कविता
"मेरो देश र म"
दुविधाको संघारमा उभिएर
आफुलाइ नियाल्दै हेर्दा
देशको सीमारेखा नाघिबसेको क्षण देखि
मलाइ धिक्कार लाग्छ।।
देश भित्र
सहकर्मी दिदी-भाइ दाजु-बहिनीको
देश बनाउने अदम्य इच्छा र साहस देख्दा
म आफैलाइ गर्व लाग्छ।।
फेरि नियलेर हेर्छु,
देशभित्र जिउने जिजीवीषा बोकेका
च्यांउखुरे अनुहारहरु
जीवन जिउने अभिनयको क्रममा
पाइला पाइलामा ठक्कर खाँदै
सबैबाट तिरस्कृत हुंदा
मनभरी पीडा पाक्छ।।
तर पनि मेरो देश
प्रकृतिको सुन्दर वस्ती भित्रको
अलौकिक संसार भएकोमा
म आफै भित्र मोह जाग्छ
के गर्नु खोइ ?
देश बनाउने योद्दाहरुको
रगतमा भ्रष्टचार र ब्यभिचारको
जिवाणु सङ्क्रामण हुंदा
मेरो आत्मसम्मानमा चोट लाग्छ
हुन त देश भित्र उम्रिएका
विकास र शान्ति जगाउन खोज्ने
कर्मयोगी सपूतहरुलाई
सम्मान गरुँ जस्तो लाग्छ।।
तैपनि हरेक जायज कामको लागि
जहाँसुकै दक्षिणा चढाउनु पर्दा
राष्ट्र सेवकको फुली देखि
मलाइ घृणा लाग्छ।।
शान्तिभीरु, धर्मभीरु अनि कर्मभीरु
मेरा श्रष्टाहरुप्रति
गौरवमय सम्मान दिउँजस्तो लाग्छ ।।
तर चाप्लुसी र आफन्तको
फरिया र टोपी लगाएर
योग्यता र कुशलतालाई
धज्जी उडाउदै सीमा कटाउने
पाखण्डी हरुको हालीमुहाली देखि
मलाइ दिक्क लाग्छ।।
जे जस्तो भएपनि
मेरो यो अस्तित्वलाई
विगतबाट वर्तमानमा साकार बनाइदिने
मेरो यो देश र माटोको
मलाई माया लाग्छ ।।
- मोहनकृष्ण श्रेष्ठ
भ्यानकुभर, क्यानाडा