POEM by Jit Putluhang Dewaan

कविता
"मान्छे"

जित पुत्लुहांग देवान

नाथे जस्तो लाग्छ मान्छे
बाघ/भालु अनि अर्ना जस्तो पनि त छैन मान्छे
दुइ खुटा अनि दुइहात
जिउ सगै जोडिएको फगत एक टाउका
कुनै सिङ छैन
तिखा दात अनि नंग्रा पनि छैन्
हेर्दा लाग्छ नाथे मान्छे !

बादररै जत्तिको पनि छैन मान्छे
न भिर न पाखामा दौडन सक्छ
न रुख रुख हागा समात्दै
उफ्रन र हाम्फाल्न सक्छ
हेर्दा लाग्छ नाथे मान्छे !

हाती जस्तै पनि त छैन मान्छे
हातिको टाउका ठुला छन्
तर मान्छेका साना छन्
अनि कान पनि त साना छन् नी!
तेस्तै तेस्तै दाजेर हेर्ने हो भने ..
हेर्दा र सोच्दा लाग्छ नाथे मान्छे !

तर मान्छे मान्छे नै हो!
बिचारमा उफ्रने मान्छे
सोचमा दौडने मान्छे
हाती भन्दा बिसाल छन्
किनकी
हातीमा चढेर मान्छे
बादर नचाउनछन्
बाघ र भालु नचाउनछन्

बास्तबमा मान्छे शक्तिशाली नै हो
तर मान्छेले मान्छेलाई पनि नचाउदै छ
सदिऔंदेखि अनि
चिथोर्दै छ/ टोक्दै छ/ लुछि लुछी खादै छ
मान्छे हुनुको नाता बिसदै धेरै टाढा टाढा
हिटलर बोलाउदै ग्यास चाम्बर बनाउदै छ !

यथार्तमा मान्छे!
प्रेम र सान्तिको बिउ छर्दै
मानवताको पुजारी पनि बन्दै छ
हेरौ कसले कसलाई पछार्छ
निर्णय तपाई र मेरो!

मानब अनि मानवताको
जय मानब/ जय प्रकृति !