कविता
"दुई टुक्रा कविताहरु"
१. मेरो जिन्दगीका सिकाइहरु
ए साथीहरु!
किन तेरो घर मेरो घर तेरो
जग्गा मेरो जग्गा तेरो भन्दै झगडा गर्छौ तिमीहरु?
किन चोरी गर्छौ ,किन मार्छौ मान्छे तिमीहरु?
किन खान्छौ रक्सी र नशालु पदार्थहरु?
तिमीहरु अरुको रीस डाढ, लोभ गर्छौ किन ?
जति पूरा भएपनि सपना तिम्रा
कहिल्यै पनि किन अघाउँदैनौं ?
ध्यान दिएर सुन मेरा कुरा तिमीहरू:
पैसाले, गाडीले, घरले, जग्गाले सबथोक हुँदैन
मानिसको पीर, दुःख, रोग, शोक रोक्न सक्दैन !
मानिसको लोभीपनलाइ रोक्न सकिंदैन
लाखौँ जन्मे ठूला, धनी राजाहरु
सत्ताले न त दिए दीर्घ सुखको / शान्तिको भोगहरू
धन सम्पतिको लोभमा
एकले अर्कालाई सताई रहने प्रवृत्ति देख्दा
लाग्छ -
एउटा सादा जिन्दगी बाँच्नु नै बेस !
एकदिन त सकिन्छन् सबै धन-सम्पत्ति
राम्रा कामहरु कहिल्यै पनि नासिदैनन्
साथि हो !
यस्तो आभास हुन्छ अन्तर्मनमा -
यो संसार झुटो हो
फगत नाट्यशाला हो
र सबै मानिसहरू यहाँ नाटक गरिरहेका छन्
उनीहरु सबै मायाको जाल बुनिरहेका छन्
त्यसैले,
फगत धन सम्पत्तिको बाटोमा मात्र नबढ
आफूसँग जे छ त्यसैमा चित्त बुझाउ
र रमाएर बाँच्न सिक तिमीहरु
कमिला होस् वा मान्छे सबै उस्तै समान हुन्
सबैलाइ समान सम्मान / ब्यबहार गर्न सिक तिमीहरु।
२. प्रेम
प्रेम एउटा यस्तो कुरा हो
जसबिना संसार चल्न सक्दैन
म कल्पना गर्दछु :
कि भगवानले कस्तो गरे सेटिङ्ग ?
स्त्री र पुरुष दुबै मिलेको अबस्थामा मात्र
यो संसार चल्न सक्ने रे !
बुझ्नै गार्हो भो' -
प्रेम कस्तो कुरा हो !
- बिनोद दवाडी
काठमाडौँ, नेपाल