साप्ताहिक सिर्जना (अंक-२१) : कविता "नयाँ युग"- डा. मन मुर्ति भुर्तेल

कविता
"नयाँ युग"

हरेक क्रान्ति पछि,
नयाँ युग
हरेक क्रान्तिपछि,
पुराना प्रतिमा / सालिकहरु ढालिन्छन्,
पराई इतिहास च्यातिन्छन्, फालिन्छन्
नयाँ शासकका वीरगाथाका पानाहरु टासिन्छन्
नयाँ नाटक देखाइन्छन्, नयाँ गीत गाइन्छन्,
क्रान्तिकारीका विशालतम तस्बिर टागिन्छन्
नयाँ सालिक ठडिन्छन्

अनि केहि नयाँ केहि पुराना आस्था, सिद्धान्त र विचार घोली
जनतामा नयाँ उत्साह, उमङ्ग र आशाका ढोल बजाइन्छन्

नयाँ घरमा नयाँ आधार, नयाँ भित्ताहरु थप्नु छ
माटोका असंख्य डल्लाहरु, दुई चार खोला पसिना,
अलिकति रगत र अलिकति प्राण चाहिएको छ
प्राण आकाशिदै जान्छ, उज्यालो फुट्दै जान्छ,
माथि म संगै भोलि को घाम उभिनेछ
रुमल्लिएका उद्देश्यहरु प्रष्टिनेछन्
स्नेहका कोपिलाहरु फ़क्रिनेछन्

जुनकिरीले चम्किएको अनुहार जुन देखि फिस्स हास्छ ,
सुर्य एक निद्रा सुती समुद्री छालमा चोपलिदै युग फ़ेर्छ

-डा. मन मुर्ति भुर्तेल,
मास्को (रसिया)