Nepali modern poem

POEM by Madhu Krishna Shrestha

कविता

जुन उदाउने डाँडो छैन ....

डा. मधुकृष्ण श्रेष्ठ "माधुर्य"

...भुँइचालोले जोखेको पहिरो छ
त्यसको तल खोला छ
अब ...
मेरो गाउँमा
जुन उदाउने डाँडो छैन ..

नदी छ
ताल छ
तिर्खाएर छटपटाएको गला छ
सबै पानी दक्षिण बगाएर
हाराकिरी गर्ने कुलंगार-खानी यहीं छ