Poem " Cyber Time ..." by Tanka Subba

कबिता
आजको सार्इवर समय र हामी
टंक सुब्बा

फेसबुकको भित्ता हेरेर
चिसो सम्वाद
वा सार्इवर सम्वाद भनौ
बोल्नै नपरी
लाटोले हाँसे झै बेला बेला हाँसे भै हाल्यो
कम्प्युटरको किबोर्डमा
औंलाहरु चलाएर
जीवन जीउँनुको मज्जा लिनुछ
बिहान
दिउँसो
साँझ
मध्यरात
अथवा आठै प्रहर
कुराकानी गरेर
बिचार
भावना
चाहना
रुची साटासाट गर्नुछ
धुमधुम्ती एउटा अध्यारो कोठामा बसेर
कम्प्युटरको माउस
अथवा बिना माउस हातको औलाले छोएर
समयको पर्दा उघार्न खोजी रहेका हुन्छौ
संसारलार्इ एउटा सानो गाउँमा
परीणत गरेर
सबैसंग एकैचोटी सम्वाद गर्नुछ
प्रविधि
जीवन प्रविधि
चाहना प्रविधि
अथवा प्रविधि नै प्रविधि
आज हामी
हाँस्दैछौ
नाच्दैछौ
बाँच्दैछौ
फेसबुक
टुर्इटर
हार्इ फर्इभ
आदि र्इत्यादि र्इत्यादि
वेवसार्इ
ब्लग
अन्य धेरै र्इन्टरनेटले बाँधेका
सार्इवर माध्यमहरु
अव हाम्रा अंग भए
अव हाम्रा प्रत्यंग भए
गाउँदेखि शहरसम्म
शहरबाट महाशहरसम्म
देशबाट बिदेशसम्म
यसैको चर्चा छ
यसैको हल्ला छ
चर्चा र हल्ला मात्र होइन
त्यसको खाटी प्रयोग छ
अव हामी त्यो भर्इसक्यौ
जसको नशा हाम्रो दिमागमा पसी सकेको छ
हामीले जीउँनको लागि
ती प्रविधिहरुको ट्यावलेट आवश्यक छ
कसैले अव म ती माध्यमहरुबाट
टाढीन्छु भनेर नसोचे हुन्छ
किनकी त्यो माध्यम नै
सरल
सहज
र सम्पूर्ण छ
त्यसैले त चिसो सम्वादमा लिप्त भएर
लाटो बन्दै गएका छौ
बहिरो हुँदै गएका छौ
अन्धो बन्दै गएका छौ
धेरै कुरा सिकेर
धेरै कुरा देखेर
धेरै कुरा जानेर
बुद्धु बन्दै गएका हामी
२ गुणा २ को लागि
क्यालकुलेटर खोज्दछौ
त्यस कारण हामी आफ्नो जीवन भन्दा बढी
प्रविधि बाँच्नेछौ
संवेदना हराएको मान्छे भएर
रोबर्ट झैं बाँच्नेछौ
अवको युगले यहि मार्गको तय गर्दै लगेकोछ
त्यसलार्इ हामीले पछ्याउँदै
निरन्तर निरन्तर गर्इ रहेका छौ ।