Gajal_dalbir

गज़ल

उदण्ड छन् माननीय कानूनको बार छैन
यो देशमा नैतिक्ता र कुनै शिष्टचार छैन

जहाँबाट मर्यादाको उदाहरण दिनु पर्थ्यो
त्यहीभित्र ताण्डव छ यस्तो त संसार छैन

ईतिहास बनाउँने जिम्मेवारी सुम्पेका थ्यौं
कर्तव्य बोध हुन्न छोड बस्ने अधिकार छैन ।

'मेरो गोरु बाह्रै टक्का' कतिदिन गर्छौ भन?
वर्षौं भयो देश लुट्या अँझै वार-पार छैन ।

'घायल'झैं दुनियाँले यही प्रश्न सोधेका छन्
जनताप्रति नेताहरू किन जिम्मेवार छैन?

दलवीर सिंह बराइली 'घायल'

गुप्तेश्वर-३,रामेछाप
हाल:अलऐन,युएई

सर्वाधिकार©घायल