दुइ मुक्तकहरु
+++++++++
"सत्य बोल्दा " र "झुक्किएको मौरी'"
- मधु माधुर्य
१.
सत्य बोल्दा असुरक्षित महशुस हुन्छ किन ?
किन ?
============================
सत्य बोल्दा असुरक्षित महशुस हुन्छ किन ?
राम्रो गर्न खोज्दा नराम्रो सोच्छन् किन ?
'मुटु दिएर' कसैलाई आफू रित्तिदा पनि
शंकै शंकाको भीरमा मान्छे जाकिन्छ किन ?
किन ?
सत्य बोल्दा असुरक्षित महशुस हुन्छ किन ?
किन ?
---------------------------------------------------
२.
....जस्तो भा'छु
बाहिर मात्र मोटो, भित्र भित्र लौरीजस्तो भा'छु
मान्छे-बस्तु चराउँदा,आफै चौंरीजस्तो भा'छु
नौटंकी मान्छेहरुसंगको जम्कोभेट कति कति
यो शहरमा -
प्लास्टिकको फूलसँग झुक्किएको मौरीजस्तो भा'छु
मौरीजास्तो भा'छु ...