Nepali literature

Quantum poem: I'll rise ...

क्वान्टम-कविता

अब उठ्छु म माटोसँगै ...

- मधु माधुर्य

सबथोक भएर पनि केहि नभएकोजस्तो
हाम्रो संस्कारले -
देशले भिख माग्दामाग्दा भिखारी बनेको
मेरो मनस्थिति
आज १८० डिग्रीमा फनक्क घुमेको छ
र दृश्य र मान्यताहरुको उलटपुलट
शुरु हुनै लागेको छ ...

"मोराले मन्दिरै भत्काउने पो हो कि"

भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु

पशुपतिनाथको देशमा

उसको छाडा बसाहा भन्दा पनि उद्दण्ड भैरहेछु

मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि

मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ?

कविता : हेर्दा हेर्दै देश देश जस्तो छैन ...

कविता :

हेर्दा हेर्दै देश देश जस्तो छैन ...
- मधु माधुर्य

लाहुरे : यत्रो लक्का जवान
तिमी किन लाहुर नगएको ?
कान्छा: हेरन, के देखिरहेका छौ चारैतिर ?
देश नै परदेश भै सक्यो दाज्यू...
* * *
उत्पीडितहरुको सम्बाद सुनौं
कि देशको गुनासो ?

नेपाल आमा रोएर
अश्रुसागरमा डुबिरहेकी छिन् -

Poem by Dr. Madhu Madhurya

कविता
बाटो र परिवेश

- मधु माधुर्य

एउटा सोझो बाटो यहीँबाट जान्छ
र सबैभन्दा भोको झुप्रोको छातीमा लात्ती बजार्छ
एउटा कालो पीच सडक यहीँबाट जान्छ
र मन्त्रालयहरुमा षडयन्त्रका
फायल टेवुलहरूमा पुर्योउँछ

हामी पो युगौँदेखि यहीँ छौँ
एउटा चोरबाटो यहीँबाट जान्छ
र सिंहदरबारभित्र पस्छ
र अजङ्गको ढोका बन्द हुन्छ
र अग्लो पर्खालभित्रबाट
गाउँ घर झुपडीहरू देखिन छोड्छ
कठै मेरा गाउँहरू...

र पुराना सबै बाटाहरुको
विनिर्माण सपना देखिरहेछु
यस्तो परिवेशमा -

Nepali poem "Time vision"

Dr. Madhu Madhurya

Nepali Poem "Kaal Drishya"
(TIME VISION)
by Dr. Madhu Madhurya

डा. मधु माधुर्य

काल-दृश्य

…. कसले गर्छ आज-भोली परायाको हित ?
भित्र-भित्रै लाए सबले स्वार्थसंग मित !
जता जाऊ, त्यता हेर पैसा कै छ जीत
स्वर्ग, मर्त्य, पाताल गाउँछन् यमराज कै गीत

चिप्लो बोली मानिसको सस्तो भाउ छ हाटमा
जिउंदै मान्छे जलाइन्छन् दिलको आर्यघाटमा
“शुद्ध” घोषित नदी आखिर टुकुचामै खस्छ
भोट माग्ने गोमन नेता जन्मभूमि डस्छ

Pages