साप्ताहिक सिर्जना (अंक-१)

कविता
"पर्दा भित्र पर्दा बाहिर"

जीवन यहाँ आज
समयको पारदर्शी पर्दाको चौघेरोमा
अंशबण्डा भएको छ
पर्दाभित्र, पर्दा बाहिर।

समय संगीन तरवार लिएर
समुद्र वारी समुद्र पारी,
क्षितिज वारी क्षितिज पारी,
मानवीय सभ्यताको
चौकिदारीमा फेरी लगाऊदै छ।

त्रासादीको भँगालोमा भास्सिएको
सभ्यताको पर्दाभित्र
बाँच्ने जिजीवीषा सम्हालेर
जीवन
कहरको चक्रव्युहमा निसास्सिदा
उन्मुक्तिको मलिन आशामा
सहास र धैर्यताको कसीमा घोटिएर
जिन्दगीको परीक्षामा सँघर्षशील छ।

"साप्ताहिक सिर्जना" मा रचनाहरु पठाई सहयोग गरिदिन हुन हार्दिक अनुरोध

"साप्ताहिक सिर्जना" मा रचनाहरु पठाई सहयोग गरिदिन हुन हार्दिक अनुरोध

जनवरी १, २०२० देखि फ्रीनेपाल डट् कम् मा "समय र सिर्जना" ले "साप्ताहिक सिर्जना" स्तम्भ अन्तर्गत नेपाली साहित्यकारहरुको लेख/ रचनाहरु नियमित रुपमा प्रकाशन गर्ने योजना रहेकोले अन्य कुनै पनि पत्र-पत्रिकामा प्रकाशित नभएका रचनाहरु नेपाली युनिकोड वा प्रीति फन्टमा आफ्नो फोटोसहित तलको ई -मेलमा समय मै उपलब्ध गराई दिन हुन हार्दिक अनुरोध गर्दछु।
freenepalbox@gmail.com

शुभेक्षा सहित,
मधु माधुर्य

Pages