Nepali poem

POEM by Jit Putluhang Dewaan

कविता
"मान्छे"

जित पुत्लुहांग देवान

नाथे जस्तो लाग्छ मान्छे
बाघ/भालु अनि अर्ना जस्तो पनि त छैन मान्छे
दुइ खुटा अनि दुइहात
जिउ सगै जोडिएको फगत एक टाउका
कुनै सिङ छैन
तिखा दात अनि नंग्रा पनि छैन्
हेर्दा लाग्छ नाथे मान्छे !

बादररै जत्तिको पनि छैन मान्छे
न भिर न पाखामा दौडन सक्छ
न रुख रुख हागा समात्दै
उफ्रन र हाम्फाल्न सक्छ
हेर्दा लाग्छ नाथे मान्छे !

POEM by Dr. Madhu Madhurya

कविता

दन्कन्छ आगो किन ?

मधु माधुर्य

सत्यको पराजय जस्तो
जे छ त्यो छोपिएको छ- किन त्यस्तो ?
दृश्य भ्रमजस्तो
भ्रम यथार्थजस्तो
प्रेम झेलजस्तो
राष्ट्रीयता खेलजस्तो
भ्रष्टाचार मेलजस्तो
देश जेलजस्तो
भाषण भेलजस्तो
हर्ष कागको बेलजस्तो
ईमान नेलजस्तो
मेहनत दॉतको तेलजस्तो
उन्नति "फेल" जस्तो
विश्वास गोलो सेलजस्तो
प्रकट भएर जब जब जीवन
मृत्युको पर्याय बन्दछ
आगाका लप्का दन्कन्छ
मेरो कविता !

Modern poem by Madhu Shrestha

कविता
अतितको रेखा र भोलीका आकृतिहरु
"समय, आमा र सन्तान"

मधु माधुर्य

अतित -
वर्तमानको इतिहास
वा भूतको गुँड
नविकरण भैरहन्छ ...
आँखामा -
त्यसको मूर्त/ अमूर्त अनुहार
झझल्को आइरहन्छ ...

मार्च -१४ ले क्यालेन्डरमा
हाराकिरी गरेको दिन -
समयले आमाको अन्जुलीभरि
केहि चल्लाहरु थमाई दियो :
आफ्नै सम्झेर पालिन् , हुर्काइन, बढाइन्
र एकदिन उडाइन् :
एकहुल हुचिल र चिलहरु तँछाड-मछाड गर्दै आकाशमा उडे
आमाले सोचेको परेवाहरु हैन रहेछन् ती ....

Haiku : Dr. Madhu Madhurya

हा-ई-कु
- डा. मधु माधुर्य

के हो जीवन ?
प्रश्नै प्रश्नको भीर
लड्छु गर्ल्याम्म !

ढुंगा होइन
मन फूल मुस्का'को
सुन्दर देख्छु ...

प्रयाप्त हुन्छ
मात्र १ थोपा विष
मृतु -हाजिर !

उपदेश त्यो
मान्नु पर्ने कस्ले हो ?
दिन्छन् सबैले !

मन जल्दछ
तेलबिना हुर्हुरी
'इर्ष्या-तन्त्र' ले !

Pages