Muktak-Ramesh_poudel

Contemporary Nepali Poem (Muktak): Ramesh Poudel

रमेश पौडेल

समसामयिक मुक्तकहरु

घरवार देखाउने पनि यहीँ छन्
दरवार देखाउने पनि यहीँ छन्
यो दुनिया त कपटीको मात्रै हो-
तरवार देखाउने पनि यहीँ छन् !

मलाई मेरै अँगेनाको तातो आगो चाहिन्छ
मलाई मेरै खोलाको उर्वर पाँगो चहिन्छ
देशको बनाउने ठेक्का लिएकालाई भन्छु-
मलाई मेरै देश टाल्ने सियो धागो चाहिन्छ !

न पहाडको कलकल पानी रह्यो
न युवाहरूको उम्दा जवानी रह्यो
रह्यो त मोदीजीको एक्लो बाडुली-
न हाम्रै नेताहरूको र्इमानी रह्यो !

रङ्गहरूका पनि अर्थ हुन्छन्
शब्दहरू पनि स्वार्थ हुन्छन्
हुन्छन् यहाँ नसोचेका कुरा-
अर्थका पनि अनर्थ हुन्छन् !