A story "My Photogenic persona" (in Nepali) : Sagun Shrestha
मेरो फोटोजेनिक पात्र
हजुर, मैले कुरा गर्न लागेको पात्र मेरो फोटोजेनिक पात्रको हो ।
पेशाले म फोटोग्राफर अनि कहिलेकाहिँ सानातिना कथासम्म लेख्न भ्याउथें त्यसैले केही मानिसहरु मलाई कथाकारसम्मको सम्बोधन गर्न पुग्थे । समान्यतया म चाहिँ आफूलाई फोटोग्राफिक स्टोरी राइटर भन्न मन पराउँछु । सायद मैले दुवै जीवनलाई आफूमा समेट्न खोज्दा यो शब्दको व्युत्पति भएको हुन सक्छ ।
###
सधैं झैं त्यो बिहान पनि म शितसँग खेल्दै चिसा बिहानीमा मेरो बागबजारस्थित ‘न्यू फोटोजेनिक स्टुडियो’मा पुगेको थिएँ । तर त्यो दिन अचानक यस्तो घटना घट्यो ः
एउटी तेइस नभए चौबिसको युवति आईन् । मेरो स्टुडियो अगाडिको मुख्य द्वारमा उभिन् । आकाशतिर हेरिन् । मैले सोचें सधैको जस्तो आज पनि आकाश छ–निलो, सफा र अत्यन्तै मनोरम । तर म गलत थिएँ– उनले आकाश हेरेकी रहिनछिन् । उनले सर्टरको माथि झुण्डाईएको बोर्डतिर आँखा कुदाउँदै पढिन्– ‘न्यू फोटोजेनिक स्टुडियो’ ।
‘दाई, हजुरले फोटो खिच्नुहुन्छ ?’ उनको प्रश्न ।
‘अँ, तपाईंलाई जस्तो चाहिन्छ त्यस्तै,’ मेरो उत्तर ।
‘तर मलाई एकदमै बिल्कुलै फरक फोटो चाहिएको छ ।’
‘हुन्छ, भइहाल्छ नि ।’ मेरो सामान्य जवाफ उनको प्रश्नको खातिर ।
‘यदि, केही अफ्ठ्यारो पर्दैन भने दाइलाई म तिमी भन्छु । यसो गर्दा मेरो फोटो लिन अलि सहज हुन्छ’, उनले भनि । मैले धेरै कुरा बुभिंmन । कुनै युवतीले ५ मिनेट अघि र पछि सम्बोधनमा एकरुपता ल्याएकी छैनन्– मैले यति बुझें ।
‘हो मैले तिमीलाई ‘तिमी’ भन्दा अझ सजिलो अनुभव गर्छु ।’
केही बोलिंन, तर बोलेंछु–
‘हुन्छ, आपत्ति छैन । ’
###
‘तिम्रो नाम पनि भन्छौं कि ?’
‘म अक्रिन ।’
‘अनि मेरो चाहिँ नताशा ।’ उनले आफै भनिन् ।
म वाल्ल ............। उनको बोलिको स्वरुपमा यस्तो सुपरसोनिक परिवर्तन थियो कि मैले यसको एक छेऊसम्म भेटिरहेको थिइन ।
‘नताशा, तिम्रो कुरा बुझिरहेको छैन, मैले ।’
‘मैले भनेकै छैन, तिमीलाई ।’ मेरो नरम प्रश्नको अत्यन्तै ठाडो जवाफ ।
‘अँ भन त कस्तो किसिमको फोटो खिच्नु पर्ने तिम्रो ?’
‘तिमीले आजसम्म कहिल्यै नखिचेको र खिच्न नसकेको’, निर्धक्कसँग उनले भनिन् ।
‘कसरी थाहा पायौं मैले तिमीले चाहेको जस्तो फोटो आजसम्म खिच्न सकेको छुँइन ? मैले सोधें ।
‘म मान्छेको अनुहार पढ्न सक्छु । त्यसमा फोटोग्राफरकहरुको त अझ छिटो पढ्छु किनकि उनीहरु अरुको तस्विर खिच्छन् र आफ्नो तस्विर खिचाउँदैनन् । आफ्नो आन्तरिक र बाह्य तस्विर दुवै उनीहरुको अनुहारमा हुन्छ । जसरी तिमीसँग छ ।’ उनले यति भने ।
म निर्णयमा पुग्न सकिरहेको थिइँन कि साँच्चै उनी एक मानसिक सन्तुलन गुमाएकी एक युवति नै हुन् ।
‘खयर, छाडि देऊ यी सब कुरा । बरु सुन ।’ उनले मेरो ध्यान पुन अवचेतनबाट चेतनस्थितिमा डो¥याइन् ।
‘मसँग तस्विर खिचाउनु अघि दुइवटा सर्त छन् । यी पूर्व सर्तहरु अन्त्यन्तै महत्वपूर्ण छन् । पैसाको कुराको धन्दा नगर अक्रिन महाशय । तिम्रो लाग्ने पारिश्रमिक दिन्छु । तर सर्त निश्चित अर्थमा सर्त नै हुन् ।’
‘म फोटोग्राफर हुँ र तिमीले चाहेको फोटो खिचाउन सक्छौं । बस मेरो कुरो यति ।’ मैले टुङ्ग्याए ।
‘अक्रिनजी तिमीलाई लाग्ला म पनि अरुजस्तै एक कस्टमर हुँ । सामान्य कस्टमर । हो तिमी सही नै हुनेछौं । तर मेरो फोटोको प्रकृति भने अलिक असामान्य हुनेछ ।’
मलाई अलिक झोंक चल्यो । झोकै झोंकमा भन्दिए लजा– ‘म तयार ।’
त्यसो भए सुन । तिमीले मेरो निवस्त्र तस्विर लिनुपर्छ । यसको लागि केही सर्तहरु छन् ।
सर्त नंं १. तिमीले संवेग गुमाएर फोटो खिच्ने अवधिभर मलाई स्पर्श गर्न सम्म पाउने छैनौं ।
सर्त नं. २. तिमीले यो पश्चात् अन्य धेरै चरणहरुमा यस्तै फोटोहरु लिईरहनु पर्नेछ ।
म त एकछिन टोलिएँछु । मेरो मानसपटलमा एउटा सिङ्गै नघ्न युवति नाच्न आइपुग्थ्योे । मानौ यो वेश्यालयमा बिताएको एक पलको फ्यासब्याक हो । मैले केही सोच्नै सकिँन । फुत्त मेरो मनमा सर्त नं. ३ को लहर उभियो ।
सर्त नं. ३. तिमीले यो फोटो कतै बेच्न पाउने छैनौं । तर यो कुनै प्रोफेसनल जस्तै लाग्ने सर्त उनले कहिल्यै भनिन ।
‘तयार छौं होइन ?’ उनले सम्झाई ।
मैले केही बोलिन तर टाउको तल माथि गरेको रहेछुँ ।
‘त्यसो भए भोली बिहान ठीक ७ः०० बजे म तिम्रो स्टुडियोमा आउँछु ।’
उनले जाँदाजाँदै चिच्याएर भनिन् ।
मैले यति सुनें ।
###
धरो धर्म मैले त्यो दिन कसैको फोटो खिंचिन । क्यामेरामा घरिघरि टोलिँदो रहेछु । भोलीको दिन यो सानो भाँडोले एउटा नग्न युवति क्याप्चर गर्नु छ– आवधिक क्याप्चर । बढो अचम्मसँग म यो सोच्न पुग्थें । जीवनमा कहिल्यै नगरेको र गर्न नसकेको तथाकथित प्रतिबन्धित अभ्यासको लागि म तयार हुनुपर्ने । सायद एउटी सामान्य महिला मात्र नभएर वेश्या भएको भए मलाई सहज हुनसक्थ्यो । तर खै किन हो, मलाई उनी बेश्या जस्तो कहिल्यै लागेन बरु लाग्थ्यो एउटा असामान्य अबला नारी अनि मेरो आगामी कथाको फोटोजेनिक पात्र ।
###
त्यो दिन घर जाँदै गर्दा बाटामा देखिएका महिला डमिहरुलाई हेरें । अघाउँदो गरी हेरें– ती डमिहरुका उठेका स्तनहरु, नितम्बहरु । तर यी सब किृतिम डमि प्रति राखिएका क्रितिम हेराई थिए । बरु यसको सट्टा म हेर्न सक्थे – निकै नजिकबाट लोलुप दृष्टिका साथ बाटामा हिड्दै गरेका महिलाहरु र तिनका अत्यन्तै कामुक स्वरुपहरु । एउटा अविवाहित फोटोग्राफर कम स्टोरी राइटरलाई एउटा युवतीको यस्तो प्रस्ताव राख्दा मन कसरी बहलिन्छ ? तपाईं सजिलै अनुमान लगाउन सक्नुहुन्छ । साँचो अर्थमा त्यो रात मेरो लागि सधैंको जस्तो रात पनि भएन– भयंकर क्रुर रात थियो त्यो । अत्यन्तै अन्यायपूर्वक लामो । किन म यति हतारिँदै थिए म स्वयंमलाई थाहा थिएन ।
###
एउटा विशेष दिन ः
सधैंझैं घामका एक डोको किरणहरु शित ताछ्न मेरो फोटो स्टुडियोको सटरमा पोखिए । भित्तामा झुण्डिएको घडि पनि एक रफ्तारले घुम्दै थियो । करिब घण्टे सुइले साततिर सङ्केत गर्न लागेको थियो । म एकोहोरिएर क्यामेरामा हेर्दै थिँए ।
‘आज तिम्रा पनि दिन आएछ ।’ मैले क्यामेरासँग यति बोलेंछु । उनी टुप्लुक्क आइपुगीन् ।
हिजोको जस्तै पहिरनमा । अलिक गाढा लालि ओंठमा पोतेकी रहिछिन् । स्तनहरु हिजोको जस्तै सहज स्थानमा थिए । एयाङ्गुलर भ्यूबाट हेर्दा नितम्ब उठेका पहाडहरुझैं लाग्थें । अनि कम्मर अत्यन्तै साँघुरो खोंच । लाग्थ्यो उनी साक्षात् प्रकृति थिइन् । लौ म त उनको वर्णन पो गर्न लागेको रहेंछुँ ।
‘अक्रिन महोदय, तयार छौं होइन त ?’
मैले बोलिन ।
‘किन साँच्चि बोल्दिनौं ?’
‘अँ तयार,’ मैले जबरजस्ती बोलें ।
‘सर्तहरु नी ?’
‘हुन्छ, मान्न तयार छुँ ।’
‘ल ठीक छ, त्यसो भए म भित्र तयार अवस्थामा हुन्छु । तिमी तिम्रो सामग्री लिएर भित्र पस्नु ।’
उनीभित्र छिरिन् । एकछिन पछि उनले बोलाइन्– ‘अक्रिन’ ।
म क्यामेरा लिएर भित्र छिरें । भित्र छिर्दा देखें निवस्त्र एउटा महिला– साक्षात् देवीजस्तै–हल्का मुस्कान सहित । म लगलग काम्न थालें । संवेग गुम्न थाल्यो । पाइला बढ्न थाल्यो । उनले सम्झाइन्–, ‘अक्रिन रुल नं. एक ।’
म टक्क अडिंए । मैले मात्र एकदमै पुष्ट स्तनहरु मेरा आँखैतिर तेर्सिएका देखें । अनि उनका एकदमै नरम छाला यसरी उनको शरीरमा लप्पक्क टाँसेको थियो मानौं मनका औंलाहरुले बिस्तारैै आफ्नै रिदममा सुमसुम्याउँदैछन् काव्यको अनुप्रास खोजी ।
‘डर छेरुवा, किन काम्दै छौं– लगलग । छिटो खिचन’
म बोल्नै सकिँन । मेरा हातहरु यति लुला भइदिए । मेरो करिब दुइकेजीको क्यामेराको भार सम्म थामेन । म अत्यन्तै बिचलित भएँ र फुत्त बाहिर निस्कें । स्टुलमा बसें, घोप्टो परेर रुन थालेछुँ । मलाई थाहा छैन– के ले रुवाए मलाई तर म रोएँ । निकै बेर रोएँ ।
###
मान्छे कहिलेकाँही त्यसै रुँदो रहेछ ।
###
उनी बाहिर आइन् । निवस्त्र पक्कै होइन । बस्त्र सहित र भनिन्– ‘थुइक्क फोटोग्राफर, के हो ? निकै काम्यौ त लगलग (मन्द मुस्कानका साथ) । तयार भन्थ्यौ त ?’
मैले केही बोलिन । म सौन्दर्यशास्त्री इम्यानुअल कान्टलाई सम्झिदै थिए । यी दुई भिन्न नारी बीचमा सबलाईम र ब्यूटिफुल को हुन सक्छन् ?’
मेरो स्टुडियो भित्रको नग्न नारी र स्टुडियो बाहिरको बस्त्रपूर्ण नारी । सायद मेरो मस्तिष्कमा कान्ट देखा पर्न सकेनन् ।
‘हैन, किन बोल्दैनौ ? हँ । ल सुँक्कसुँक्क पो गर्दैछौं त । के भयो फोटोग्राफर महोदय ? ठीकै त छ तिमीलाई ? गाह्रो लाग्यो होला । नभए म ............... ।’
‘तिमी यही समयमा अर्को सोमबार आउन सक्छौ ।’ मैले उनको बाली भुईंमा खस्न नपाउँदै भनिहाले ।
‘हुन्छ ।’ उनले भनी र हिडीं ।
###
एक हप्ता बीचमा मेरो मन मस्तिष्कमा ठूलै हुँडार चलेको हुनुपर्छ, म स्वयम्लाई थाहा भएन तर सोमबारको दिन म घामलाई छक्काएर शितसँगसँगै मेरो स्टुडियो पुगेको थिए । पुग्ने बित्तिकै क्यामेरा सफा गरें अनि यसको लेन्स । यसको मतलब म मानसिक रुपमा तयार भएको थिएँ भन्ने तपाईंलाई लागेको हुनसक्छ । तर प्रिय पाठक तपाईं सरासर गलत हुनुहुन्छ । म त एकहदसम्म सन्तुलित यो अर्थमा थिएँ कि आज भने म तस्विर कैद गर्न सक्ने छुँ । क्यामेरा उस्तै, म उस्तै, मेरो स्टुडियो उस्तै अनि तिनै युवती उस्तै । यी सबै उस्तैहरुका बीचमा भिन्न कुरा गर्नुछ । बढो अफ्ठ्यारो र जटिल स्थिति थियो यो । तर मलाई आफैले आफैलाई बारबार सोधेको कुरो– आखिर यी वयस्क युवती किन आफ्नो नघ्न तस्विर खिचाउन चाहन्छ ? उत्तरबिहिन प्रश्नमा उत्तर खोज्नु थियो मैले ।
###
उनी देखा परी । उही पहिरन, उही गाडा लाली, उस्तै स्तनहरु, नितम्ब र छिनेका कम्मर लिएर ।
‘आज पक्कै पनि तयार छौं होला ?’ उनले निसंकोच भनी ।
‘अँ ।’
‘त्यसो भए म भित्र हिंडे ।’
‘हुन्छ ।’ मैले भने ।
म केही मिनेट पछि आउँछु ।’ मैले पुन थपें ।
सर्टर अलिक ताने ताकि मान्छेहरुका दृष्टि कमै स्टुडियो भित्र परुन् ।
म अर्को कोठामा छिरें । निवस्त्र भएँ । क्यामेरा समाएँ । घाँटिमा झुण्ड्याए र छिरें स्टुडियोमा । हामी दुवै निवस्त्र । सृष्टिताकाका एयाडम र इभ्सहरु जस्तै । मात्र यो एयाडमका घाँटिमा मोर्डन एसएलआर क्यामेरा छ ।
मैले उनको शरिरलाई हेरिनँ । मुन्टो फर्काएर सोधे ।
‘रेडि छ्यौं ?’
उनीले बोलिन ।
पुनः सोधें–
‘रेडि छ्यौं ?’
उनी बोलिनन् ।
मैले मुन्टो उनितिर फर्काए । उनी त दमले थलिएकी रोगी जस्तै फ्वाँ फ्वाँ सास फेर्न थालिन् । म पनि त्यसै गर्न पुगेछुँ । अहँ, म कामिन । कदापी कामिन किनकि अस्तिको कामजरो आज हराएको थियो तर म पनि त्यसै त्यसै फुल्न थालेछुँ । निकै फुलिएँ । उनका पनि हरेक अङ्गहरु तनक्क तन्किए । मलाई जबजब हेर्न थाल्थिन्, उनका स्तनहरु अन्त्यन्तै पुष्ट फलको आकारमा परिणत हुँदै थियो । उनको ओठका मन्द मुस्कानहरु अत्यन्तै कामुक लाग्न थालेको थियो । म पनि बिस्तार बिस्तार त्यहि प्रक्रियामा हराउँदै थिएँ । बिस्तारै क्यामेरा उचाले र क्लिक बटन थिचें । सायद क्यामेराले खिच्यो–खिचेन थाहा भएन । तर मेरो नग्न देहले उनलाई खिचेछ । उनी कतिखेरै मतिर आएर टाँसिदै थिइन् । बिस्तारै हाम्रो जिउहरु एकतमासले हल्लिदै थियो । सायद हामी दुवैजनालाई ग्रहण लागेछ । अचम्मसँगको केही हल्लाई पश्चात् उनीले बोलिन् ।
‘फोटोग्राफर महोदय, तिमीले यस्तो के ग¥यौ ? म हारें । म आफ्नो अठोटबाट हारें । सोच्थें तिमी पुरुषहरु फ्रायडबाट संक्रमित छौं । तर म गलत ठहरिएँ या तिमीले गलत ठह¥यायौं ।’
‘मैले केही बोलिंन । उनले बोल्दै गर्दा उनको मुख मेरो छातीनिर थियो । तर हरेक बोलाईसँगै आउने तातो हावाको स्पर्श मेरो छातिमा अनुभव गर्न सक्थें । यसले बेग्लै संवेगको लहर ल्याउँथ्यो मेरो पुरुष देहभित्र ।
‘म आफ्नो प्रयोगशालामा प्रयोगसिद्ध गर्न असमर्थ भएँ । तिम्रो फ्रायड उठ्नु भन्दा पहिले म भित्रको फ्रायड जाग्न थाल्यो । खै किन मैले यस्तो गरें ? सायद मनको आँधि यस्तो तुफानसँग आउँदोरहेछ– म एकिन हुन सकिँन ।’
उनी उठिन् । कपडा बिस्तारै लाउन थालिन् । म पनि उठें । सरासर अर्को कोठा छिरें । बाहिर निस्कँदा उनी गइसकेकी थिइन् । डेस्कमा सानो चिट छोडेकी रहिछिन् ।
‘आज हारेको छुँ । या मेरो फ्रायड ।
नताशा’
मैले बुझिँन । मैले त्यो दिन एका बिहानै सर्टर लगाए र घर हिंडे । एस एल आर क्यामेरा घर लगें । फोटो हेंरे, फोटो थिएन । म पनि असफल भएँछु खिच्न ।
###
त्यसदिन पश्चात् नताशा कहिल्यै मेरो फोटोस्टुडियोमा देखा परिनन् । आजसम्म कोही कसैले फेला पारेको छैन । पाठकहरु, तपाईहरुले फेला पार्नुभयो भने तपाईले एउटा इमेल लेखेर यो कथाकारलाई जानकारी दिनसक्नुहुन्छ । कथाकारलाई पुन त्यही पात्रको खाँचो छ– नताशा जस्तै पात्र । इमेल ठेगाना
खबअबलअथपबतजबउबतचब२नmबष्।िअयm
###
कथा टुङ्गयाउनै आँटेको थिएँ तर सोचें इमेल चेक गर्नु पर्ला र लागें इमेल चेक गर्न । एउटा इमेल आएको रहेछ–
प्रिय कथाकार,
नताशा मसँग छिन् । यतै रमाईरहेकी छिन् । उनले भनेकी–उनका लागि त्यो क्षण अठोट र मेरो मृतुको क्षण थियो । भन्छिन्– यो पनि जीवनको पाटो रहेछ ।
रिगार्डस
सिग्मन फ्राएड
साइकोएनालिस्ट, स्विडेन
*****