Editorial view

Editorial
A quantum thought on reality of life and literary context today

सम्पादकीय

क्वान्टम चिन्तनभित्र जीवनको यथार्थ र साहित्यको सन्दर्भ

...मानवीय संवेदनालाई दिन-प्रतिदिन भुत्ते बनाएर हामी बढी यान्त्रिक भएका छौं - यो यथार्थ हाम्रो आधुनिक जीवनशैलीको मूल "एट्रीब्युट" जस्तो बनेको छ |
पैसाले हाम्रो जीवनको बाटोलाई छेकिदिएको छ चारैतिरबाट |

जीवनको लक्ष र प्रयोजनलाई बिर्सेर गौण कुराहरुलाई महत्व दिईरहेका छौं | आफुसंग प्रत्यक्ष सरोकार नराख्ने कुराहरुलाई पनि गौण सम्झेर औपचारिकतामात्र पूरा गर्ने संस्कारको राम्रो विकास भइसकेको छ |
राम्रो काम गर्न र सकारात्मक चिन्तन गर्न हामीसँग समय नै हुँदैन, "समयको अभाव " आजको सबैभन्दा लोकप्रिय "निहुँ" हो - यो हामीले जानी जानी स्विकारी रहेका छौं |

जीवनको यस्तो परिवेशमा वर्तमान समयले कस्तो साहित्यको माग गरिरहेको हुन्छ होला ? कल्पना गरौँ :
-साहित्यिक रचनाको लम्बाई एकदम छोटो साइजको हुनु पर्ने होला ... ( कालिदास, व्यास , वाल्मिकी र भानुभक्तको ग्रन्थहरु कसले पढ़लान् हिजो आज ?)
- एक क्लिक बाट जहाँबाट पनि हेर्न मिल्ने डिजिटल फर्म्याटमा सामग्री हुनु पर्ने होला
- विषयवस्तु गहन नभएर सजिलै बुझ्न सकिने हलुका हुनुपर्ने होला

आजको परिवेशमा यस्तै यस्तै कुराहरुको चिन्तन-मनन गर्दै म आगामी पुस्ताहरुको नौलो अनुहार कल्पना गरिरहेछु .....
अबको साहित्यले भोलीको पुस्ताको हृदयपरिवर्तन गर्ने सामर्थ्य बोकेको हुनु पर्ने देखिन्छ - यो सभ्यताको जटिल सवाल हो !

मानवीय समाज सम्पूर्ण विसंगति र संकटहरुको भीरबाट खसिरहेको अवस्था छ |

रहस्य केलाऊँदै जाँदा हाम्रो चेतनाको गुणस्तरले माथि उल्लेखित हाम्रो मनस्थिति र विश्व परिवेश नै बदलिदिएको देखिन्छ |
हिजोको विचारले हिजोको यथार्थ निर्माण गरेको थियो (वर्तमानमा त्यसले नयाँ कुरा दिने सम्भावना विल्कुलै कम छ) , अब साहित्य, कला र संगीतमा नौलो दर्शनको आवश्यकता देखिन्छ |

- डा. मधु माधुर्य
(हाल : न्युयोर्क , संयुक्त राज्य अमेरिका )