CLASSICAL POEMS by Kushal Kumar Niraula

छन्दमा कविता
कुशलकुमार निरौला

छन्द: - पञ्चचामर
***************
म बन्न सक्छु शैव नै घसेर भस्म चन्दनै
म भज्न सक्छु कृष्ण नै दिएर ध्यान मन्मनै ।
म लाग्न सक्छु सत्पथै सुनेर ज्ञान गाथ नै
म माग्न सक्छु भीख नै दिलाउ मुक्ति नाथ नै ।।

छन्द:-शार्दूलविक्रीडित
*****************
आयो तीज गयो दिएर मनमा उन्मत्त हाँसो सदा।
छायो देश विदेश एक समता भूले सबै कष्टता।।
नारीले पहिरे चिटिक्क हुनमा राता र मूगा लुगा।
देब्रे काँध झपक्क तिल्लरि अहो स्वर्णादिले छाँइदा ।।

राधाष्टमी
छन्द:- शार्दूलविक्रीडित
*****************
हे राधे! करुणा मयी! भगवती! कृपा सदा बक्सियोस्।
जान्दैनौं जप पाठ लौ शरण छौं दृष्टी दिई बक्सियोस्।।
राधा कृष्ण भनी बुझेछु सहजै साथै सबै जन्मनी।
हे माते! सुरसुन्दरी! भगवती! आयो त राधाष्टमी।।