साप्ताहिक सिर्जना (अंक-१४ ) : मुक्तक "चार मुक्तकहरु ”- शकुन ज्ञवाली

"चार मुक्तकहरु"

मुक्तक-(१)

अरुले सम्झने त्यहि बोलि हो बोलीमा मिठास घोल्ने गर
सकारात्मक सोच अरु प्रति सधै प्रेमले हृदय खोले गर
त्यस्तै बोल अरुलाई पनि जस्तो तिमी लाई प्रिय लाग्छ
बोलीमा पनि वजन हुन्छ महोदय तौलिएर बोल्ने गर।

मुक्तक-(२)

कत्तिले त जानाजान गल्ति गरी चुक्ने गर्छन्
विवाद बाट बच्न कोही चुपचाप लुक्ने गर्छन्
माफी माग्ने सबै जना दोषी हुन्छन् भन्ने छैन
कयौ मानिस सम्बन्ध जोगाइ राख्न झुक्ने गर्छन्।

मुक्तक-(३)

हिजो कुरा काटेका हरु पनि मुखले ठिक्क पार्न आउँछन्
हिजो टाढिएका हरु नै आज सम्बन्ध नजिक सार्न आउँछन्
तपाईले प्रगती गर्नुभयो भने नौटंकी नै छ हाम्रो समाज
हिजो तपाईको खुट्टा तान्ने हरु नै आज धाप मार्न आउँछन् ।

मुक्तक-(४)

यौटा सपनाको पछि लाग्दा कयौं सपना टुटेका छन्
बरु धेरै खुशी देख्छु हजुर जसले गिट्टी कुटेका छन्
जिन्दगी नै धरौटी राखी खुशी खोज्छ आजको मान्छे
यौटा खुशीको पछि लाग्दा सयौ खुशी छुटेका छन्

- शकुन ज्ञवाली
न्युयोर्क, अमेरिका