कविता
"सकेत-ध्वनि"
इशारा गर्दागर्दै ध्वनिले, बितिरहेछ दसौं दिन
म तिमीलाई पर्शिन्स्काया सडकमा कुर्दैछु।
र फेरि म पूर्णिमाको अन्तमा पनि कुर्नेछु ।
संकेत गर्ने ध्वनि यतै कतै छ ।
शृष्टिको केन्द्रद्वारमा अवतरण गर
तिमी किन मलाई लुक्दै हेरिरहेछौ ?
संकेत गर्ने यो आवाज अझ ठूलो होस्
मेरो गल्ती पनि यातनाभन्दा ठूलो छ।
र मेरो जस्तै, कसको कानमा प्रेम दर्शाउँछौ ?
पूर्णिमाले त मलाई क्षमा गर्छ
तर मलाई संकेत गर्ने कुनै आवाज छैन।
मेरो निम्ति कुनै आवाज छैन। किन उ पहिले आयो ?
म मेरो चन्द्रमा चाँहि कसैसँग बाँडदिन,
हो उसले अरु कसैलाइ माया गर्ने छैन।
जीवनले अचानक चाल पायो कि ऊ पहिले नै मरिसकेको छ
ए संकेत-ध्वनि ! म आत्मसमर्पण गर्दछु
खेल्दा खेल्दै तिम्रो संसारिक अनुपस्थितिसँग
ए संकेत-ध्वनि, मलाई माफ गर !
- बेल्ला अख्मादुलिना
मस्को, रसिया
(रुसी भाषाबाट नेपालीमा अनुवाद: मधु माधुर्य)