Story of devotion

A story of devotion ( Story in Nepali ) : Ujjwal G.C.
उत्सर्गभित्रको कथा
- उज्ज्वल जी.सी.

जिन्दावाद र मुर्दावादका नाराहरु बढ्दै थिए ( जुलुसमा । सुरजित देशका लागि आपूm र आरुनी आमाको विवशता बिर्सदैँ नाराहरु ओकल्दै थियो । जुलुसको विकराल रुपसँग तर्सदैँ लाठीहरु उठे । शाहसी ढुँगाहरुको क्रमिक प्रहारले लाठीहरु पराजित हुँदै जमिनमा लम्पसार पर्न थाले । पराक्रमी भनाउँदा बन्दुकहरु उठे ( जुलुसलाई तितरबितर पार्न । आकाशमा गोली चल्यो । धैर्यको ढाल बोकेको जुलुस कत्ति हच्किएन । एक्कासी बन्दुकका गोलीहरु जुलुसभित्र पस्न थाले । कसैको छाती,कसैको हात,कसैको तिघ्रामा गोलीको छाप बस्यो । कालो सडक रातो रगतले सिँगारियो । सुरजित उत्तेजित हुँदै प्रजातन्त्रको पृष्ठभूमिमा आरुना तेजिला नाराहरु थप्दै थियो । अनायासै गोली अदृश्यरुपमा आएर अन्यायमा उत्तप्त उसको मुटुभित्र छिरुयो । धर्तीलाई तातो रगत चढाउने सौभाग्य पाएकोले सुरजितको आँखाबाट आँसुको मूल फुटेन । केवल ऊ भुकम्पको भयावह धक्काले एक्कासी घर ढलेजस्तो ढल्न पुग्यो जमिनमा ( ‘आमा......१ु भन्दै ।

घरमा बुढीआमा रातको एघार बजिसक्दा पनि सहाराको सिँगो प्रतीक आरुनो प्यारो छोरा नफर्किएकोले प्रतीक्षारत आँखाहरु सडकमा बिछ्याउँदै बसिरहेकी थिई । मध्यरातको साथ सुरजितको आत्मीय मित्र शिवध्वज स्याँ(स्याँ, रुयाँ(रुयाँ गर्दै घर आइपुग्यो । बुढीआमाको मुहारमा सल्वलिएका प्रश्नहरु देख्नासाथ उसका आँखाबाट आँसुका थोपाहरु झर्न थाले ।

( ‘सुरजित खोई त बाबु ?ु शिवध्वजको सामु कठिन प्रश्न खडा भयो । उत्तर यथार्थमा लुकेकोले मौनतामा केही क्षण बित्यो ।
बुढीआमाको आँखामा आँसु टल्पलिएको देखेपछि शिवध्वजले आत्मसंयम गर्दै भन्न थाल्यो( ‘आमा १ सुरजित आज सहिद बन्यो । पीर नमान्नुस् अब । सुरजितको उत्सर्गलाई यो देश र यहाँका जनताहरुले कहिल्यै बिर्सने छैनन् ।ु शिवध्वजले सान्त्वनाका शब्दहरु पोख्न नपाउँदै बुढी मुर्छा परी । मध्यरातले वातावरणमा निस्तब्धता हुर्काएको थियो । त्यसैले शिवध्वजको क्रन्दनमा वरपरका छिमेकीहरु ब्युँझिए । कोठामा मानिसहरु जम्मा भएको केही क्षणपछि बुढीको होश फिरुयो । अन्ततः सहानुभूतिका पर्खालहरु लगाई सबै आ(आरुना घरतिर लागे । बुढी भित्तामा टाँगिएको सुरजितको तस्विर हेर्दै आँसुमा डुब्न थालि ।
रातले कोल्टो फेरुयो ।
बिहानै दाहसंस्कार सकि फर्किए ( टोलका युवकहरु ।
बुढीको आँसु झर्न थालेको केही दिनमै प्रजातन्त्र जन्मियो ( देशमा । हर्षोल्लासका किरणहरु सबैका घर आँगनमा फैलिए । आरुनो छोराको जस्तै धेरैका बलिदान र तपस्याले फुटेको राष्टिूय उमभ्लाई ओठमा साक्षी राख्दै बुढीले आरुनो एक्लो जीवन धैर्यपूर्वक बाँच्ने अठोट गरी । अस्तु ।