Poem By Dhruba Sapkota

केहि सन्दर्भ मुक्तकहरु
- ध्रुव सापकोटा

१.
पाखुराको घमन्डले बद्नाम गरे केटाहरुले
गोर्खालीको नाक काटे अल्लारे फेटाहरुले
गाल पर्नु पर्‍यो लाहुरे बा को मान र शानलाई
लाप्पा खेले चौरस्तामै हङ्कङका जेठाहरुले

२.
दशैं विशेष -
"मेरो देश"
विकसित हुने फगत धोको हुँ म
आशा र आश्वासनको पोको हुँ म
सधैं कुर्सीकै लडाईं हेर्न विवश
दशैमा काटिने बोको हुँ म

३.

जिन्दगीको त्यो यात्रा फेसबुक मै रोकियो
कतिको अाशिश त कतिको स्राप बोकियो
थरीथरीका पात्र भेटियो यो फेसबुकको रंगमंचमा
कतीलाई सलाम त कतीलाई ब्लक ठोकियो