साप्ताहिक सिर्जना (अंक-२१) : गजल: मिसु श्रेष्ठ

गजल

उकालीमा चिसाे , पँधेरीकाे, पानी याद आयाे ।
डाेकाे बाेकी जङ्गल जाने, ती सानी याद आयाे ।

गाउँघर , हरा र भरा , हिमालकाे फेदमा ।
झाेला च्यापि स्कुल जाने बाबु , नानी याद आयाे।

चाैतारीमा वर पिपल , कत्ति शितल आहा!
पहाडी वयकी रुपकी, ती रानी याद आयाे ।

बिहान देखि मेलापातमा , भाेकाए नि आफू
पाेल्टाकाे मकै बाँडी हिड्ने , ती दानी याद आयाे ।

मन खाेली, हित बाँड्ने , साथ हात दिने राम्रो ।
स्वच्छ मुस्कानमा बाेल्ने त्यो बानी याद आयाे।

उस्तै छ कि माटाे ,बाटो, छहरा, कन्दरा , बस्ती?
मनमा बस्ने हितैषी, मायाको खानी याद आयाे ।

-- मिसु श्रेष्ठ
काठमाडौँ, नेपाल