Quantum article: self feeling about the " reconstruction "

"पुनर्निर्माणबारे केहि क्वान्टम चिन्तन
+++++++++++++++++++++
अन्तर-चौतारीमा एकै क्षण :

-- डा. मधु कृष्ण श्रेष्ठ "माधुर्य"

निर्माण र पुनर्निर्माण सिर्जनाका पक्षहरु हुन् जो कला, साहित्य, संगीत लगायत विविध इन्जिनियारिग विधाहरुसंग सम्बन्धित छनन् | तर कहिले कहीं रास्ट्र निर्माण र राजनैतिक विकासका सन्दर्भमा पनि त्यो सान्दर्भिक देखिंदै गएको छ |

अप्रिल महिनाको आगमन ढिला भएर हो कि मस्कोको बाक्लो हिउँको सिरकले बसन्त छोपिरहेको छ ...र चराचुरुंगीको अर्थहीन "चिरिबिरी विद्रोह" लाइ मौसमले टेढ-पुच्छर लगाईरहेको छैन .... लाग्छ हिउँभित्र भित्रै युरोपको "ट्युलिप " र " "चउरे फूलहरु " फुलेर ऒइलाइसकेका होलान् ...
यसरि आफुले अस्थायी बसोबास गर्दै आएको ठाउँबारे सोच्दासोच्दै जन्मभूमिको याद आइहाल्छ - सम्भवत यो डायस्पोरेली सम्वन्धको प्रभाव हुनुपर्दछ |

र चिसो बाटामा पैताला अघि बढाउँदै हिँड्ने क्रममा सदा झैं म हमेशा नेपाल पुगिरहेको हुन्छु ...

अनि "यथार्थ दृश्य"हरुको पुनरावृत्तिमा ठोक्किएर दुर्घटनाग्रस्त हुन्छु म !

मिर्मिरे वादललाई चिसोले "पगाल्न" सक्यो भने त्यो शीत बनेर प्रभातमा खस्ला ; "कुकुर"लाई गाली गर्नु भो भने कुनै न कुनै प्रतिक्रिया देखाउंदै तत्कालै त्यो ठीक ठाउँमा पनि आउला ; भीरको पहिरोमा गजधम्म अड्किरहेको ढुङ्गोलाइ गाली गर्यो भने न त्यो फर्केर पहाडको टूपोमा पुग्छ न लडेर बेंसी झर्छ !

ढुंगाको मुटु र कान हुँदैन सायद !

अनि नेताहरुले संबिधान बनाएनन् भनेर चक्काजाम किन नगर्नु ? वा बनाइ सकेको संविधान लागु गरेनन भनेर कति सुर्ता गर्नु ? अन्तररास्ट्रिय विस्तारवादी शक्तिको इसारामा "ग्यांग अफ फोर" ले सरकार बनायो भनेर कति दिन नेपालबन्द गर्नु ? एउटा एउटा सामान्य निहुँको अत्तो थापेर कतिवटा सरकार फेर्नु ? सबै पत्र-पत्रिकाका पानाहरुमा अक्षरहरु अहोरात्र पत्तुर नेताहरुलाई तथानाम "गाली " र आलोचना गर्दै मान्छे बनाउने कसरत गरिरहेका हुन्छन् ...

रास्ट्रिय भावनाले ओतप्रोत सम्पादकीय र " विशेष" घोषित लेखहरुमा छरिएका काला मोटा अक्षरहरु पनि किनिएका वा वेचिएका अक्षरभन्दा बढी केहि होइनन् - यो बुझाइमा भ्रम नभएकै जाति ! समय मै बुझ्न ढिला भएको एउटा कुरा के हो भने "राष्ट्रिय दु:ख" को हाम्रो अन्तहीन "पराकाष्ठा त्यतिक्कै "अन्तर्ध्यान " हुनेवाला छैन ।

*** *** ***

"त्यो सम्वेदनेवार नाबिहीन ढुङ्गो" लाइ हामीले समयमै "ब्लास्टिंग" गरेनौं भने हाम्रा पनातीहरु डराई-डराई देशको अप्ठेरो बाटोमा हिंडिरहेका हुनेछन् ...

त्यस्तै ढुङ्गो र हाम्रो अति-चेतनाको घर्षणका कारण भित्रभित्रै सल्किरहेको जातीय द्वन्द्धको भीरबाट धकेलिएर देश अर्कै इलाकामा जाकिन पनि सक्छ ...
अहिलेको अंतर्द्वान्द्द्को अर्को विस्फोटन मान्छेको जातमा केन्द्रित छ |

म एउटा कुलमा जन्मेको नेपाली नागरिक हुँ हुँ ( तर मैले आफुलाई त्यो जातीय खाल्डोमा पुरेर कहिलेपनि कुनै पनि प्रतिक्रिया देखाएको छैन ),
बाहुनको कुलबाट जन्मेको भए म बाहुन हुन्थे, क्षेत्रीको कोखबाट जन्मेको भए क्षेत्री हुन्थे, यो समाजले अछुत घोषणा गरेको परिवारमा जन्मेको भए मेरो कुसंस्कारी पहिचान अनुसार म अछुत नै हुन्थे - र मैले के गर्न सक्थे सामाजिक विद्रोह बाहेक ?

विविधता भनेको सौन्दर्यको आधार हो .... हाम्रो उपस्थिति त्यसैको परिधीभित्र पर्छ ...

तर नेपालमा अहिले धार्मिक र जातीय संग्रामको झिल्काहरु उठिरहेका छन् ...

यहाँ इमान र रगतको हिसाबकिताब हुन छोड्यो ...

हामी फरक समयको फरक परिवेशमा बाँचिरहेका छौं ...

"निर्लज्ज" नेतालाई गाली गरेर "चिलाएको घाउबाट आनन्द लुट्ने" समय होइन यो ।

"देश चाहिन्छ वा चाहिंदैन" निर्णय गर्ने समय हो यो !

चाहिंदैन भने अहिलेको हामीभित्रको "यथास्थितिवाद" पनि काफी छैन ; चाहिन्छ भने फरक लिंग, जात, धर्म, वर्ग, राजनैतिक विचारधाराको वावजुद हामी एक हुनैपर्छ ...
र देश चाहिंदैन भन्नु भनेको आफ्नो मृत्युको अप्रत्यक्ष / प्रत्यक्ष घोषणा गर्नु हो

ढुंगालाइ भीरमाथिको "स्थिर" नृत्य मै चीर आनन्द आउनु स्वभाविकै छ , भाषणको शव्दजालमा "देश-विकास"को परिभाषा जमिरहेको बेला एउटा सामान्य कुरा भन्न मनलाग्छ -ढुंगाको आँखा र नाडी हुँदैन सायद ....

हाम्रो चेतनाको शुद्दिकरण नभएसम्म बेचिएको आत्मा बोकेर मान्छेले "त्यो अक्कडे ढुंगा ब्लास्ट " गर्न सक्ला की भनेर "झिनो मसिनो सकारात्मक सम्भावना" देख्नु भनेको औंसीको रातमा घाम देख्नु जत्तिकै हो !

बिभिन्न रुपले टुक्रेर, टुटेर, फुटेर, मक्किएर कुहिएर, सडेर क्षत-विक्षत भै सकेको अहिलेको हाम्रो नेपाली एकता जोड्न सक्ने हुर्मत बोकेका जननेताहरुको अवसान भै सकेको र त्यस्ता नयाँ रास्ट्र-सेवकहरु नजन्मिसकेको अवस्थाको मूर्त रुप हो आजको "भ्याकुम वर्तमान" ! भित्र भित्र आफ्नो आत्मा बेचेर मीठो-मीठो शव्दमा उनिएका प्रभावकारी भाषण भनेको "पागलहरुको को पाँध" हो भन्छु म !

"कि जुरुक्क कि हुरुक्क!" भन्थे उहिलेका बुढा-पाकाहरु !

आउनुहोस् देशलाई पार लगाउने महा-यात्रामा !

महान कार्य गर्न जहिले पनि गाह्रो हुन्छ - त्यसैले,जानी नजानी मुकदर्शक बनिसकेको हृदयको स्विकारोक्तिलाई मध्यनजर राख्दै सजिलो कामकोलागि आव्हान गर्नु होला !

मैले माथि नै भनि सकेँ :हाम्लाई "देश नचाहिएको " हो भने पनि अहिलेको हामीभित्रको "यथास्थितिवाद" त्यतिको काफी छैन - डाडुमा पानी उमालेर हम्फलौं
आफुले आफैलाई दागबत्ती दिएर ...

त्यसैले फेरी पनि आव्हान नगर्नु होला - "...टायर बालौं, नेपाल बन्द गरौँ ; पुल भत्काऔँ , विकासका संरचनाहरु फोरौं ; धम्कीदेखि डराइ हाल्ने र भाषनी आश्वासनहरु पत्याइहाल्ने जनता बाँकी हुन्जेल अझै पनि "जनयुद्धको दर्दनाक नाटक मन्चन गरेर " धन-सम्पति लुटौँ , थोपारौं (आखिर मान्छे पैसो कै लागि बाँच्ने र मर्ने त हुन् नि !!!) ; सरकार ढालौं, चुनाव पर पर सारौँ , भएको संबिधान पनि मेटौं , जातीय दंगा र धार्मिक दंगा आरम्भ गरौँ ; बुताले भ्याएसम्म भ्रष्टाचार गरौँ , "राम्रो-राम्रो विचारोत्तेजक र "पठनीय / सोचनीय" सम्पादकीय एवं क्रान्तिकारी लेख,कविता लेखौं; विदेशी-शक्तिको चल्खेलमा जनताको आँखामा छारो हाल्दै महा-नायकको भूमिका खेलौं ..." - म यस्ता कुराहरु गरौँ भन्न सक्दिन |

देशको निर्माण र पुर्निर्माण कलह र लडाईको वतावारंमा सहज हुँदैन

सबैभन्दा पहिले चित्तसुद्धि गरेर निर्णय गरौँ :

म यो माटोमा जन्मेको हुँ , मलाइ देश चाहिन्छ
बाहिरकाले देश बनाउने हैनन् , हामी आफैले केहि गर्नु पर्छ आजै ,
जात मान्छेको हृदय र अनुहार हुन सक्दैन - त्यो प्राकृतिक विविधता मात्र हो - जसलाई घोचे पनि रगत आउँछ , उस्तै दुख्छ ...

*** *** ***

"जिससको भन्दा बर्बर क्रस" मा झुन्डिन किन नपरोस् ... , अंग्रेजविरुद्ध लड्दा पुर्खाले खाएको याँमानको गोला भन्दा स्यानु एटम-बम खान किन नपरोस् तर माफ गर्नुहोस् - मुट्ठीभरका केहि व्यक्ति वा गिरोहका कुत्सित स्वार्थसिद्धिका खातिर विश्व मानचित्रमा नेपाल नामेट पार्नेहरुको महा-अभियानको अभियन्ता बन्न र किम्कर्तव्यविमुढ मुकदर्शक रमिते बन्न म कहिल्यै पनि सक्दिन , हो देश लुट्ने, बेच्ने र जनता झुक्याउने, मार्ने कामकोलागि म "असक्षम" भए पनि आधारभूत सिर्जनात्मक कामहरु जरुर गर्न सक्ने हिम्मतको ज्वालामुखी छ मेरो हृदयमा ....

.... सोच्दा सोच्दै मेरो मानसपटलमा प्रकाशको पारदर्शक पर्दा खस्छ ...|