MUKTAK

४ मेट्रो-मुक्तकहरु
-------------------
डा. मधु माधुर्य

१.
सन्तापको भारीमाथि अर्को भारी 'तिमी' लाई बोकी हिंडिरहेछु
एकैछिन बिसाउने मन छ यहाँ चौतारी खोज्दै हिंडिरहेछु
तिमी नहुँदा पनि टाउकाभरी गर्हुङ्गा यादहरु कै छ बास
मानौं, जिउँदो मानिसको लास बोकेर हिंडिरहेछु !

२.
मानवता, प्रेम ,करुणा के हो थाहा छैन
फगत "द्रव्य" तृष्णाले तड्पिएर बाँचेका छन् मान्छेहरु
समय भीरबाट खसेको ढुङ्गो जस्तो छ तर देख्दैनन्
अर्थहीन डम्फु बजाएर हिंडिरहेछन् मान्छेहरु

.३.
दिन-दिनभरी, रात-रातभरी दिक्क पार्छ
सत्य बोल्नु पर्दा गाँस अड्के झैं हिक्क गर्छ
अगाडी मात्र "सोझो",पछाडी पासो थाप्दै हिंड्छ
मुखले चैं"आइस्यो..खाइस्यो "भनी ठिक्क पार्छ

४.
कसैले निलेनन् र पिएनन् विगतमा र त बाँचेको छु
"के पर्ला भोली पर्सी ?"भनी जोवन साँचेको छु
घुरेर आँखाले तुन्तुन कति पिउँछौ मलाई
भित्रभित्र को हौ तिमी - मैले पनि जाँचेको छु !

*********************************************