केहि सन्दर्भ मुक्तकहरु : उमेश आचार्य

केहि सन्दर्भ मुक्तकहरु
- उमेश आचार्य

१.
चुपै बसी सही रहेँ, मनमर्जी रेट्नु भयो
बगरको पथ्थर थिएँ, हिरा हुने मौका पाएँ
२.
नौनी हैन ए मन तैले ढुङ्गो बन्न सक्नुपर्छ
जानेहरु गएका छन् झुटा आरोप लगाएर।
३.

तिम्रो मुस्कानको चुम्ब्बकमा टासिनु
तिम्रो गालाको डोबमा अड्किएर
तिम्रा निला आँखाले देखेका गहिरा सपना छम्दै
अभावका सुनामिहरु आफुले बहन गर्नु
तिम्रो कसम
मैले गरेको साँच्चै ठुलो गल्ती हो
मेरो छातीमा धड्किने तिम्रो नामको कसम
तिम्रो तस्विरले बोल्छ भनेर हरेक रात जागै बस्नु
मैले म माथि गरेको ठुलो अपराध हो