Poem

Poem

कविता:
हार्दिक श्रद्धान्जली
-- मधु माधुर्य

इतिहासमा विस्मृतिको पर्यायबनिसकेको
बेबिलोनको एकान्त बगैंचामा
सुनिरहेको छु म
क्रिष्टिनाको बिलौना र ईश्वरसंगको एकतर्फी वार्ता:

“एक निरिह जुलियाको अन्जानमा ज्यान गयो
प्रिय भ्यालेण्टाइनको निर्मम हत्यासँगै,
पाप वा पुण्य त मैले गरेकी थिएँ भ्यालेण्टाइनसँग ..
मैले किन सहनु पर्यो अन्तिम बियोग भ्यालेण्टाइनसँगको
र आज एक्ली एक्ली छु
कहिले देख्न / भेट्न पाउँछु म प्रिय भ्यालेन्टाइनलाई ?
हे ईश्वर ! मैले तिमी त्यतिको क्रुर छौ भनेर सोचेकी पनि थिईनँ…”

Poem "Beauty" by Dr. Madhu Madhurya

कविता
सौन्दर्य

- मधु माधुर्य

अस्तित्वमा देखिने कुनै कुरो -
सुन्दर
वा
सुवासयुक्त
देखेपछि
मान्छेभित्रको
जंगली भोक फेरी बिउँझन्छ
ऊ स्पर्श गर्न चाहन्छ
सुँघ्न
आसक्तिको आँधी
थाम्न नसकेर मान्छे
बहुलाउँछ:
चट्ट चुँडाल्छ
प्रदर्शन गर्दै
सभ्यताले छोपिएको
कायरता
जंगलीपन
निष्ठुरीपन
अमानवीयता ....!

Haiku by Madhu Madhurya

हाइकु हिमालमा

0
मधु माधुर्य
हाइकु हिमालमा
लाटो टुरिष्ट !

***


हत्केलाबाट
खुस्केको समय भो
बगेको बैंश !

***


"प्रेम.. प्रेम... रे
भ्याकुम जस्तो मुटु
बगरे दुंगो !

***


रुप मान्छेको
व्यबहार पशुको
बुख्याँचा साला,,, !

***


फाटेको गोजी
मित्रता खस्ने भीर
तिमि पो खस्यौ ?

***


मान्छे भो ढुङ्गो !
ढुङ्गो भो भगवान !
ढुङ्गो भो लक्ष ?

***

Pages