सम्पादकीय
नेपाली भाषा, साहित्य र संस्कृतिसामू देखा परेको नौलो चुनौती
- डा. मधु माधुर्य
कुनै पनि देशको पहिचान भनेकै भाषा, साहित्य र संस्कृति हो , जसको समापनपछि देशको अस्तित्व नाम मात्रको हुन्छ |
देशको स्वाधिनतालाई खुलमखुल्ला समाप्त पार्ने गैरजिम्मेवारीपूर्ण "मानिस"हरुको हावी चलेको बेला हिन्दीलाई राष्ट्रिय भाषा बनाउने, भाषाको परिमार्जनको नाममा जधाभावी खुट्टा काटेर अपाङ्ग बनाउने र चाडपर्वलाई जातीय दंगाको कुरुक्षेत्र बनाउनेजस्ता हांकाहाँकी क्रियाकलापहरुले देशमा नयाँ उचाइ ग्रहण गरिरहेका छनन् |उको
आगुन्तक शव्दहरुको व्यवस्थापन, शव्दको सरलीकरणजस्ता आन्तरिक प्रक्रियाहरु गौण बनिरहेका छन् , नेपाली जनजिब्रोमा नेपाली भाषाको आंशिक प्रोयोग नै अंग्रेजी भाषाको अर्धविरामजस्तो हुन् थालेको धेरै भै सकेको छ - यसले भोली भाषालाई कुन भीरको डीलमाथि जाक्छ, यो पमी दोश्रो गम्भीर सवाल हो |
आधा नेपाली आधा विदेशी भाषाको शव्द प्रयोग गरेर बोलिएको हाईव्रीड भाषा नेपाली हुन्छ ? -यो गम्भीर प्रश्नको उत्तर दिन सक्ने भाषाप्रेमीहरुको संख्या पनि दिनप्रतिदिन घट्दो छ
यो सबै सहने हामी मुदर्शकहरु मानवरुपी ढुंगाहरु हौँ ...
सबैकुराको अभ्यस्तताभित्र हामीभित्रको समवेदना मर्दै जानेक्रममा हामी ढुंगा भएका हौँ ...
यसरी एकातिर हाम्रो व्यक्तिगत चिन्तन ठोस चासोबिना लथालिंग छ भने अर्कोतिर सत्तामा बसेकाहरुलाइ देशको स्वाधिनता त् के देशै नचाहिने, हिन्दीलाई राष्ट्रिय भाषा बनाउने र शेष नेपाली भाषा-शव्दको खुट्टा काटेर पंगु बनाउने खुलमखुल्ला पहल भैरहेको संगीन अवस्थामा परदेशको व्यस्ताको वाबजुद पनि धेरै नेपाली साहित्यप्रेमीहरुले गर्नु भएको अनवरत योगदान डायस्पोरेलीको टोकरी मै अलपत्र पारिएका छन् भने कथित "मुलधार" साहित्यमा तिनलाई अघोत बन्देज लगाइएको छ ....
अहिलेको समय मौनताको समय होइन, मौनता भंग गर्ने समय हो,
आफूलाई चिमोटेर हेरौं :भाषा, साहित्य र संस्कृतिको विकास, संरक्षण र प्रवर्द्दंनकोलागि के गर्न सकिन्छ ? - खुल्ला सम्बाद चलाऔं र आफूले सकेको केहि गरौं, भोली त ढीला भैसकेको हुनेछ | अस्तु