songs

Lyrics : Amar Sarovar

गीत
अमर सरोवर तामांग

यस्तो लाग्छ कहिलेकाही नभेटिदै छुट्ने हुन् कि
डर लाग्छ सजाइएका सपनाहरू टुट्ने हुन् कि
विपनीमा नदेखे'नि सपनीमा देखेको छु
सपनीमा देख्नेकै नाम मुटुभित्र लेखेको छु
मेरा यस्ता मनका कुरा कतै नबुझ्ने पो हुन् कि
डर लाग्छ सजाइएका सपनाहरू टुट्ने हुन् कि
ऐलेसम्म आफूलाई सम्हालेर राखेको छु
दु:ख-सुख दुबैलाइ अँगालेर बाँचेको छु
छातीभित्र कोशी छन् बाँध कतै फुट्ने हुन् कि
डर लाग्छ सजाइएका सपनाहरू टुट्ने हुन् कि
यस्तो लाग्छ कहिलेकाही नभेटिदै छुट्ने हुन् कि
डर लाग्छ सजाइएका सपनाहरू टुट्ने हुन् कि