साप्ताहिक सिर्जना (अंक-२ ) :कविता “सुखले रमाऊॅ”
Submitted by admin on Fri, 01/08/2021 - 03:06कविता
"सुखले रमाऊॅ"
छन्द ----ईन्द्रब्रजा :
SSI SS IIS ISS
आएछ साथी ,नव बर्ष घुम्दै
ल्याएछ मीठो सपना समेट्दै
हावा र पानी कण बालुवामा
सॅसार सारा नव पालुवामा ।।
भागेर जाऊन् सब दु:ख दर्द
फैलेर आऊन् मन भित्र हर्ष
छायाॅ र माँया सब रूप नौलो
बिर्सन्न मैले घर गाउॅ मौलो ।।
यो जिन्दगीको नव गीत लेखूँ
सॅसार राम्रो सब प्रीत देखूँ
रोएर मात्रै अहॅ हुन्न हुन्न
बेकार , हाम्रो मन दुख्न हुन्न ।।