A sky without stars after sun set (Feature article in Nepali ) : Dr. Jangab Chauhan
घाम डुबी तारा नउदाएको आकाश
- डा. जंगब चौहान
उभिरहेछु पहरा र भीरहरुमा
बाढी र भेल बोक्ने नदीका तीरहरुमा
हिंडिरहेछु एक्लै एक्लै
क्षितिजपारिको आकाश हेर्दै
बादलभित्र आप्mनो आकार कोर्दै
यसरी क्षितिजपारिको आकाशमा एउटा आकार कोर्दै गरेका कवि भीमदर्शन रोकालाई मैले उनका केही फुटकर कवितामा चिनेको थिएं । रुघाम डुबी तारा नउदाएको आकाश हुँ मरु पछि उनलाई हार्दिकताका साथ चिन्न थालेको थिएं । रुसी भाषामा उनका केही कविताहरु अनग्वाद भएका छन् । रसियाका साहित्यप्रेमी नेपालीहरुमाझ उनी प्रिय छन् । उनका गीतिलयका कविताहरु कतिपय मित्रहरुले कण्ठस्थ सुनाउने गर्दछन् । कवितामा मीठो सन्देश छ, ह्ृदयको तारलाई झरु्कृत पार्ने । सधैं बाँचु जस्तो, जुरुक्क उठेर नाचुं(नाचुं जस्तो, मातेकै बेला भए पनि झन्झन् शालीन, सौम्य र मृदु बन्दै बजुँं(बजुँ जस्तो । यसरी नै चिनिएका थिए भीमदर्शन रोका प्रवासको पीडादायी क्षणमा प्रिय अनुभूतिहरु बोकेर । प्रत्यक्षरुपमा कहिल्यै भेट भएको थिएन, मास्कोवासी मेरा साथीहरु र मेरो उनीसंग । तर उनका कविताजादूले हामीलाई जसरी झम्म पारेको थियो त्यो सदा स्मरणीय छ । उनीबिना हाम्रो महफिल शून्य हुन्थ्यो । कविता त थुप्रै थिए नेपालीमा तर किनकिन रुघाम डुबी तारा उदाएको आकाशरु ले हामीलाई सस्नेह सुमसुम्याइ रहेको हग्न्थ्यो ।
भीमदर्शनको कवितावाचनका सम्बन्धमा एउटा भग्ल्नै नसकिने क्षण छ । उनी अत्यन्त प्रभाकारिताका साथ कवितावाचन गर्ने कवि, तर अब उनी वाणीहीन छन् । यो स्थितिलाई गहिराईबाट स्पर्श गर्ने कवि मंजुलले एकपटक सगरमाथा रेडियो एफ.एम. कार्यक्रममा रोकाको एउटा कवितापाठ गरे । त्यही सांझ कवि रोकालाई श्रवण गराउंदा बरर आंसु झरे उनका आंखाबाट । घरमा रुवावासी नै चल्यो । एउटा पीडादायी खुशी, एउटा खुशीको दुर्दमनीय पी८ाको अभिव्यक्ति थियो त्यो । यो घटनाप५ि मंजुललाई भीमदर्शनका कवितात्मक अभिव्यक्तिमा आवाज दिन मन लाग्यो, भीमदर्शनले पीडा र खग्शीको आंसुले सप्रेम स्वीकृति दिए । यसरी कवि भीमदर्शन रोकाको कविता संग्रहले आभासको सांगीतिक पृष्ठभूमिमा मंजुलको आवाज पायो ।
शड्ढर लामिछाने भीमदर्शन रोका भनेप५ि हुरुक्क हुन्थे । काव्य प्रतिष्ठानका ५ जना सदस्यहरुमध्ये शड्ढर र भीमदर्शनबीच विशेष आत्मीयता थियो । यसै संस्थाको क्रियाकलाप मार्पmत् यी दुईबीचको सम्बन्धले तपाईं, तिमीबाट तं को सम्बोधनमा आएर प्रगाढता लिएको थियो । शड्ढरलाई भीमदर्शनको एउ६ा कविताको दुई पंक्ति खूब मन पथ्र्यो । उनी बेला(बेला गुनगुनाइरहन्थे (
एक्लै एक्लै उदास उदास छु म
घाम डुबी तारा नउदाएको आकाश हुं म
शड्ढर लामि५ाने४ारा यी हरफहरु मनपराइनग् अर्थपूर्ण थियो । यही गीतिलयको पृष्ठभूमिमा शड्ढरले सम्वेदनाका नाजूक पक्षहरुलाई समेत भीमदर्शनका अगाडि उघारी दिएका थिए कैयौं पटक । शड्ढर भनेपछि भीमदर्शन पनि मरिमेट्थे । उनको सम्झना गर्दै भीमदर्शन भन्छन् ( रुशड्ढरलाई सम्झदा म एकोहोरो टोेल्हाएको टोेल्हाएकै हुन्छग् । उसंग जस्तो सम्बन्ध अरु कसैसंग भएन । विशाल छाति भएको मान्५े थियो ऊ । मनमा केही कुरा राख्तैन थियो । ...शड्ढरजस्तो मान्छे पाउन त गाह्रो छ । साथीभाइ भनेप५ि ज्यान दिन्थ्यो ऊ ।
शड्ढर लामिछानेसंगको यही प्रगाढ सम्बन्धले गर्दा नै हुनपर्छ ( भीमदर्शन रोकाले लामिछानेको मृत्यु भएको केही वर्षपछि प्रकाशित आप्mनो कवितासंग्रहको नाम रुघाम डुबी तारा नउदाएको आकाश हुं मरु राखे । घाम डुबी तारा नउदाएको आकाश भएर पोखिए५न् कैयौंपल्६ शड्ढर र भीमदर्शन का७मा८ौं उपत्यकाका पाखाहरुमा ।
कवि रोकाका कविताहरु शराबजस्तै मोहक छन्, तर उनी जीवनमा शराबबाट टाढै रहे । जिन्दगीको लामो यात्रामा मात्र एकपटक अलिकति पिएका भीमदर्शनले शराबलाई पानी नै ७ान्ने शड्ढरसंग कैयौं गहनतम् समय बिताएका छन् । शड्ढरको आत्मीयताभित्र लग्केर बसेका मैत्रीका सुवासयुक्त पूmलहरुका तुलनामा उनको मुखबाट आउने शराबी गन्ध केही थिएन । भीमदर्शन कै शब्दमा (रुशड्ढरको विशाल ह्दय र महान विचारका अगाडि रक्सी जावो कता हराउंथ्यो हराउंथ्यो ।
भीमदर्शन रोकाका अर्का हार्दिक मित्र थिए भूपि शेरचन । भूपेन्द्रमान सर्वहारालाई भूपि बनाउनमा भीमदर्शन रोकाको पनि आप्mनै किसिमको योगदान रहेको छ । पोखरामा शिक्षक जीवन बिताइरहेको एक दिन भीमदर्शनलाई भूपिको एउटा कविता देखाइएको थियो । रुए नारी, तिम्रो सारी .... आलमारी ....रु भावको कविता उनलाई पटक्कै मन परेन ।कूटनीतिक भाषा समेत प्रयोग नगरी उनले भूपिका कवितामाथि स्पष्टसंग टिप्पणि गरे( रुयस्तो पनि कविता हुन्छ १
यसको वर्षदिनपछि भूपि रोकाका अगाटि अर्को एउटा कविता लिएर आए । भीमदर्शनको हर्षको सीमा रहेन । उनले भूपिलाई अड्ढमाल गरेर म्वाइ खाए । स्याब्बासी दिए । अनि भूपिको स्रष्टा रुघुम्ने मेचमाथि अन्धो मान्छेरु भएर नेपाली काव्य जगत्को एउटा गौरव बन्न पुग्यो ।
बालक रोकाले नेपाल छोड्दा काठमाडौं उपत्यका हिजोआजको तुलनामा धेरै सुन्दर थियो । वातावरण स्वच्छ भएको हराभरा का७मा८ौंमा जनसंख्याको चाप नै थिएन । उपत्यका वरिपरिको हरियो पहाड र माघ(फागुनमा देखिने सेता स्वच्छ हिमाली श्रृंखलामा काठमाडौं भूस्वर्ग नै लाग्थ्यो । बालक भीमदर्शन रोकाका आंखामा झल्याकझुलुक सपनाजस्ता यी दृश्यहरु आमा वसन्तीदेवीको वर्णनमा जीवित भएर आइरहन्थे ।
उनको शैशवकाल भाक्सुस्थित सैनिक क्याम्पको ब्यारेकमा माता पिताको राम्रो रेखदेख र पालनपोषणमा बित्न थाल्यो । ब्यारेकको कडा अनुशासनमा हुर्केका रोकामा सानैदेखि कडा अनुशासनमा रहेर परिश्रम गर्ने बानी थियो । बाल्यकालदेखि प्राप्त यो गुण पछि गएर उनको रहनसहनको एउटा शैली नै बन्न पुग्यो ।
दन्त्यकथाको जस्तो सुन्दर नेपाललाई सपनीमा सांच्दै भीमदर्शन रोका धर्मशाला भाक्सुको सुरम्य प्रकृतिमा हास्तै खेल्दै हुर्किन थाले । सल्ला र देवदारका रुखहरुले सग्शोभित स्वच्५ हिमाली पर्वतको काखमा रहेको यो सानो बस्तीमा उनको मस्ती चल्न थाल्यो । चौरान खोला, माझी खोलामा पौडी खेल्दै विभिन्न झर्नाहरुको झरझर र खोलीहरुको कलकल, डांफे, मुनाल आदि रंगविरगीं चराहरुको कोमल कोमल ध्वनिले भीमदर्शनको प्रवासी जीवनलाई संगीतमय बनाइदिएको थियो । उनीभित्रको कवि ह्दयलाई धेरैपटक भाग्सुनाग र डललेख तालको छालले सग्मसग्मयाएको थियो । पाखाभरि डाडै ढाकेर फुल्ने गुंरासका पूmल र ऐंसेलुका बोटहरुले उनको मन कैयौं पटक इन्दे्रनी बनेर झुलेको थियो । प्रकृतिको यो सुन्दर काखमा सधै आउने सूर्योदय र सूर्यास्तको मनमोहक छटाले भीमदर्शनको जीवनमा शान्ति, शालीनता, करुणा र हार्दिकताका सांझबिहानहरु ल्याइरहन्थे । यस्ता सग्न्दर प्रकृतिका विविध रंगहरुसंग खेल्दाखेल्दै हुर्किएका भीमदर्शनको ह्दयको कोमलतालाई सानै उमेरदेखि कवि भावनाले स्पर्श गरेको थियो । यही सग्न्दरताका कारण स्वाभाविकरुपमा उनी कवि भए र उनी वरिपरिको जीवनजगत् उनका कोमल कविताजस्तै प्रणयशील, प्राकृतिक, सुन्दर, सुकुमार, सहज र सरल बन्न पुग्यो । उनी भित्र बाल्यकालदेखि प्रवेश गरेको यही रुमानी भावनाको प्रस्पग्m६न हग्न् उनका मुटु छुने कोमल कविताहरु ।
हिमाञ्चल प्रदेशको कांगडा जिल्लाको धर्मशालास्थित सरकारी विद्यालयबा६ माध्यमिक तहको शिक्षा पूरा गरी सोही ठाउंको सोलान विश्वविद्यालयबाट मूल विषय अंग्रेजी साहित्य लिई स्नातकको उपाधि प्राप्त गरेका हुन् भीमदर्शन रोकाले । स्कूले जीवनदेखि नै उनी कहिलेकाहीं कविता कोर्थे । कलेज जीवनमा यो रहर यथावत रह्यो । उनी आप्mनो मात्रृभाषामा मात्र होइन, हिन्दी, उर्दु र अंग्रेजीमा समेत कविताहरु लेखी विभिन्न कार्यक्रमहरुमा पाठ गर्ने गर्थे । यस्तै परिवेशमा द्दण्ण्ड साल आयो । युवा भीमदर्शन रोकाको कलेज जीवनको समाप्ति र नेपालमा प्रजातन्त्रको उदयकालको समय थियो त्यो । २१ वर्षीय युवा भीमदर्शन अखिल भारतीय विद्यार्थी संघ, सोनाल विश्वविद्यालयका तर्पmबाट नेपाल आउने प्रतिनिधिमण्डलमा छानिए । यसरी प्रजातन्त्रपश्चात् विदेशबाट आएको यो नै पहिलो विद्यार्थी प्रतिनिधिमण्डल थियो ।
उनको जीवनमा आएको यो एउटा युगान्तकारी मोड थियो । उनी नेपाल गएका थिएनन्, नेपाल आएका थिए । उनी आप्mनो जन्मभूमी दुई दशकपछि हेर्न आएका थिएनन् । पुग्न आएका थिए, प्रवासी जीवनका पीरव्यथाहरुसंग साटिदै कैयौं बाटोबाट आएका थिए, मायाको खानी लिएर आएका थिए । बाल्यकालको त्यही दन्त्यकथाको शहरमा आएका थिए, चखेवा चखेवीको मिलन हेर्न आएका थिए, आप्mनै मनको गहिरो आकाशलाई हल्लाउने फेवाका लहरहरुलाई स्पर्श गर्दै पंधेर्नीको बिहान हेर्न आएका थिए । शैशवकालको सपनीमय बिहानी उनलाई याद आयो, फेरि पुरानै याद आयो (
नेपाल देख्दा कतै देखेको भैmं
बिहान कता आंगन टेकेको भैmं
यस्तो लाग्यो ह्दयमा मेरो
सपनामा कतै भटेको भैmं ।
पुगेको ठाउंबाट हिंडेको ठाउंसम्म फर्किन उनलाई पूरै १४ वर्ष लाग्यो । पूरै एउटा युग । तर पुग्न आएको ठाउंबाट अब उनलाई कसैले लग्नसक्ने अवस्था थिएन । उनी त फेवाको माछापुच्छ्रे्र्र छायांमा टांसिइसकेका थिए । उनलाई त सस्नेह युगौंयुगका लागि हिमालयले अंगालीसकेको थियो (
हिंड्दा हिंड्दै अन्त पाएको भैंm
बिहान निस्की घर आएको भंैm
अब फकगर्् कसरी लाग्दछ यस्तो १
यो हिमालले मलाई छेकेको भैंm ।
कवि भीमदर्शन रोका कविताभन्दा भावुक थिए, संगीतभन्दा सुरिला र गीतभन्दा मीठा थिए । पहिलो पल्ट नेपाल भूमिमा पाइला टेक्ने बित्तिकै धरतीको मा६ो निधारमा लाएर आप्mना पिता पुर्खाले खेलेको र आपूm जन्मेको माटोप्रति अगाध स्नेहको उदाहरण प्रस्तुत गरेका थिए । पूmलको प्याला रित्याउंदै मनमा मस्ती लिएर आएका यवा भीमदर्शन रोका दमौली हग्ंदै प्रकृतिको सग्न्दर काख पोखरा पुगे । ताराहरुको आकाशले बोलाइरहेको थियो । उनले चालेका प्रत्येक कदमलाई कहिल्यै नफक्रिएको कलि कलिको सुवासले पछ्याइरहेको थियो । उनी हिंड्दा हिंड्दै प्रस्पूmटित भए (
ह्दयले आपूmसंग राख्दछ मलाई
बचपन बारबार छोई भाग्दछ मलाई
जसलाई पनि हेर्दछु म
उसैले आई समात्छ मलाई ।
पिउंछु, प्युने मेरो बानी छ,
मस्त छु, मग्न छु, बेहोशी मेरो कहानी छ,
जो लुटिएका छन् आउन् नजिक मेरो
कि जवान छु र जवानी छ ।
माछापुच्छ्रेलाई छातिमा टांसेर वनको किनारमा नवयुवक रोकालाई नै पर्खिबसेको थियो फेवा । यसका लहर लहरले उनको ह्दयलाई मात्र होइन, त्यसभित्रको गहिरो आकाशलाई पनि हल्लाइ दियो । अनि आकाश छुने उडान भर्दै रोका पोखराको नदीपरि, पाटनस्थित विद्यालयमा शिक्षक भएर काम गर्न थाले । शिक्षाको क्षेत्रमा ज्यादै पिछडिएको जन्मभूमिप्रति आप्mनो सेवाको प्रथम पुष्प भीमदर्शनले यसरी नै अर्पण गरेका थिए ।
तर नेपाल रोकाको सपना जस्तो अलौकिक थिएन । यहांको सग्न्दरताको मी७ो आवरणभित्र थुप्रैथुप्रै विसंगतिहरु थिए युगौयुगदेखि बलियो जरा गाडेर बसेका । यस्तै एउटा वीभत्स विसंगतिलाई उनले काम सग्रु गरेको स्कूलले पनि आपूmभित्र पालेर राखेको थियो । त्यस विद्यालयमा उच्चजातिका छोराछोरी मात्र पढ्थे । तल्ला जातिका लागि स्कूलको ढोका बन्द थियो । तर रोकाले त्यस समाजका रुअछूत जातरु मानिने दमाईका छोराहरुलाई पनि अरुसरह नै एउटै कक्षामा राखेर अध्यापन गराए । उनी रुमानिस ठूलो दिलले हुन्छ जातले हुदैनरु भन्ने विचारका पक्षपाती थिए । मानिस(मानिसबीचको भेदभावरुपी पर्खालका उनी सशक्त विरोधी थिए, तर उनको विद्रोहलाई, उनको समानतापूर्ण मानवीय विचारलाई सहन नसक्ने पुरातनपन्थी र रुढीवादीहरुको त्यहां कमी थिएन । समाजको अग्रगति नरुचाउने यस्ता बाधक तत्वहरुले उनको विरोधमा जुलुस नै निकाले । स्कूलमा उनको विरोध भएपनि उनको कदमलाई साथ दिने मानिसहरु पनि थिए । तर उनको ह्दयमा नराम्ररी ठेस लाग्यो । घाइते मन लिएर उनी काठमाडौं फर्किए ।
का७मा८ौं आएप५ि कन्या मन्दिर माध्यमिक विद्यालय, सिध्दार्थ वनस्थली स्कूल, क्याम्पस गरेर स्वास्थ्यले साथ दिउन्जेल लगभग छज्ञ वर्षसम्म भीमदर्शन रोकाले शिक्षण पेशामा बिताए । शारीरिक अस्वस्थताका कारण वि.सं.२०३३ सालदेखि २०३८ सालसम्म रोकाले लाजिम्पाटस्थित चिसो नामक कारखानामा प्रबन्धकको पदमा रहेर काम गरे ।
नेपाल आएको चार वर्षप५ि भीमदर्शन रोकालाई चीन जाने पहिलो सांस्कृतिक प्रतिनिधि मण्डलको सदस्य बनेर जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने अवसर मिल्यो । तत्कालीन शिक्षामन्त्री बालचन्द्र शर्माको नेतृत्वमा गएको यस प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा नाट्यसम्राट् बालकृष्ण सम र कविकेशरी चित्तधर ह्दय पनि भएकाले यो भ्रमण युवाकविको निम्ति निकै सार्थक र रोचक बन्यो ।
भीमदर्शन रोकाले रुसको यात्रा गर्ने सम्भावना पाएनन् तर उनका केही कविताहरु पूर्व सोभियत संघमा रुसी भाषामा प्रकाशित कवितासंग्रहहरुमा समावेश गरिएका थिए । उदाहरणको रुपमा भन्ने हो भने उज्बेकिस्तानको राजधानी ताशकन्दमा सम्पन्न भएको अफ्रोएसियाली लेखक सम्मेलनको सन्दर्भमा नेपाली कवि भन्ने शीर्षकमा सन् १९५८ मा त्यहींबाट प्रकाशित पहिलो नेपाली कवितासंग्रहमा बाटोमा (पृष्ठ ३८) र झरीवर्षा (पृष्ठ ३९ ः ४०) शीर्षकका उनका दुईवटा कविताहरु रसियाली कवि ब.पार्मुुजिनको अनुवादमा छापिएका छन् । यसप्रकार उनी आप्mना कविताको माध्यमबाट रुसी पाठकहरुबीच परिचित बनेका थिए भन्न सकिन्छ ।