story:Beard bird

Борода птица : Александр Трофимов
Beard bird ( Russian story translated into Nepali ) : Alexandar Trofimov

चराको दाह्री

अलेक्सान्द्र त्रोफिमोभ

,,हाम्रो वनमा, जहाँ दयालु वनदेवता बस्छ, हुदका हुल मानिसहरु देखा परे । कोही त्यसै घुम्न आउँथे चने कोही च्याउँ बटुल्न, बदाम टिप्न, फलपूmल लिन आउँथे । कोही कोही त आराले रुख ढाल्न समेत आउने गर्दथे । हामी वनवासीहरुलाई सारा शहरवासीहरु उल्टेर सधैंका लागि वनमा आएजस्तो लाग्न थालेको थियो । के हामी वनमा बस्नेहरुले शहरतिर बसाइँ सरेर शहरवासीहरुको घरमा वास बस्न जानुपर्ने भयो त ? यस्तो समेत विचार गर्न थालिएको थियो । तर कुरा यत्तिमै सीमित रहेन । मिखाइल पोतापिच भनेर चिनिने वनको भालु त टिकट किन्न भनेर रेलको स्टेशनसम्म पनि पुग्यो । तर यसको नतीजा अर्कै निस्कियो । टिकट बेच्ने महिलाले तुरुन्त भ्mयालढोका ढ्याम्म थुनी र ,,गुहार ।,, भनेर चिच्याउन थाली । उसको वन नै थकाउने खालको कंकला स्वर सुनेर त्यहाँ आइपुगेको प्रहरी चाहिं आप्mनै गाडीमा सवार भएर त्यसलाई यसरी दगुराउन थाल्यो, मानौं हेलिकोप्टरमै सवार भएको होस् ।
यसरी वनवासीहरुले शहरवासी बन्ने सम्भावना पाएनन् । नत्र कति मजा आउने थियो ः खरायोलाई घरको पहिलो तलामा बस्न दिइँदो हो, प्mयाउरो लाई दोस्रोमा, दुम्सीलाई तेस्रोमा, लोखर्केलाई चौथोमा, व्बाँसोलार्य पाँचौंमा, भालmुार्य छैटौंमा, च्याउँहरुलाई सातौंमा, भ्mयाउहरुलाई आठौंमा, चराचुरुंगीहरुलाई चाहिं नवौ तलामा, माकुरालाई दशौंमा, माहुरीहरुलाई एघारौंमा र यस्तै रीतले हरेक प्रकारको जीवजन्तुलाई फरक फरक तलामा बस्न दिन सकिन्थ्यो ... ,,
तलाहरुको गन्ती गर्दै कसलाई कुन तला दिने भन्ने बयान गदौगर्दै मेरी फिस्टो चरी थाकेर एक छिन चूप लागी । फिस्टो चरीको बालसुलभ रमाइलो कथा सुन्दै म मुस्कुराइरहेको थिएँ । केही बेर पछि उसले कथा अगाडि बढाउँदै थपी ः
,,मान्छैहरुले घन्टीपूmल कुल्चेर सखापै पारिसके । फेरि च्याउँहरु मात्र टिपे त हुन्थ्यो नि, उनीहरु त जरै समेत उखेल्छन् र पो । अनि कसरी च्याउँहरु बढ्न सक्छन र ? केटाहरुले चाहिं चराचुरुंगीका गुँढहरु नै बिगारिदिन्छन् । ठूलाबडाहरु चाहिं राम्रा राम्रा रुखहरु आराले काटेर ढाल्दछन् । अनि रुखहरु पनि कसरी आकाश छुन सक्ने हुनु ? छोटकरीमा भन्ने हो भने मान्छैहरुको उधुम अत्याचारले गर्दा वनवासीहरुले भोग्नुपरेको आपद्विपद्को गन्ती गरेर साध्य छैन । उनीहरुले हाम्रो वनलाई हुनसम्म क्षति पुर्याइसके ।,, लामो सास फेर्दै फिस्टो चरी मेरी सानी छोरीभैंm रुन पो लागी ।
मैले बिस्तारै उसको मुण्टो मुसारिदिएँ । उसका प्वाखहरु ज्यादै छोटा र मुलायम थिए । मलार्य उसप्रति कतिसम्म दया जागेर आयो भने उसलाई कतै जान नदिएर आप्mनो छातीमा टाँस्न मन लाग्यो । वनमा उसको लागि जताततै खतरैखतरा भएको मलाई भान भयो । वन भनेको वन नै त हो । त्यहाँ न प्रहरीहरु छन्, न त हरेक रुखमा पाले नै ...
तर मेरी फिस्टो चरी उमेरदार भइसकेकी थिई । उसका आप्mनै बालबच्चाहरु पनि जन्मिसकेका थिए । के उसलाई छातीमा टाँसेर राख्न सकिन्थ्यो र ?।
फिस्टो चरीले फेरि आप्mनो दयनीय रामकहानी सुनाउन थाली ः
,,मान्छेहरुले वन विनाश गरेको वनदेउताले पनि टुलुटुलु हेरिरहनुपरेको छ । ऊ ज्यालै चिन्तित भएको छ । जे भए तापनि ऊ वनको देवता नै हो, वनको रहस्यमय आत्मा हो । एकपल्ट उसले घन्टीपूmलको शोकाकूल स्वर सुनेको थियो । घडीपूmलहरुको टिनटिन रोदनभैंm प्रतीत हुन्थ्यो । मान्छैहरुले वनमा फुल्ने घडीपूmलको आवाज सुन्न समेत सक्तैनन् । यसमा आश्चर्यको केरै के छ र ? मान्छेहरु अक्सर गिर्जाघरमा बजाइने ठूल्ठूला घन्टहरुको आवाज समेत सुन्दैनन् त ।,,
,,रक्षा गर, वन देवता, रक्षा गर । हाम्रो रक्षा गर्ने कोही भएन ।,, घन्टीपूmलहरु प्राचीन वनदेवताको आँखाको नानीको गहिराईमा भित्रसम्म हेरेर पुकारा गर्दै थिए ।
वनदेवताको हृदय असहनीय पीडाले भरियो । तर उसले घन्टीपूmलहरुको रक्षा कसरी गर्न सक्तथ्यो ? एकाएक उसले भन्यो ः
,,बुभ्mयौ त, तिमीहरु मेरो कानमा बसाइँ सर ।,,
उनीहरुको यस्तो वार्तालाप सुनिरहेको लोखर्केले अचम्म मान्दै बादलको उँचाईसम्म उफ्रेर उद्गार प्रकट गर्दै भन्यो ः
,,कस्तो अनौठो प्रस्ताव । तर कति मौलिक, कति चमत्कारपूर्ण ।,,
घडीपूmलहरुले आप्mना हरिया आत्माहरुद्वारा गमेर सोचविचार गरेपछि वनदेवताको प्रस्ताव स्वीकार गरे ।
वनदेवताका कानहरु निकै ठूला थिए, किनभने वनको सम्पूर्ण आवाज सुन्न सक्नुपर्दथ्यो । अनि मान्छेहरुको संहारबाट कति थोरै घडीपूmलहरु बचेका थिए भने ती सकै वनदेउताको एउटै कानमा अटाइहाले । यसरी घडीपूmलहरुले बस्नका लागि नयाँ ठाउँ पाए ।
,,आप्mनो अनुहार पोखरीमा हेर । पानीमा आपूmलाई एकपल्ट त हेर । तिमी कति सुन्दर देखिन्छौ ?,, घडीपूmलहरुले टिन टिन गर्दै सुरिलो आवाज निकाल्दै एकै स्वरमा वनदेवतालाई भने ।
वनदेवताले पोखरीको निर्मल पानीमा हेर्दा आप्mनो टाउकोको ठाउँमा पूरै घडीपूmलको रमणीय बगैंचा देखे । उनको कानमा घडीपूmलहरु सुखपूर्वक रमाएको स्वर गुञ्जिरहेको थियो । म पनि फिस्टो चरीको मोहक कथा सुनेर मख्ख परिरहेको थिएँ र मेरो कानमा पनि आनन्दले रमाइरहेका पूmलहरुको गुञ्जन घन्किरहेको थियो, उनीहरुको सुमधुर संगीत गुञ्जिरहेको थियो ।
,,वन्य जन्तुहरुको माझमा रेम्ब्रांट अथवा भान गोग पनि हुँदा हुन् त यस्तो सौन्दर्यको चित्रण अवश्य गर्दा हुन् । चित्रकारहरुका कुचीले स्वतः नै क्यानभासमा भव्य चित्र लेख्ता हुन् । यस्तो दिव्य सौन्दर्यको रसपान नगरी कोही पनि अगाडि बढ्ने थिएन होला ।,,
यसरी फिस्टो चरी आप्mनो कथा भन्दै थिई । उसले अगाडि थपी ः
,,हाम्रो गुँड सखाप पार्न थालिएको देखेर मैले वनदेवता कुन वेला निदाउँछ भनेर चियो बस्ने अठोट गरें । ऊ निदाएपछि मैले आप्mना पतिको साथमा मिलेर छिटो छिटो उनको दाह्रीमा नै नयाँ गुँड बनायौं । त्यहाँ कसैले पनि हामीलाई देख्न सक्तैनथ्यो । हाम्रा सम्माननीय वनदेवताको बाक्लो दाह्रीमा घना झाडीमा जस्तै कसैले पनि हाम्रो गुँड देख्न सकेन । त्यतिखेर नै हामीले वास्तविक पारिवारिक सुखको अनुभव गर्न पायौं । दिउँसो आराम लिन भनेर वनदेवता सुतेको मौका पारेर मात्र हामी गुँडबाट उडेर बचेराहरुका लागि चारा खोज्न निस्कन्थ्यौं । त्यतिखेर बचेराहरुलाई पनि रुन र कराउन हुँदैन भनेर कडा चेतावनी दिनेगरेका थियौं । हाम्रा बचेराहरु भनेको खूब मान्दथे र हामी नफर्कुञ्जेल चूप लागेर बसिरहन्थे । उनीहरु न रुन्थे, न कराउँथे, न त गीत नै गाउँथे, न ता चुलबुल नै गर्दथे । हाम्रा बचेराहरु निकै ज्ञानी बनेर हुर्केका छन् । यस्ता बच्चाहरुको आमा बन्न पाउनु पनि सौभाग्यको कुरा हो ।,, फिस्टो चरीले गवौक्ति प्रकट गरी ।
,,पितृत्व पनि त गर्वकै कुरा हो नि ।,, मैले आप्mनी छोरी माशालाई सम्झेर सही थापें ।
,,यस कथनप्रति मेरो पूर्ण सहमति छ ।,, फिस्टो चरीले समर्थन जनाई । ,,वनमा हरेकले राम्रो काम गर्ने अवसर पाउँछ । दृष्टान्तको लागि भनौं ः दाह्री पाल्नु र फिस्टो चरालाई त्यसमा गुँड लगाउन दिनु ।,,
यसो भन्दा फिस्टो चरीले मेरो दाह्रीतर्पm पुलुक्क हेरी । मैले अलि सतर्क भएर एैनामा आप्mनो मुख हेरें । मेरो च्यूँडोमा बाक्लो दाह्री उम्रिराखेको थियो । म दाह्री खौरन चाहन्नथें, त्यसैले दाह्रीले पनि मलाई निकै मन पराएको थियो र के पूर्व र पश्चिम, के उत्तर र दक्षिण चारै दिशातिर एकैनाससित लम्बिएर पैmलिरहेको थियो । यदि संसारमा पाँचौं दिशा हुँदो हो त त्यतातिर पनि अवश्य नै मेरो दाह्री बढेर जाँदो हो ।
,,सुन त । मेरा बचेराहरुको निम्ति तिम्रो बाक्लो दाह्रीमा गुँड बनाउन देऊ । त्यहाँ उनीहरु आनन्दसित बस्न सक्नेछन् । यसरी तिम्रो दाह्रीको केही सदुपयोग त हुनेछ । सित्तैमा दाह्री पालेर के फाइदा ?,,
मलाई निःशुल्क वनको भाषा सिकाउने फिस्टो चरीले मलाई फुर्काउँदै भनी । अनि ऊ मेरो दाह्रीतर्पm फुर्र उडेर आई र ठुंगले बिस्तारै मेरो दाह्रीको रौं मिलाउन लागी ।
,,तिम्रो प्रस्ताव नै अलि अप्ठेरो खालको छ ।,, मैले अकमक्क परेर टिप्पणी गरें । ,,दाह्रीमा न गुँड बनाउन मिल्छ, न त धेरै तला भएको घर नै निर्माण गर्न सकिन्छ ।,,
,,संसारमा बाच्नु भनेको पनि त अप्ठेरै खालको छ नि । तैपनि हामी सबै बाँचैकै छौं क्यारे ।,, दार्शनिक पाराले फिस्टोचरीले आप्mनो भनाइ राखी ।
,,मैलै दाह्री काटेर फाल्ने विचार गरेको छु ... ,, केही वर्षअघि मेरो मनमा आएको विचार मैलै प्रकट गरें ।
,,पर्दैन, पर्दैन ।,, एकाएक तीनै बचेराहरु कताबाट हो कुन्नि भुर्र उडेर आए । उनीहरु तँछाड् मछाड् गर्दै भनिरहेका थिए ः ,,हामीले अब आप्mनो परिवार बसाउनु छ । तिम्रो दाह्रीमा तीन कोठा भएको राम्रो घर बनाउन सकिन्छ । हामी त्यसमा मजाले बस्न सक्नेछौं । गँडेउलाको मीठो भोजन खान हामीकहाँ तिमी पनि पाहुना बन्न सक्नेछौ । चाहन्छौ भने तिम्रो लागि हामी गँडेउलाको भुटुवा बनाऔंला, होइन भने गँडेउलाको सुरुवा नै सही । अँ, आलो गँडेउला नै खाने मन भए पनि तुरुन्त खोजेर ल्याई हामी नै तिम्रो मुखमा हालिदिऔंला ।,, बचेराहरुले आतिथ्यसत्कारको वचन दिए ।
,,धन्यवाद । धन्यवाद । म भोको छैन ।,, तर्सेर मेचमा अडेस लिंदै मैले भनें ।

अलेक्सान्द्र त्रोफिमोभ
सेता झिंगाहरु
पातहरु हाँसे, पहिला पूmलहरु मुस्कुराए, पुतलीहरु नाच्न थाले, रंगीन प्वाँख फट्फटाएर भमराहरु भुँभुँ गर्न लागे । हुन सक्छ, भुवाको लुगामा पसीनाले लथपथ भएर झिंगाहरु पनि एक दोस्रालाई उछिन्दै उड्न थाले ।
अहो, वसन्त कति रमाइलो हुन्छ ।
बर्खे गँडेउलाहरु भुइँको मुनि रहेको आप्लनो घरबाट बाहिर निस्केर फोहार पानीमा मजा मान्दै नुहाउन तल्लीन भए । उनीहरु जमीनमुनिको वाल्सनृत्य नाच्दै थिए । उनीहरुको वासस्थानमा यो नाच निकै लोकप्रिय हुँदो हो । झरीवर्षा र बाजागाजाको साथमा बर्खे गँडेउलाको निम्ति यस्तो वाल्सनाच मनमोहक हुन्छ । उनीहरुको लागि कथामा जत्तिकै रमाइलो भइरहेको थियो ।
कुन्नि कताबाट हो, एउटा फिस्टो उडेर आयो । त्यो पानी जमेको ठाउँनेरै बस्न पुग्यो र भन्न लाग्यो ः
,,अपसोच, तिमीहरुले सेता झि.गाहरु देख्नै पाएनौ । मैले बल्लतल्ल उनीहरुबाट छुटकारा पाएँ ।,,
,,सेता भिंmगाहरु कस्ता हुन्छन् ?,,
बर्खे गँडेउलालाई न सेता भिंmगाहरुको बारेमा थाहा थियो, न त हिउँको बारेमा नै ज्ञान थियो । त्यसैले ज्यादै अचम्म मान्दै फिस्टो चरोले बतायो ः
,,हिउँमा र हिउँदमा मात्र तिनलाई देख्न पाइन्छ ।,,
,,हिउँद भनेको के हो नि ?,, बर्खे गँडेउलाहरु मुख बाएर वाल्ल परिरहे । ,,हामीले हिउँ पनि देखेका छैनौं, हिउँद पनि देखेका छैनौं । संसारमा बर्खे भिंmगाहरु पनि छन् कि ? यो सब तिम्रो कपोलकल्पना होला । कथा होला यो ।,,
,,उडन्ते आण्डेरसन, हा हा ।,, सबभन्दा तन्नेरी बर्खे गँडेउलाले खित्का छाड्दै व्यंग्य गर्यो ।
,,के तिमीहरुलाई हिएा भनेको पनि थाहा छैन ?,, फिस्टोले छक्क पर्दै पखेटा समेत फटफट गर्यो ।
,,अँ, तेरो त्यो हिउँ कहाँ छ त ?,, तन्नेरी बर्खे गँडेउलाहरुले एकै स्वरमा हँसी उडाए । ,,आओस् न त्यो यहाँ, हाम्रो पोखरीमा । संगै पौडी खेलौंला र एक दोस्रालाई काउकुती पनि लगाऔंला ।,,
,,हिउँ त पग्लेर गैसक्यो ।,,
,,पग्लेर कता गयो नि ?,,
,,जमीनमुनि ।,,
,,खै, हामीले त त्यहाँ हिउँ देखेनौं त ? हामी त्यहाँ वास बस्छौं, तर कहिल्यै पनि कुनै हिउँलाई त्यहाँ देखेका छैनौं । भेटेको भए त नमस्कार गरिहाल्ने थियौं नि ।,, चलाक गँडेउलाहरुले ठटृा गरे ।
,,अँ, तिमीहरु खूब बाँठा रहेछौ ।,, फिस्टोले भन्यो ।
त्यत्तिकैमा त्यहा एउटा रातो रु.गको पुतली पनि उडेर आयो । जिज्ञासु बर्खे गँडेउलाहरुले उससंग सोधे ः
,,तिमीले सेता भिंmगाहरु भेटेका थियौ कतै ?,,
,,कहिल्यै भेटिनँ ।,, रातो प्वाँख हल्लाउँदै पुतलीले जवाफ दियो ।
त्यसपछि अर्को पहैलो रंगको पुतली पनि उडेर त्यहाँ आइपुग्यो ।
,,तिमीले सेता भिंmगाहरु देखेका थियौ कतै ?,, बर्खे गँडेउलाहरुले उससंग पनि स्कै स्वरमा सोधे ।
,,एउटै पनि देखिनँ ।,, पहेंलो पुतलीले पनि नकारात्मक उत्तर दियो ।
फिस्टो आप्,नो कुरामा कसैले पत्यार नै नगरेको देखेर रुन मात्र रोएन । बर्खे गँडेउलाहरुलाई समेत उसको अवस्था लेखेर दया लाग्यो र उनीहरुले भने ः
,,फेरि कसैसंग सोधौं न ।,,
त्यसै वेला सेतो पखेटा फर्पmर गर्दै एउटा पुतली आइपुग्यो ।
,,सेता भिंmगाहरुसंग तिम्रो भेट भएथ्यो कहीँ ? नदेखे पनि सुनेको त हुनुपर्छ तिमीले ।,, अधीर भएर फिस्टो चरोले जोडले सोध्यो ।
,,मैले आप्mनो जीवनमा सेता भिंmगाहरु हुन्छन् भन्ने समेत सुनेको छैन, देख्नु त परै रहोस् ।,, सेता पखेटा फट्फटाउँदै पुतलीले स्पष्ट भन्यो ।
,,सेता भिंmगाहरु हुँदै हुन्नन् । हामीलाई तिमी काल्पनिक कथा सुनाइरहेका छौ । ,, पानी जमेको ठाउँभरि सबैले सुन्ने गरी ठूल्ठूलो स्वर निकाल्दै बर्खे गँडेउलाहरु कराए ।
,,सत्य । मैले हिउँलमा सेता भिंmगाहरु आप्mनै आँखाले देखेको हुँ ।,, फिस्टोले विश्वास दिलाउने प्रयास गर्यो ।
,,हिउँद पनि हुँदैन । यो फोस्रो गफ हो । तिमीले यो सब सपनामा देखेका होऔला । शरल्मा निदाएर सुतेको वेला तिमीले सपनामा सेता भिंmगाहरु उडेको देख्यौ होला ।,, गँडेउलाहरुले तर्क गरे ।
,,साँच्चै हो कि यिनीहरुको कुरा ? सबैको भनाइ एकै छ त ? सबै नै भ्रभमा परेका त हुन सक्तैनन् नि ? ,, दिक्क परेको फिस्टोले मनमनै विचार गर्यो । अन्त्यमा उसले भन्यो ः
,,हुन सक्छ, तिमीहरुले भनेको नै सही होला ।,,
हिमप्रपातको मार सहेर जसोतसो हिउँद बिताउँदा झण्डै जाडोले कठ्यांग्रिएर मर्नै आँटेको भए तापनि कडा हिउँद काटेर बल्लतल्ल ज्यान बचाउन सफल भएको फिस्टो चरोले मनमनै सोच्यो ः ,,पक्कै पनि मैले सेता भिंmगाहरुको सेतो सपना नै देखेको हुँला ।,,

अनु. कृष्णप्रकाश श्रेष्ठ
२६ जनवरी २००२