An article by Dr. Madhu Madhurya

साप्ताहिक सिर्जना (अंक-१३) : लेख "चिन्तन: साहित्यबारे दुई-चार कुराहरु (भाग-१)”- मधु माधुर्य

लेख /चिन्तन:
"साहित्यबारे दुई-चार कुराहरु (भाग-१)"

कुनै कुरा वा भावलाई प्रकट गर्न प्रयोग गरिने शब्द आफैमा सामान्य संकेत मात्र हो, यसले अमूर्त भावहरुको हुबहु प्रतिनिधित्व गर्न सक्दैन, परन्तु शब्द वा स्वर (ध्वनी)बाट नै मानव सभ्यताले काम चलाउँदै आएको देखिन्छ। जीवन र जगतबारे आ-आफ्नो अनुभूति, विचार वा कल्पनालाई सशक्त रुपमा अभिव्यक्त गर्न सकिने सुन्दर माध्यम नै साहित्य हो। साहित्यिक रचना गर्नेहरुको संख्या अधिकतम् देखिएपनि सुन्दर सृजना मार्फत सम्झिरहन लायककाहरुको संख्या भने कम नै देखिन्छ।