Nepali lyrics: "Inside oneself..." : Tika Chamling
गीत :
- टीका चाम्लिङ्ग
आफैभित्र आफैलाई छाम्दै हिंड्नु परेको छ
कतिबेला के हुने हो काँम्दै हिंड्नु परेको छ
००
कस्तो-कस्तो लाग्छ अचेल
आप्m्नै आँतको साथी पनि
किन लाग्छ कमजोरीझैं
पहाडजस्तो छाती पनि
ठाउँ सुहाउँदो भूमिका, बाँध्दै हिंड्नु परेको छ
कतिबेला के हुने हो काँम्दै हिंड्नु परेको छ
००
बिरानोझैं लागिरहन्छ
हिंडिराग्को बाटो पनि
आकाश कति राृेइरहेको ?
आसिसक्यो माटो पनि
छन् कि छैनन् मनहरु, गन्दै हिंड्नु परेको छ
कतिबेला के हुने हो, काँम्दै हिंड्नु परेको छ