हाइकु
-मधु माधुर्य
बैगुनी जात -
ढुंगाको छाती /मन
दुख्नै छाड्यो
पानीको फोका -
खुशीको स्वरूप हो ?
कहाँ हरायो ?
प्रेमको फूल
झरी गएछ कतै
सम्झना बाँकी !
साउने झरी
परेलीमा बसेजस्तो
मोती बरर !
हुरी सुसेल्छ :
-"के छ नी मुटुभरी ?
- तातो रगत !