सामयिक चिन्तन :
विज्ञान र चेतना
- डा. मधु माधुर्य
भेदेन्खा-पार्कको क्याफे ग्राहकलाई थोरै कफी खुवाएर हिउँदको चिसो बिहानीलाइ न्यानोमा बदल्छ |
त्यो ठाउँ साथहरु भेट्ने थलो पनि हो | त्यही क्याफेमा
गत हप्ता एकजना रुसी "प्रोफेसर" सँग कफी खाँदै गर्दाको मेरो लघु-वार्तालापका केहि स्मरणीय क्षणहरु सम्झिरहेछु :
प्रोफेसर : तपाईं पनि म जस्तै विज्ञानको शिक्षार्थी पर्नु भयो; तर पूर्वीय दर्शनसंग तपाईं सायद नजिक हुनुहुन्छ , "इश्वर" छ कि छैन होला ?
म : "इश्वर" भए पनि छैन भन्छु म, मैले देखाउन खोज्दा ऊ तपाईंले अपेक्षा गर्नु भए बमोजिम प्रकट हुन चाहदैन ...
प्रोफेसर : तपाईंले भन्नु भयो -"दया र सान्त्वना प्रकट गर्ने प्रमुख पात्रहरु मूर्ख, बैगुनी र अविवेकी मान्छेहरु हुन् ..." । त्यसो भए बुद्धिमानी, गुणी र विवेकीहरुलाई तपाइंले कतै घृणा त गर्नु हुन्न ?
म : बुद्धिमानी, गुणी र विवेकीहरु प्रति मेरो गहन आस्था र सम्मान छ, किनकि तिनै गुणहरु मार्फत मानवताको उद्घाटन भैरहेको हुन्छ ... वहाँहरु त्यो उचाई सम्म पुगी सक्नु भयो जहाँ अज्ञानीहरुको कल्पना सम्म पनि पुगेको छैन । "देवता" बन्न गार्हो हुने आजको विषम परिस्थितिमा मानव-रुपान्तरण ठुलै उपलव्धि भै सक्यो ... तर त्यो नै गन्तव्य चाही होइन ...
प्रोफेसर : मान्छेको गन्तव्य चाही के हो तपाईंको विचारमा ?
म : सुन्मुक्ति हो, जो चेतनाको चरम जागरण पश्चात सम्भव छ ...
प्रोफेसर : विज्ञानले यसको व्याख्या गर्न सक्ला त ?
म : सक्छ ; जसरि आज क्वान्टम फेनोमेननको व्याख्या भै रहेको छ ...
प्रोफेसर : भने पछी विज्ञान र "चेतना" को अन्तर सम्बन्ध देखिन्छ ?
म : जरुर ....ब्रह्माण्डीय चेतनाको बहुआयामिक रुप नै क्वान्टम - विचरण हो ... यसलाई जे जे नाम दिन सकिने सम्भावना छ - दिनु होला ...मेरो कुनै आपत्ति छैन !