नेपाली नयाँ वर्ष
कृष्णप्रकाश श्रेष्ठ
नेपालीहरु वसन्त ऋतुमा नयाँ वर्षको उत्सव मनाउँछन् । शौर पात्रोअनुसार मनाइने नेपाली नयाँ वर्षले विक्रम सम्बत् भन्ने नाम पाएको छ र ग्रिगोरियन पात्रोअनुसार अप्रैल महीनाको मध्यतिर (अक्सर १३ वा १४ तारीख) नेपाली नयाँ वर्षको पहिलो दिन पर्दछ । त्यस दिन सूर्यले मेषराशिमा प्रवेश गर्ने हुनाले त्यस दिनलाई मेष संक्रान्ति भन्ने गरिन्छ भने त्यो नेपाली महीनाको हिसाबले वैशाखको पहिलो दिन हुनाले वैशाख संक्रान्ति पनि भनिन्छ ।
नेपालमा प्रचलित यस सम्बत्सरको नाम बिक्रम सम्बत् किन रहन गएको हो भन्ने विषयमा विबन्हरुमा एकमत छैन । भारतका विक्रमादित्य नामक कुनै एक प्रतापी सम्राट्ले क्राइष्ट जन्मनुभन्दा ५७ वर्षअघि नयाँ सम्बत् चलाएको हुनुपर्दछ भन्ने अधिकांश विबन्हरुको राय रहेको छ । तर विक्रमादित्य सामान्य नाम नभई कुनै राजाले ग्रहण गरेको पदवि प्रतीत हुन्छ । शौर सम्बत्सरको रुपमा यसले विक्रमादित्य सम्बत् भन्ने नाम पाएको हुनु पनि सम्भव छ, किनभने संस्कृत भाषाका विक्रम (पराक्रम वा संक्रमण) र आदित्य (सूर्य) शव्दहरुको संयोगबाट निर्मित विक्रमादित्य शव्दले सूर्यमा संक्रमण अर्थात् शौर सम्बत् भन्ने पनि बोध गराउँछ । नेपालका राजा अंशुवर्माको शासनकालमा भारतका विक्रमशील वा विक्रमजीत भन्ने एक राजाले नेपाल आई बिक्रम सम्बत् चलाएका थिए भनी कुनै कुनै वंशावलीमा लेखिएको पाइन्छ तर अंशुवर्माको शासनकाल ईशापूर्व नभई ईसाको सातौं शताव्दी (ई.सं. ६०५ ः ६२१) हो । सम्भवतः वंशावलीकारले अंशुवर्माबरा चलाइएको ठकुरी सम्बत्लाई बिक्रम सम्बत् ठानेको होला ।
नेपालमा बिक्रम संवत्अनुसार नयाँ वर्षको उत्सव आधिकारिक रुपमा मनाइन्छ । वैशाख संक्रान्तिका दिन सार्वजनिक बिदा हुन्छ र नववर्ष प्रवेशोत्सवको सन्दर्भमा श्री ५ महाराजाधिराजबाट देशवासीहरुको नाममा शुभेच्छा सन्देश बक्सिन्छ । नेपालीहरु पनि यस दिन एक दोस्रालाई शुभकामना व्यक्त गर्दछन् र शुभेच्छा सन्देशको आदानप्रदान गर्दछन् । परम्पराअनुसार नववर्ष प्रवेशोत्सव एक धार्मिक पर्वको रुपमा मनाउने चलन छ । यस दिन मानिसहरु बिहान सबेरै उठी तीर्थस्थलहरुमा स्नानादि कार्य सम्पन्न गर्दछन् र विभिन्न देवदेवीको दर्शन, पाठपूजा, भजनकीर्तन आदि गर्दछन् । खासगरी सत्यनारायणको पूजा गर्ने चलन छ । विष्णुको उपासना गरिने दिन हुनाले पश्चिमी नेपालमा यसलाई विष्णु संक्रान्ति पनि भन्ने गरिन्छ । अधिकांश महिलाहरु र कतिपय पुरुषहरु यस दिन व्रतउपवास बस्दछन् । काठमाडौं उपत्यका र पहाडी क्षेत्रका नरनारीहरु चैत्र मसान्तका दिन वाग्मती नदीको उद्गमस्थल वाग्बरमा नुहाएर वैशाख संक्रान्तिका दिन काठमाडौंबाट ५ कीलोमीटर उत्तरमा पर्ने टोखानजिकैको स्वप्नतीर्थमा स्नान गर्दछन् । त्यस दिन त्यहाँ नुहाउनाले कुष्ठरोग समेत निको हुन्छ र शरीरमा कुनै रोग लाग्दैन भन्ने जनधारणा छ ।
देशको विभिन्न भागमा नयाँ वर्ष आआप्mनै तरीकाले मनाउने पनि चलन छ । पश्चिमी नेपालमा यस दिन एक दोस्रालाई सिस्नो लगाउने गरिन्छ । खास गरी किशोरकिशोरीहरु सिस्नो लिएर एक अर्कालाई आडव् मा फोका उठ्ने गरी पोल्न तम्सेका हुन्छन् । यसो गनौले वर्षभरि सर्पादिको विष लाग्दैन भन्ने विश्वास गरिन्छ र यो दिन विषे संक्रान्ति भन्ने नाउँले चिनिन्छ । वैशाख संक्रान्तिको अपभ्रंशबाट स्थानीय भाषामा विखे (विषे) संक्रान्ति भनिएको हुनु पनि सम्भव छ । वर्षभरि शरीरमा कुनै प्रकारको रोेगव्याधि नहोस् भन्ने उद्देश्यले नयाँ वर्षको पहिलो दिन नै काठमाडौं उपत्यकानिवासी नेवारहरु त्यसदिन मूलाको चना, केराउको गेडा, मुगीको दाल, चामलको पीठो र नीमको पात हालेर पकाइएको क्वाँटी खान्छन् । यस्तो तीतो क्वाँटी खाने वर्षारम्भको दिनलाई नेवारी भाषामा खायू संल्हु अर्थात् तीतो संक्रान्ति भनिन्छ । जे भए तापनि विषशमनको रुपमा यो दिन उत्सव मनाउने चलन काठमाडौं उपत्यकामा पनि पाइन्छ ।
भक्तपुर नै नेपाली नयाँ वर्षको उत्सवको मुख्य केन्द्र बनेको हुन्छ भन्नु अत्युक्ति हुँदैन । पुरानो वर्षको अन्तिम दिन चैत्र मसान्तमा नै काठका दुईवटा अग्ला लिंगो गाडेर विशेष रुपले जात्रा गरी नववर्ष प्रवेशोत्सव मनाइन्छ । कसैले यी दुई अग्ला लिंगोहरुलाई कुनै समयमा अजिंगरको रुप लिन पुगेका तान्त्रिक आचार्य शेखर र उनकी पत्नी नररुपाको प्रतीक मान्दछन् भने कसैले चाहिं हरेक दिन रानीको नाकको प्वालबाट निस्केर राजालाई राति डँसेर मार्ने नागहरुलाई एकपल्ट कुनै पराक्रमी नयाँ राजाले मारिदिएको उपलक्ष्यमा मनाइने गरिएको उत्सव हुनाले मारिएका सर्पहरुको प्रतीकस्वरुप लिंगो गाडेर मनाइने यस जात्राको नाम नै बिस्केट रहन गएको हो भन्ने तर्क दिने गरेका छन् । बिस्केट शव्द नेवारी भाषाको विसीका अथवा बिस्यातबाट बनेको हो जसको अर्थ हुन्छ ः सर्प मारिएपछि अथवा सर्प मारियो । यस प्रकार सर्प वा विषबाट मुक्तिको उपलक्ष्यमा नै नेवारहरुबरा नयाँ वर्षको उत्सव मनाइन लागेको स्पष्ट हुन्छ । हुन त बिस्केट शव्दको व्युत्पत्ति अर्कै ढंगबाट पनि गरिएको पाइन्छ । भक्तपुरमा जुन लिंगो गाडिन्छ त्यसलाई संस्कृतमा विश्वध्वजोत्थान भनिन्छ र यो उत्सव हेर्न मानिसको रुप लिई आएका काशीका विश्वनाथलाई चिनेर नेपाली तान्त्रिकले आप्mनै देशमा राख्ने उद्देश्यले तारण राखी समात्न खोज्दा विश्वनाथले भैरवको रुपलिई पृथ्वीमा अलप हुन लागेको देखेर टुपी समात्दा तान्त्रिकको हातमा विश्वनाथको शिर (नेवारीमा ः ख्वाः) मात्र पर्न गएको थियो । तसर्थ त्यस जात्राले नेवारीमा विश्वख्वाः भन्ने नाउँ पाएको र त्यसैबाट बिस्केट जात्रा भनिएको हो भन्ने तर्क गरिन्छ । नभन्दै यस जात्राको समयमा भैरव र कालीको रथयात्रा गर्ने र रथ जुधाउने पनि चलन छ । वैदिक परम्पराअनुसार विश्वध्वजोत्थानको चलन नेपालमा लिच्छवि कालमा शुरु भएको हुनु असम्भव छैन । जे होस्, यो उत्सव मनाउने परम्परा लिच्छवि कालदेखि शुरु भएको थियो भन्ने विश्वास गरिन्छ ।
यस प्रकार जुन नामबाट भए पनि वैशाख संक्रान्तिका दिन उत्सव मनाउने प्रथा नेपालमा निकै पुरानो हो । हुन त नेपालमा विभिन्न सम्बत्सरहरुको प्रचलन अहिले पनि छ । चान्द्रतिथिअनुसार मनाइने बुद्धसम्बत्, शकसम्बत् र नेपालसम्बत् अद्यापि प्रचलनमा रहे तापनि नेपालको एकीकरणपछि आधिकारिक रुपमा सौरवर्षको रुपमा प्रचलित विक्रम सम्बत्लाई नै नेपालले स्वीकार गरेको छ ।