो। भारतीय सांस्कृति कला संगठनले सांस्कृतिक कार्यक्रमको आयोजना मैरे राज्य मणिपुरमा हुने निर्णय भएको थियो। कार्यक्रममा भाग लिन विभिन्न राज्यबाट कलाकारहरू बिराजिए जसमा असम, अरूणाचल, त्रिपुरा, गोवा, हिमाचल, केरल, राजस्थान, उत्तराखण्ड, गुजरात थिए। त्यो सालको कार्यक्रम मणिपुर अनि असमल राज्यले आयोजन गर्ने निर्णय भएको हुनाले मैले पनि कार्यकर्ताको रूपमा जिम्मेदारी पाएँ। कार्यक्रमको दुई दिन अघि नै सबै तयारी भईसक्यो। एक दिन अघि सबै प्रदेशबाट कलाकारहरू आईपुगे।

अघिल्लो दिन व्यस्थापकहरूको भोजन उपरान्त बैठक थियो। म काममा सधैँ सजक हुनाले अरूभन्दा पहिले पुगे। बैठकरूमको लाईट बाले। एक-एक गरेर सबै आए। व्यवस्थामा दुई राज्यका हुनाले एक-अर्कामा चिनजान थिएन। म स्वभावमा सर्मिलो हुनाले म अझ सबैसँग अनजान थिएँ। फराकिलो काठोमा एउटा ब्लब भएकोले होला प्रकास परसस्ति थिएन।

मेरो नजर ढोकातिर गयो जहाँबाट सबैजना बैठकमा आउँदै थिए। मेरो नजरलाई चुम्बकीय शक्तिले ताने जस्तो मेरो नजर घुर्न सकेन। हेर्दा आँखा नै लोभिने सुन्दर युवतीको आगमन भयो। साडी लगाएकी, एक हातमा फाईल, अर्को हातमा फोन, आंकलन गर्दा चौबिस-पच्चिस वर्षकी होली, आँखाका काजल परै बाट छर्लंग देखिएको, रङ हिमालको बरफ समान, सुडोल जिउ, भरिलो छाती, अनुहारको चमक नै मोती समान। उसको प्रवेशले रूमको खल्लो प्रकासमा बढोत्तरी गरायो। थाहा पनि पाइँन मन ढुक-ढुक गरी राखेछ मेरो त। सबै जना भेला भई सके। सबै कुर्सीमा बसे। ऊ पहिलो पंक्तिमा थिई। म जानी-जानी उसको पछि बसे। मिटिंग हुन लाग्यो। भोली स्टेजमा हुने कार्यक्रको वर्णन हुन लाग्यो। को-कोस्लाई के जिम्मेवारी दिएको छ नाम साझा हुन लाग्यो। मलाई कस्ले के जिम्मेवारी पाउदैछ, त्यसमा जोर दिँदा पनि मनले ध्यान दिन सकेन। एउटै कुरामा केन्द्रित थिएँ, उसको नाम के हो अनि उसले के प्रतिनिधि गर्ने छे? घरी-घरी म उसको केशमा नजर डुलाई राखेको थिएँ। उसको छेउमा पछि बसेर पनि होला उसको केश अनि ऊ बाट मन्द-मन्द बासन अदृष्यरूपमा छर्रिएको मेरो नाकले थाहस पाई राखेको थियो। ऊ प्रतिको आकर्षण मनमा छापिदै गरेको मैले महसुस गर्दै गए। ‘असमबाट आउनु भएकी पुष्पाले मंच संचालन गर्नु हुनेछ ’ कार्यक्रमा प्रमुखले घोष्णा गरे। मनले पुष्पा भनेर पुकार्यो। पछाडी फर्केर सबैलाई नमस्ते गरी। उनको नजर मतिर त पुगेन, म छेउमा हुनाले बरू मेराे चाहिँ उनको अनुहारलाई निहाले। मन ढुक-ढुक हुनाले नजर तल गरी हाले। उनको न बाधिएको केश आधा पछि अनि आधा केश अघि आएर उनको सुन्दर जिउमा सपक्क भएर टाँसिएको, मनै जिरिङ्ग भयो। आधा घण्टाको मिटिंगमा उसको बारेमा एक घण्टा समय लाग्ने कल्पनाहरूको पहाड बनाएछु।

मिटिंग समाप्त भयो। कुनै विश्राम गर्न आफ्नो कोठातिर जान लागे त कोही भोलीको तयारीको निम्ति आपसमा बसेर कुरा गर्न लागे। म कोठा बाहिर निस्किन पाईला सार्दै थिए, मेरो कानमा मधुर आवाज ठोक्किएर मनभित्र पुगेर बस्यो। ‘हेलो सुभाष जी’ पछाडी फर्केर भने, ‘जी पुष्पाजी’। ‘म पनि नेपाली हुँ, हिन्दी न बोले हुन्छ। हजुरको ड्यूटी अतिथि समन्वयमा लागेको रहेछ। मलाई कृपया सबै मंचमा बस्ने अनि स्थानीय अतिथिको सूचि एवं परिचय दिनु होस् न।’ जाडोमा अँगेठी सामु राखि दिए जस्तो मनमा सुकुनको आनंद छायो। ‘हुन्छ नि‘ भन्दै फाइलबाट अतिथिको सूचि दिएँ। ऊ कुर्सी तानेर बसी। अतिथिको जानकारी मार्फत प्रश्न गर्न लागि। मैले पनि कुर्सी उसको छेउमा तानेर बसे। अहिले हामी आमने-सामने भयौँ। उसको सुन्दरतालाई निहाल्ने मेरो सुनहरा मौका थियो र मैले गुमाइँन पनि। उसले प्रश्न गर्ने, मैले जवाफ दिने प्रक्रिया निकै बेरसम्म चल्यो। उसको बोलीमा, आवाजमा पनि मोहनी। आवाज नै मिठो भएर पनि होला संचालन गर्न प्रबंधकले उसलाई दिएको। बीच-बीचमा आफ्नो केशमा हात फेर्ने, घरी-घरी मोबाइल ओन गरेर हेर्ने। उसको प्रत्येक कार्य र हिलन-डुलनमा मेरा नेत्र नाँची रोखे। मैले जवाफ दिएको उसले लेख्ने अनि अर्को प्रश्न गर्नु अघि मुसुक्स हाँसेर सहमति माग्नु, म त लट्ठु भएँ। उसको प्रश्नको उत्तर दिन बाहेक उसको व्यक्तिगत कुराहरू सोधु कि भनेर विचार गर्दा पनि मुटु कामेर सोध्ने विचार फिर्ता गरी हाल्थे।

पध्र मिनट जति कामको गफ गरेर उनी म भन्दा पहिले कोठादेखि बाहिर निस्की। मलाई मेरो कोठा जान मन परेन। उसै सँग रातभरी अघिको जसरी गफ गर्न पाए कति आनंद लाग्ने थियो होला जस्ता समुद्री लहर, तरंग मनमा जन्मिन लागे। उसलाई फेरी भेट्न अनि एक झलक हेर्न मन लाग्यो। अहिले सम्भव थिएन। ऊ आफ्नो कोठातिर गई सकेको थिइँ। फाईलबाट लिस्ट निकाले, सबै पढे अनि लागे सबैको कोठातिर जान। एक-एक गर्दै कोठा चाले। अंतिममा उसको कोठा बाहिर पुगे। घंटी बजाए। पुष्पा ढोकामा आई। मैले त केही भन्न सकिन। ‘सुभाष जी केही अर्जेन्ट काम थियो कि?’ ‘हैन पुषा जी केही काम थिएन, हजुरले यो कलम मिटिंग रूममा छोडेर आउनु भएछ। अतिथिको जिम्मा मेरो हो केही कष्ट भयो कि भनेर सबै कलाकारहरूलाई सोद्धै आएको थिएँ।’ कलम उसलाई दिए। ‘धन्यवाद’ भनेर उसले कलम समाति अनि मैले मेरो काम्दै गरेको मन समाते। उसको हातको स्पर्शले मेरो अंङ्ग-प्रत्यङ्ग रोमांचित भयो, शरीरको तापमान अझ बढ्यो, संकुचित भएको मन फुलेर सम्भाल्न नसक्ने स्थितिमा पुगे जस्तो लाग्यो। पहिलो चोटि कुनै महिलालाई स्पर्श गरेको त हैन तर जुन प्रतिक्रिया मनले, तनले दिदैँ थियो त्यो पहिलो चोटि भएको आभाष पाएको थिएँ। जब मनमा भावना र चाहनाको भेल बग्दछ, त्यो वातावरणमा कसैको स्पर्शले पनि रोमांचित उत्पन्न गर्ने शक्ति संचालित गर्दो रहेछ। यो मेरो जीवनमा पहिलो अनुभव थियो। ‘कता हराउनु भयो सुभाष जी’ उसले मलाई मेरो ध्यान भंग गर्न व्यंग मतिर फ्याँकी। ‘कतै होइन, यो मेरो मोबाइल नम्बर राख्नु होला, केही जरूरत परेको खण्डमा अप्ठ्यारो नमानी याद गर्नु।’ आउनु अघि मोबाइल नम्बर लेखेर खल्तीमा राखेको थिएँ। ‘गुड नाईट’ भनेर म त्यहाँबाट आएँ। अझै उसलाई सामना गर्ने स्थितिमा म थिइँन।

भोली पल्ट कार्यक्रमको शुभारम्भ भयो। स्टेजमा संचालन गर्ने पुष्पाको वाणी कुनै राजकुमारीको भन्दा कम थिएन। सरस्वतीको समान उसको कण्ठबाट आएका शब्दले कार्यक्रमको स्थललाई मन्त्रमुग्ध बनाएर राखेको थियो। उसका शब्द जति छरिदै थिए म त्यति नै छर्रिएका शब्द बटुलेर मनमा थुपार्नमा व्यस्त थिएँ। सबै कलाकारले आफ्नो कलालाई प्रर्दशित गरी सबैको मन जिति रहदै थिए। म आफ्नै मनमा उसको मन जित्ने कला बुन्दै थिएँ।

साँझसम्म कार्यक्रम समाप्त भयो। मुख्य अतिथिगण हरू सबै गए। कलाकारहरूको भोलीपल्ट मणिपुर भ्रमण गर्ने प्लान थियो। सफल कार्यक्रम समाप्त भएको उपलक्ष्यमा रातिको भोजन आज विषेश राखिएको थियो। भोजन सुरू भयो। सबै कलाकारहरू आफ्ना-आफ्ना राज्यका टोली बनाएर गफ गर्दै, हाॅस्दै कार्यक्रका कुरा गरी राखेका थिए। पुष्पा आसामको टोलीमा बसेको थिइँ। उसको टोलीमा जान मैले कुनै निहु पाईनँ। सबैको सुलभ भोजन व्यवस्था होस् भनी सबैतिर घुम्दै व्यव्स्था दुरस्त गर्दै थिएँ। बिच-बिचमा मेरो नजर मैले लुकाउन खोजे पनि ऊ तिर गई राखेका हुन्थे। उसले हाँसेको, बोलेको लुकी-लुकी हेर्दै ऊतिर तानिन्दै थिएँ। सबैको भोजन भयो। सबै आफ्नो कोठातिर लागे। म अंतिममा सबैको भोजन उपरान्त बाहिर निस्के।

म आफ्नो कोठा जानु सट्टा पुष्पाको कोठातिर चाहिँ लागे। पाइला घरी रोकिँदै थिए घरी अघि सार्दै थिए। कण्ठमा धेरै कुराहरू भेला भएका थाहा कता-कता पाएँ। पाइलामा अर्कै उर्जा संचार भयो। आखिर म उसको कोठा छेउ पुगे। पसिना- पसिनै भएका हातले घण्टी बजाएँ। उसले ढोका खोली। उसलाई भिन्नै पोषाकमा देख्दा म मोहित हुनबाट बाच्न सकिन। स्वतंत्र केश आफ्नो मर्जीले छरी राखेका, ढिलो टिसर्ट, घुँडासम्मको हाल्फ पेन्ट। उसले केही भन्नु अघि नै मैले भने, ‘हजुरले भोजन गरेको टेबलमा अतिथिले दिएको पुस्तक छाडेर आउनु भएछ, पुस्तकमा हजुरको नाम लेखेको हुनाले लिएर आएँ’ यति भनेर मलाई किला जितेको समान गर्व लाग्यो आफुमा। ‘धन्यवाद सुभाष जी! भित्र नै आउनुहोस् न, साथी पनि अर्को कोठामा उसको साथीसँग गएकी छे। एक्लो भएर पनि अल्छि लागी रहेको छ।’ मेरो त मनै थुरूरू भयो। हृदय धक्-धक् गरेर बाहिर आउला जस्तो भयो। ‘हुन्छ’ भन्ने आट पर-पर पनि आउन सकेन। ‘होइन पुष्पाजी, मेरो काम छ। म जान्छु। भोली यात्रामा भेटुला’ भनी दिएँ। ऊसंग समय बिताउने मन हुदाँ हुदै पनि भित्र जान सकिन। ‘म भोली बिहान सात बजे नै जादैछु, घरमा चाँडै न गई भएको छैन।’ यति भनेर उसले मिठो मुस्कान मेरो अघि पस्केर गइँ। ‘ए ल ल हुन्छ’ भन्दै म आएँ।

आज मलाई विस्तारा बिजाउन लाग्यो। निन्द्रा लागेन। अनाजले चिसो माटो अनि पानी पाए पछि उर्मिन लाग्छ। त्यो अवस्थामा उम्रिन लागेको अनाज कोमल हुन्छ, नाजुक हुन्छ, घाम-हुरीको प्रभाव ज्यादा हुन्छ। धेरै ख्याल अनि सुसारको अावश्यकता हुन्छ। भर्खरै उम्रिदै गरेको प्रेमको मुना पनि यस्तै हुँदो रहेछ। डर लाग्ने, सोचेर पनि मन त्यसै खुसि अनि खल्लो हुने, उसको उपस्थिति मात्रले आनंद अनि मीठो डर हुने। धेरै नाजुक अनि अनौठो हुँदो रहेछ प्रेमको भूमिका सुरू हुदाँ। यि कुरा मेरो मनले आभास गर्दै थियो। प्रेम भयो कि? भनेर मन कता-कता प्रफुल्लित भएर आकास चुम्ने सपनाको सीढी बनाउन लागेको थियो। तर सिढी पुग्नु अघि पुष्पाको मनको कुरा, उसबारे जान्न पनि जरूरी थियो जो मैले सुरू नै गर्न सकेको थिइँन।

ऊ व्याग बोकेर गाडीमा चढ्न लागेको थिइ। विदा दिन कुन हकले पो जानु, न घनिष्ट मित्र, न सम्बन्ध न एउटै राज्यबाट आएको। ऊ जानु अघि उसको मोबाइल नम्बर मागु जस्तो लाग्यो तर हिम्मत छेउ-छाउ नै आएन। ऊ आफ्ना साथीलाई ‘बाय’ गर्दै अंगालो मारेर जान लागी। म पर बाट फोनमा बोलेको निहुँले विदा हुदै गरेको ठाउँतिर जान लागे। म पुग्नु अघि ऊ गाडीमा चढी। मैले फोन खल्तीमा राखे। मन चिसो भयो। हृदयमा चस्स लागे जस्तो भयो। उसँग मनको कुरा भन्न न पाई गइँ। फोन नम्बर पनि लिन सकिन। मनको वातावरण नै भिन्नै भयो।
केही क्षणमा खिड्कीबाट टाउको निकालेर सबैलाई हात हल्लाउँदै म पट्टी हेरेर मुसुक्क हाँसी अनि हात हल्लाइँ। अँध्यारो भएको मनमा सानो उँज्यालो दिपक जलाएर गइँ। त्यो मुस्कानलाई मनमा कैद गरेर सधैँको लागी राखे।

दिनभरी यात्रामा मन लागेन। उसको नामले धेरै चोटि फेसबुकमा, इन्स्टाग्राममा, ट्यूूटरमा खोजे तर भेटिन। विभिन्न राज्यबाट आएको सूचिमा उसको फोन नम्बर हेरे, थिएन। असमको एकजना कलाकारलाई उसको सोसियल मिडियाका एकान्टबारे सोधेँ। पुष्पाले प्रयोग गर्दिन भन्यो। उसंग फोन नम्बर पनि रहेन। कार्यक्रम प्रबंध संग थियो होला तर ऊहाँ मेरो मामा पर्नु हुन्थ्यो। माग्न मिलेन। ऊ हुँदा नै मनको कुरा राखेको भए हुने रैछ भन्ने पछुताे लाग्यो। मसँग उसको म्यासेज या फोन आउनु नै मेरो विकल्प रह्यो।

एक हप्ता गयो उसको केही संदेश आएन। म घरी-घरी कार्यक्रमका फोटोहरू निकालेर उसको फोटोलाई जुुम गरी गरी हेर्थे। दिनमा उसको म्यासेज वाट्सएप आयो कि भनेर सय पटक मोबाइल हेर्थे। तर संदेश आएन।
एक दिन रातिको खाना खाएर फोनमा गेम खेल्दै थिएँ। वाट्सएप मा दुईटा म्यासेज आयो। खेलको धुनमा म्यासेज हेरिन। आधा घण्टा पछि फेरी आयो। मैसेज खोले।
‘हेलो सुभाष जी!
सन्चै हुनुहुन्छ?
कार्यक्रमा सहयोग, ख्याल अनि ध्यान दिएकामो धन्यवाद। हजुर धेरै असल मान्छे हुनुहुन्छ।’
मैसेज पढेर मेरो मनमा असारको खोला उर्लेझै खुसि उर्लेर आयो।
‘हेलो पुष्पा जी, म सन्चै छु। हजुर आरामै पुग्नु भयो?
यसरी हाम्रो निकै बेरसम्म्क म्यासेजमा कुरा भयो। कुरा-कुरामा कार्यक्रमको पलहरू पनि याद गरेउ। उसलाई थाहा थियो अरे कि मैले उसलाई मन पराएको, लुकी लुकी हेरेको। मेरा यि सबै हरकत देखेर उसलाई पनि आनंद लागेछ। रात्रि भोजनको उपरान्त पुस्तक जानी जानी उसले छोडेर गएकी रहेछ। उसले कोठाभित्र बोलाउँदा म नगएको कारण पनि सोधी। मैले फेरी काम थियो भनेर टारी दिएँ। ‘गुड नाईट’ हुनु अधि उसले ‘आई एम विडो हुमेन लेखेर पठाइ’ म अचम्मित भएँ। छाङ्गाबाट खसे जस्तो लाग्यो। मैसेजको के रिप्लाई गरू गरू भएँ। मनमा कुराको भेल आयो। मनले यो भेल थाम्न सकेन। मैले केही पनि रिप्लाई गरिन। एक घण्टा पछि फेरी उसको म्यासेज आयो, ‘मेरो दुई साल अघि विहे भएको थियो। पति विदेशमा काम गर्नु हुन्थों। बिहे भएको एक महिना पछि विदेश फिर्ता जाँदा बीच बाटोमा हवाई जहाज क्रेष भएर ऊहाँको अकस्मात मृत्यु भयो।’ अझ पनि मैले केही भन्न सकिन। म पसीना पसीना भएँ। खट्पटी भयो। निन्द्रा लागेन। मनमा आएका प्रश्नको संतोषजनक उत्तर जति खोज्न गर्दा पनि टुङ्याउन सकिन। यता पल्टे उता पल्टे, उसको चित्रमा आँखामा कुदी राख्यो साथमा ‘ आयम विडो हुमेन’ भनेको कानमा जता त्यतै घुमी रह्यो।

ड्याम्म बिस्ताराबाट झरे। आमा हत्तार-हत्तार गरी मेरो कोठामा आउनु भयो। ‘मेरो छोराले चाहिँ सुत्न सकेकै हो। बिहानको नौँ बजी सक्यो। के सपना देखिस् र खाटबाट खसिस्। आज प्रेम दिवस भन्दै तेरा उमेरका साथी सज धज गरेर घुम्न निस्कैदैछन्, त चाहिँ सुति राख।’

म टाउको सुम्सुमाउँदै उठे अनि आमाको खुट्टा छोएर आशिर्वाद लिएँ।

हर्क बहादुर लामगादे ‘रोहित’
चारहजारे, मणिपुर, भारत