Muktak (poem) by Madhu Madhu

मुक्तक :
=========
देशको अस्मिता लुट्नेहरु

- मधु माधुर्य

पुर्खाले ज्यान गुमाएर बचाएको देश
आधि खाएर सके
बाँकी सुम्पिदिने तयारीमा
निर्लज्ज नव लेन्डुपहरु
विविध स्वाँग गरिरहेछन् ...

सत्ता भए पुग्यो,
देशकोलागि माखो नमार्ने
सत्ता टिकाउनै परे, जनतालाई पनि मार्ने
हाम्रो देशमा यस्ता पनि "नेता"हरु छन् -
संबिधान बनाउन भत्ता दिँदा, "नेपालबन्द" भनी टार्ने

यो सबै भोग्नेहरू कुन अबस्थामा छन् आज ?
सुन्नेहरूलाई भने ऐठन हुने अबस्था छ ...

आत्मा बेचेर फगत आफ्नो देह बोकेर हिड्ने
परिबन्दको कैदी र भरियाहरुसंग बाँच्नुछ मैले,
उनीहरुको संस्कारविहीन भाषालाई मधुर-वाणी सम्झेर रम्नुछ मैले,
गफको विषय-वस्तु / जीवनशैलीको त झन् कुरै नगरौं,
उल्टै उनीहरुको खोक्रो टाउकामा टाँसिएको भुत्ते कानमा
प्रशंसाको शंख फुक्दै जिउदै मर्नु छ मैले,
मानौं यी अवसानहरुको निरन्तरता नै जीवन हो मेरो भोगाइमा,
प्रत्येक परिवेशमा मृत्युहरुलाई आत्मसात गर्न उपस्थित मेरो अस्तित्व,
सृष्टिकोलागि उपहास हो या अभिशाप ?
साथीहरु, जवाफ चाहियो !