Interview_Dr.Kavitaram

साहित्यिक क्षेत्रततर्फ आजभोलि के गरिरहनु भएको छ ?

आरुना लेखकश्वको रकमबाट खडा गरेको अक्षयकोषको व्याजबाट हरेक वर्ष दिनुपर्ने एउटा अस्वीकृत विचार साहित्य पुरस्कार र बालसाहित्य सम्बन्धी एउटा बालसाहित्य प्रवद्र्धन सम्मान, एउटा बालसाहित्य प्रवद्र्धन कदरपत्र र एउटा बालसाहित्य प्रतिभा पुरस्कार यो वर्ष दिनपर्ने थियो । गत हप्ता यो काम सिद्धियो । अब अमेरिका फर्कने तरखरमा छु । त्यतिञ्जेल पहिले तयार भएका पुस्तकहरुलाई अन्तिम रुप दिँदैछु ।

नेपालमा साहित्यिक गतिविधि कसरी अघि बढिरहेको पाउनुभएको छ ?

अहिले देशको स्थिति नै गडबडमय छ । त्यसको असर साहित्यमा पनि परेको छ ।
तपाईको विचारमा समग्र नेपाली साहित्यको विकासक्रम अहिले कस्तो अवस्थामा होला ?
समाजमा भएका घटना दुर्घटना वा राम्रा नराम्रा कुराको प्रभाव साहित्यमा पर्छ नै । अहिले अन्तरक्रिया, गोष्ठी आदि साहित्यिक गतिविधि जिल्लाजिल्लामा हुन सकिरहेका छैनन् । धेरै जिल्लाहरुमा जानसक्ने अवस्था नै छैन । त्यसकारण विकासक्रम एक किसिमले रोकिएको छ । अहिले लेख्नेहरु पनि देशकै स्थितिका विषयमा अल्झेर लेखिरहेका छन् । ती अग्रगामी छैनन् । साहित्यले जुन रुपमा विकास पाउनुपर्ने हो, त्यसमा देशको स्थितिले अवरोध पुरुयाएको छ ।

नेपाली साहित्यमा पनि विभिन्न धार, वाद र अभियानहरु छन् यसलाई तपाईले कसरी लिनुभएको छ ?

सत्तामा राज गरिरहेका जीर्ण मान्यताहरुको परिवर्तनको लागि धार र वादहरु आउँछन् र आउन दिनुपर्छ । त्यो विकास वा परिवर्तनको बिहानीको सूचक हो । म त्यसको विरोधी होइन ।

नयाँको नाममा बाहिरबाट आयात गरिएका धार र बादहरुले हाम्रो मौलिकता त बिगार्दैन ?

त्यसलाई पनि हामीले सकारात्मक ढंगले लिनुपर्छ । बाहिरबाट आयात गर्दा पनि समाजमा फिट नहुने कुराहरु रहन सक्दैन । अन्तरिक्षयुगलाई नेपालमा ल्याउन खोज्दा त्यो सोचले मेल खाला र ? जसको पूर्वाधार यहाँ पहिलेदेखि नै खडा छ त्यस्तैले मात्र ठाउँ पाउँछ । फिट नहुने कुरा स्वाभाविक ढंगमा बाहिरै पर्छन् । घरभित्र नअट्ने कुरा छिराउन खोज्दैमा सम्भव हुन्न नै । अर्को कुरा, आरुनो मौलिकता वा परम्पराको नाममा जीर्ण रहेका निकम्मा मूल्यहरुको संरक्षणको पक्षमा म छैन । गोरु गाडाको प्रयोग हाम्रो मौलिकता मानेर मोटरको प्रयोगलाई स्थान नदिने हो भने हामी कुन युगमा हुने छौँ ? यस्तोमा गोरुगाडालाई बलात् विस्थापित गर्नैपर्छ । असम्भवै छ भने पनि क्षमता छैन भने पनि चाहिँदो कुरालाई जोड दिनैपर्छ । कच्चापदार्थ देशी वा विदेशी हुँदैनन् । आयात गरिएका धार र बादहरुले हाम्रो मौलिकता बिगार्दैन ।

तपाईले पनि अस्वीकृत अभियान चलाउनुभयो, यसबारेमा संक्षेपमा बताइदिनुस् न ?

अस्वीकृत आन्दोलन भनेको सत्तामा रहेका जीर्ण मूल्यमान्यताहरुको परिवर्तन र उपयोगी मान्यताको स्थापनाको लागि एउटा संघर्ष हो । मूल्यमान्यताहरुमा परिवर्तन आयो भने सत्तामा बसेकाहरुका खाइपाइआएका सुविधाहरुमा हनन् हुन जान्छ, त्यसैले तिनका पक्षपोषकहरुले परिवर्तन चाहँदैनन् र परिवर्तन चाहनेहरुको दमन गर्छ । अस्वीकृत अभियान पंचायतीकालको चरम अवस्थामा सुरु भएको थियो । ऊबेला आफूले चाहेअनुसार बोल्न लेख्न पाइँदैन थियो । पूर्णतः बन्द समाज थियो त्यो । नयाँ कुरामा वर्जना थियो । आरुनो मौलिकता, परम्परा, संस्कृति र तथाकथित राष्टूवादिताको नाम भजाएर खाने सामन्तवादीहरुको युग थियो त्यो । तर संसारले वैज्ञानिक युगमा फड्को मारिसक्दा मुट्ठीभर सामन्तवादीहरुको स्वार्थपूर्ण ढोँगी राष्टूवादको नाममा युग जहाँकोतहीँ रहन सक्ने स्थिति थिएन । हामीले विद्रोह गरेका हौँ । त्यो विद्रोह हकअधिकारको लागि पनि भएकाले राजनीतिक प्रतित हुन्थे । तर त्यो वृहत्तर साँस्कृतिक पविर्तनको लागि थियो । पुरातन जीर्ण मान्यताका वाहकबाट हामी अस्वीकृत थियौँ । हामी अस्वीकृत जमातले उनै हामीलाई अस्वीकार गर्ने युग र उनका अस्वीकृतिलाई नै अस्वीकार गर्ने आन्दोलन गरुयौँ । त्यसैलाई हामीले अस्वीकृत आदोलन भन्यौँ ।

तपाईले सत्ताको कुरा गर्नुभयो, अस्वीकृत अभियानले सत्तालाई निषेध गर्न खोजेको हो ?

सत्तालाई निषेध होइन । सत्तामा पुगेर ढीड हुडखोज्ने मूल्यहरुको निषेध हो । एउटै मूल्य र मान्यतालाई मान्यता दिइरहने हो त्यहाँ हामीले परिवर्तनका चाहना गरेनौँ । सत्ता स्वयं केही होइन । त्यो खराब हुन्न । त्यहाँ जो पनि जान सक्छ । सत्तामा पुग्ने मान्यताहरु खराव हुनसक्छन् । जीर्ण र अनुपयोगी हुनसक्छन् । त्यसैको निषेधको कुरा गरेको हुँ ।
अस्वीकृत आन्दोलनको आवश्यकताबोध तपाईमा कतिबेला भयो ?
२७रु२८ सालतिर २३रु२४ वर्षको केही नयाँ गरौ भन्ने उमेरमा म जाग्रत भएँ । मजस्ता धेरै सर्जक साथीहरु पनि यसमा समावेश थिए । पढ्दै थियौँ जागिर पनि खोज्दै थियौं । जीवनयापन गर्न कुनै न कुनै स्रोत साधनको अवश्यकता थियो । तर विद्रोही स्वर निकाल्ने हामीलाई अस्वीकृति मात्र थियो । हामी एउटा अस्वीकृत वर्गमा वलात जाकिएका थियौँ । हामीमा त्यसैबेला आरुनो वर्गको साहित्य लेख्नपर्ने आवश्यकताबोध भयो । हामी अरु उग्रतासाथ पुरातन मूल्य र मान्यताहरुविरुद्ध उठ्यौँ ।

नेपाली साहित्यमा अरु पनि धेरै खालका आन्दोलनहरु भए, तिनीहरुसँग अस्वीकृत जमातको कस्तो सम्बन्ध छ ?

ती साथीहरुले आरुनो समूह, आरुनो समाजभन्दा अलगलाई एक किसिमले अस्वीकार नै गरे । हामीले चाहिँ परिवर्तनको बाहकहरु सबै हाम्रा साथी मान्यौ । जसले यथास्थितिमाथि विद्रोह गरुयो, जति पनि विद्रोही आवाजहरु निस्के ती सबै सिर्जनात्मक थिए भने हामीले अस्वीकृत जमातको आवाज मान्यौँ । हाम्रा जमातभित्र उनीहरुले माने पनि नमाने पनि हाम्रो परिभाषामा सबै पर्थे र पर्छन् ।

अन्य आन्दोलनभन्दा अस्वीकृत आन्दोलनको विशेषता के हो ? र यसको मौलिक मान्यता र दार्शनिक धरातल के हो ?

अन्य आन्दोलन मूख्य साहित्यिक संघर्षमा सीमित थिए भने यो वृहत्तर रुपमा सामाजिक र साँस्कृतिक परिवर्तनको संघर्ष हो । कलात्मक ढंगले भाषामा प्रस्तुत हुँदा हाम्रा आन्दोलनको विषय साहित्य बन्नपुग्छ । हामी हारेका पिसिएका तल्ला वर्गको साहित्य रचना गर्छौ । विधा वा तिनका परिभाषाको परिधीहरुभित्र हामी बाधिन्नौँ । पानी झैँ तरल भएर स्वाभाविक धरातलमा हाम्रा साहित्य बग्छन् । यसलाई मैले स्वभाववाद भन्ने गरेको छु ।

तपाई त राजनीतिज्ञ पनि, अस्वीकृत मान्यतामा बढी राजनीति छ भनिन्छ नि ?

जीवन राजनीतिसँग सम्बद्ध छ नै । त्यसैले अस्वीकृत साहित्य पनि यसबाट अछुत रहन सक्दैन । होइन भने कुनै राजनीतिक दल अन्तर्गत यो आन्दोलन छैन । बहुसंख्यक जनता अस्वीकृत छन् र उनका पक्षपोषण गर्दा राजनीतिक जस्तो सुनिने हो । यसले तल्लो वर्गको संघर्ष गर्दछ त्यसै मानेमा यो वर्गीय संघर्ष हो । यसमा वर्गीय राजनीति छ तर साहित्यको कलात्मक दायराभित्र ।

साहित्यलाई राजनीतिसँग जोड्यो भने नारावादी हुन्छ भन्छन् नि ? तपाई के भन्नु हुन्छ ?

कलात्मकता छैन र कोरा राजनीति बढी गरियो भने नारावादी हुन्छ ।

अहिले के छ ?

त्यस्ताहरु पनि छन् । राजनीतिक पार्टीहरुको साँस्कृतिक या साहित्यिक विभागहरुले यस्तो साहित्यको पक्षपोषण गर्छ । कोरा राजनीतिक लाग्ने साहित्यको सृजना पनि भइरहेछ । म भन्छु राजनीति र भाषण नै गर्नु छ भने राजनीति नै गर्ने नि, किन कथा वा कविता लेखिराख्ने ?

अस्वीकृत आन्दोलनको विकासक्रम अहिले कहाँ पुगेको छ ?

अस्वीकृत जमात शोषित र शासित रहेका बहुसंख्यकहरुको जमात हो । व्यक्तिव्यक्तिमा पहिचान खोज्ने हो भने बिल्ला लगाएर उभिएको मलाई मात्र देख्नु हुनेछ । होइन भने विद्रोहको साहित्य त कहिल्यै सिद्धिदैन । समस्त तल्लोवर्गको पक्षपोषण गरेर परिवर्तनकामी साहित्य लेख्ने जमात सबै अस्वीकृत जमातभित्र पर्दछन् । उनीहरुले माने पनि नमाने पनि मेरो हिसावमा उनीहरु अस्वीकृत जमातभित्रकै हुन् । परिवर्तनको चाहना कुनैपनि युगमा कमी हुन्न । जति विकास भयो उती यो चाहना बढेर जान्छ । अहिलो यो पहिले भन्दा बढ्दो क्रममा छ ।

जुन उद्देश्य र समयमा तपाईहरुले यो अभियान थाल्नुभयो, त्यसले चाहेको परिवर्तन त आयो नि, के उपलव्धी हात परुयो त ?

अस्वीकृत आन्दोलन शास्वत आन्दोलन हो । विद्रोहीहरुले शासनसत्ता हासिल गरेर आरुनो मूल्य र मान्यता स्थापना गर्दैमा थप परिवर्तनको चाहनाको अन्त्य हुन्छ भन्ने छैन । त्यहाँ अरु चाहनाहरु विकसित हुन लाग्छन् र अर्को विद्रोहको सुरुवात हुन्छ । फेरि अघि भनेकै प्रकृयामा स्वीकृति र अस्वीकृतिका वर्गीय संघर्ष सुरु हुन्छ । यो प्रक्रिया युगौयुगदेखि चलिआएको छ र युगौयुगसम्म चलिरहने छ । हामीले गरेका संघर्षले ०४६ सालमा आएर केही उपलव्धी हात परुयो । तर अस्वीकृत जमात एउटा उपलव्धीबाट रोकिन्न । मान्छेजाति रहेसम्म यो प्रकृया रोकिन्न ।

यसको अर्थ यो आन्दोलनको कुनै मुर्त वा ठोस रुप हुँदैन ?

यो सीमित घोषणापत्रको दायरामा कटिबद्ध दलगत राजनीतिक आन्दोलन होइन, जो सत्तामा पुगेपछि अन्त्य हुन्छ । राजनीतिक आन्दोलन सत्तामा विराजमान हुने वित्तिकै सकिन्छ र तपाईले भनेझैँ त्यसका सोँचहरुले मूर्त रुप लिएको देखिन्छ । तर साहित्यिक आन्दोलन त्यसैमा अल्झेर यथास्थितिमा सत्ताको पक्षपोषण गरेर रहन सक्ँदैन । त्यसरी अल्झने साहित्यलाई हामी भाटसाहित्य भन्छौँ । परिवर्तनकामी साहित्य त्यसरी अल्झदैन । फेरि यो आन्दोलन नयाँ सोँच र मान्यता वा थप परिवर्तनको लागि संघर्षरत हुन्छ । सर्पले काँचुली फेरेझैँ हो यो । त्यसरी सँधै प्रतिपक्षको आवाज बोक्ने अस्वीकृत साहित्य तपाईले भने झैँ कहिल्यै मूर्त रुप नलिने आन्दोलन हो कि भन्ने लाग्छ तर सर्पको काँचुली फेराईमा तपाईँ मूर्तता देख्नुहुन्छ कि हुन्न ? त्यस्तै हो यो । नयाँ स्वरुप लिएको अवश्यै मूर्त रुपमा देखिन्छ र त्यसलाई पनि फेर्ने प्रकृयाको थालनी अर्थात संघर्ष तत्क्षणैबाट शुरुहुन्छ भने बुझन सकिन्छ । यसको ठोस वा मूर्तरुप नै संघर्ष हो । संघर्षमा यो छैन भने यो अस्वीकृत साहित्य हुनै सक्दैन ।

यसरी बुझ्दा कसो होला, यो बन्बमा आधारित आन्दोलन हो, यो अन्त्यहीन छ ?

हो । प्रगतिका लागि बन्बमा आाधरित भनेर बुझ्न सकिन्छ । प्रगतिको चाहना अनन्त छ त्यसैले यो तपाईले भनेझैँ अनन्त र अन्त्यहीन छ ।

तपाई त दलीय राजनीतिमा पनि संलग्न हुनुहुन्थ्यो नि अहिले के छ ?

दुइवर्षअघिसम्म एउटा बाम राजनीतिक दलमा सकृय थिएँ । अब कुनै सीमित घोषणापत्र भित्र अट्न नसक्ने भएको छु ।

अलिकति प्रसंग बदलौं, विज्ञान साहित्य लेखनमा तपाई निकै अगाडि हुनुहुन्छ, नेपाली साहित्यमा विज्ञान साहित्यको वर्तमान अवस्थाबारे केही बताइदिनोस् न ?

नेपालमा विज्ञान साहित्यको स्थिति धेरै नाजुक छ । पाठक छन् तर सर्जक छैनन् । यस्तो साहित्य सजृनाको लागि सर्जकमा त्यस्तै पृष्ठभूमि र अध्ययन हुनुपर्छ त्यसको कमी छ । आज नेपाली साहित्यको जुन मूल्य सत्तामा छ त्यो पूर्णतः पुरातनवादी छ । जहाँबाट साहित्यको तालिम सुरु हुन्छ जहाँबाट साहित्यिकहरु उत्पादित हुन्छन् त्यो ठाउँमै हज्जारौँ वर्ष पुरानो संस्कृत साहित्यको राज्य छ । अतः विज्ञान साहित्य सृजनाको लागि अझै पूर्वाधारहरु बन्न सकेको छैन । केही समय लाग्छ ।

के त्यसलाई पूर्ण रुपमा अस्वीकृत गर्न सकिन्छ र ?

कैयू सकारात्मक मूल्यहरु त्यहाँ छन् नै त्यस्ता मूल्यहरुले यथास्थान पाउन सक्छ ।

विज्ञान साहित्यको विकासका लागि के गर्नु जरुरी ठान्नु हुन्छ ?

विज्ञान भनेको वस्तुगत अध्ययनको परिपाटी हो । कुनैपनि कुरालाई शास्त्रले भनेको हो भनेर यथा नलिई वस्तुगत अध्ययन वा परिक्षणको दायराभित्र आउन सक्ने अर्थात हेरेर, सुनेर, गन्धले स्वादले अनुभूत नहुने विषयवस्तुलाई विद्यालयका हरस्तरका पाठयक्रमहरुबाट हटाउन पर्छ । नयाँ वस्तुगत संस्कृतिको पक्षपोषक विषयवस्तुलाई ठाउँ दिनपर्छ ।

विज्ञान साहित्यलाई पनि तपाईले बालसाहित्यसँग जोड्नु भएको छ । यसको कारण केही छन् कि ?

पाकिसकेको दिमागमा नयाँ कुरा छिराउन गाह्रो हुन्छ । घैंटो बनिसकेपछि त्यसलाई फेरि हाँडी बनाउन सकिन्न । त्यो काँचो माटैमा बनाउन पर्ने हुन्छ । भोलिको युग त आजको बालबालिकाको हातमा छ, उनीहरुलाई यो कुरा दिन सकियो भने भोली को युग फरक हुनेछ भनेर बालसाहित्यमा जोड दिको हुँ ।

विज्ञान साहित्य र अस्वीकृत आन्दोलनबीच कस्तो सम्बन्ध छ ?

अस्वीकृत आन्दोलन भनेको यही विज्ञानसम्मत वस्तुगत सोच अघि बढाउने आन्दोलन हो ।

नेपालमा बालसाहित्यको अवस्था कस्तो छ र यसका समस्याहरु के हुन् ?

प्रौढ साहित्यको भन्दा यो राम्रो र उर्वर छ । पाठकहरु छन् । सर्जकहरु पनि बढ्दैछन् । समस्या भनेको बालकहरुको लागि उचित खुराक तयार नहुनु रहेको छ । सर्जकहरु भन्दा बालपाठकहरु सोचमा आधुनिकताको हिसावले अगाडि छन् । त्यसैले सबै सर्जकहरु बजारमा खरा उत्रन सकेका छैनन् । बालकहरु बुझ्दैनन् जस्तो लेखेपनि हुन्छ भन्ने सोँच हावी छन् सर्जकहरु माझ । त्यसैले त्यस्ता सर्जकहरु अस्वीकृत छन् आजका विज्ञानका छायाँमुनि पालिएका बालपाठकहरुबाट ।

तपाई कथा, उपन्यासदेखि चलचित्र निर्माणरुनिर्देशनसम्म गर्नुहुन्छ, तपाई आफूलाई पाठकीय चेतनामा कसरी बास गर्न चाहनुहुन्छ ?

नयाँ विज्ञानसम्मत परिवर्तनकामी कुराहरु दिएर ।

नेपालमा समालोचनाको स्थिति कस्तो अवस्थामा पाउनुभएको छ ?

धेरै कम समालोचकहरु आजको युग सुहाउँदो सोँचका बाहक छन् । संस्कृत साहित्यको सुत्रहरुलाई कसी बनाउने विश्वविद्यालयका उत्पादित समालोचकहरु त्यसमा हावी छन् । नयाँ युगका नयाँ सोँचका विज्ञानसम्मत कृतिहरुका पनि उनीहरु त्यही कसीबाट जाँचेर समालोचना गर्छन् । हाँस्यास्पद स्थिति यो छ कि बाबुबराजेका मानापाथीले यस युगका अणुपरमाणुको नपना भइरहेको आभास हुन्छ ।

अन्तर्राष्टिूयस्तरमा नेपाली साहित्यको अवस्था कस्तो पाउनुभएको छ ? नेपाली साहित्य अन्तर्राष्टिूस्तरमा स्थापित हुन नसक्नुको कारण के होला ?

विकासक्रम देशको स्थितिले धेरै पहिलेनै ठप्प छ । संस्थागत प्रयास छैन । भएपनि साधनहरु चारण र भाटहरुकै हातमा भइरहने हुँदा त्यस्तै सहित्यको प्रतिनिधित्व भइरहेछ । आधुनिक सहित्यका वाहक अस्वीकृत साहित्य अस्वीकृत नै भइरहने हुँदा नयाँ कुराहरु अन्तरराटिष्ूय स्तरमा जान सकिरहेको छैन ।

यसका लागि के गर्नुपर्छ भन्ने यहाँको विचार छ ?

तपाईहरु जे गर्दै हुनुहुन्छ त्यसमा टेवा पुग्दछ । तपाईहरु जस्ता बाहिर बस्ने साहित्यसेवीहरुले सक्दो नयाँ मूल्य र मान्यताका बाहक साहित्यहरुलाई इलेक्टूोनिक मिडियाबाट प्रसार गर्नुपर्छ ।

देशको वर्तमान अवस्थालाई तपाईले कसरी हेर्नुभएको छ ?

गाह्रो स्थिति छ । गरिखाने स्थिति छैन । गाउँका बहुसंख्यक भूगोल जनतामा माओवादीको राज छ । त्यता बन्दुककै भरमा नयाँ संस्कृतिको विकास हुँदैछ । सीमित शहर र सैनिक व्यारेकमा राजाको राज छ । यता पुरानै सामन्तवादी संस्कारले बन्दुकको भरमा टाउको उठाउदै छ । यहाँ नै सडकमा अन्य राजनीतिक दलहरु बाटोमा ख्याउँख्याउँ वेअर्थ चिच्याइरहेछन् । न उनीहरुसँग बन्दुक छ न जनता वा भूगोल नै । गाउँबाट विस्थापित भएपछि आरुनो अस्तित्व देखाउन शहरी सडकमा जुलुश गरेर वेअर्थ भुक्छन् । निकम्मा छन् । जनताले पत्याएका छैनन् । शहरका जनजीवनलाई सडक जाम गरेर अस्तव्यस्त गरिरहने हुँदा उल्टै उनीहरु नै जनताको लागि झिल्टो सावित हुँदै छन् । देशमा अब पचास साठी वर्षको लागि शान्ति हुने स्थिति छैन ।

देशको वर्तमान समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने लाग्छ ?

बल भएकाले पूरै देश चलाउनपर्छ । तर त्यो निर्णायक अवस्था आइसकेको छैन । दुइमा एक हारेपछि एउटाको सत्ता कायम हुन्छ र यो समस्याको केही समाधान हुने छ ।

नेपालबाहिर रहेर पनि धेरै स्रष्टाहरु नेपाली साहित्य सिर्जनामा व्यस्त हुनुहुन्छ उहाँहरुलाई के भन्न चाहनु हुन्छ ?

राम्रो गर्दै हुनुहुन्छ । सृर्जनशील विद्रोही साहित्यलाई सदा ठाउँ दिनुहोस् । नेपाली साहित्यको क्षेत्रमा भएका पुरातनतालाई धुन मद्दत पुग्ने छ ।

चलचित्रको प्रसंग आयो, नेपाली चलचित्र क्षेत्रको अवस्था कस्तो पाउनु भएको छ ?

हिन्दी चलचित्रको नक्कल अझै छ । तथापि अब हिन्दी चलचित्र मात्रै दर्शकहरुले रुचाउँछन् भन्ने अवस्था छैन । धेरै दृष्टिकोणले चलचित्र व्यवसाय नेपालमा अब स्थापित भइसकेको अवस्थामा छ ।

विगतमा तपाईले पनि केही चलचित्र बनाउनुभयो यसको कुनै कारण थियो कि ?

कलाक्षेत्र मेरो रुचीको विषय हो । नाच्ने गाउँने अभिनय गर्ने विधा मैले बच्चैदेखि साधना गरेको विषय परे । चलचित्रको सजिलो प्रविधि यता भित्रएपछि त्यता आकृष्ट भएँ । त्यसमा पनि साहित्यिक पाठकहरुको लागि जे विषय पस्कने गर्थँे त्यही विषय यसका दर्शकहरुको लागि पनि पस्कने मेरो अभीष्ट रह्यो । साहित्यको लक्षितसमूह धेरै मानेमा शिक्षित मात्र हुन्छन् भने चलचित्रमा अशिक्षितहरु पनि पर्छन् । बढी जनसमुदायमा पुग्ने रहरले पनि मैले यो क्षेत्रमा हात हालेथेँ ।
तपाईको विचारमा नेपाली चलचित्र कस्तो हुनुपर्छ र अहिले कस्तो बनिरहेको छ ।
वस्तुगत प्रस्तुति हुन्न । हिन्दी चलचित्रको फर्मूला अझै प्रयोगमा छन् । जे होस् अहिले जनताले रुचाउने किसिमका फिल्महरु बन्ने दौरा भने सूरु भइसकेको छ ।

तपाई किन लेख्नु हुन्छ ?

मनको कुरा पोख्न । आफ्ना टार्गेट ग्रुपलाई सचेत गर्न ।

लेखनयात्रामा लाग्दाका कुनै प्रेरणादायी प्रसंगहरु छन् कि ?

केटाकेटी छँदा मेरो ओखलढुंगाको नेवारी ग्रामीण समुदायले मलाई केटी बनाएर नचाउँथे । त्यसवेला हिन्दी गीतलाई नेपालीमा अनुवाद गरी हामीलाई नचाउँथे । मलाई ९ वर्षको उमेरतिर नेपाली गीत चाहिँ किन हुन सक्दैन ? गाउँका मान्छेहरुले तत्काल गीत बनाएर जुवारी खेल्न सक्छन् भने बजारियाहरुले चाहिँ किन आफ्नै गीत बनाउन सक्दैनन् ? भन्ने लाग्यो एउटा विद्रोहकै रुपमा मैले आफैले गीत बनाएर हेरेँथेँ । त्यसरी म गीत रचनामा लागेँ । गुरुहरुले कविता लेखेका देखेँथेँ । त्यसरी नै गीत लेख्न सकिन्छ कि भन्ने पनि मलाई लाग्थ्यो । तर अझै म आफू स्पष्ट थिइनँ । म गलत हुनसक्छु भन्ने मलाई थियो नै तथापि लुकेरै पनि मैले गीत लेख्न छाडिन । २०१९ वा ०२० सालतिर ओखलढुंगामा भिमप्रसाद श्रेष्ठको नेत्रित्वमा कविता लेख्ने लहर आयो । म लुकेर गीत लेख्दै त थिएँ नै होमिएं यसैवखत कविता लेखनमा । यसपछि मेरो परिवारको वासाइ धरानमा सर्यो । त्यहाँको उर्वर साहित्यिक गतिविधिमा मेरो लेखन यात्रा मौलायो । त्यहाँ नै ०२१ सालतिर म रामबहादुरबाट कविताराम भएँ, स्कूलको कक्षामा धेरै रामबहादुर मध्ये एकमात्र कविता लेख्ने राम भएको कारणले । यसरी म साहित्यकार हुन पुगेँ । मैले भन्नपर्छ लेखनको लागि प्रेरणाको स्रोत मलाई वाल्यकालमा नचाउने मेरो नेवारी परम्परागत परिस्थिति थियो ।

यसरी लेखन क्षेत्रमा नलागेको भए तपाईको क्षेत्र कुन हुन्थ्यो होला ?

सायद लेखकदेखि म आज जे बाँकी छु त्यही हुन्थेँ । अर्थात केही हदसम्म राजनीतिकर्मी, धेरै हदसम्म सँस्कृतिकर्मी र भातखाने मेलोको लागि विदेशी सँस्थाको परामर्शदातृ ।

एउटा असल लेखकमा नभैनहुने गुण केके हुन् ?

अध्ययनशीलता, समवेदनशील, सृजनशीलता, समुदाय र पाठकहरुप्रति दायित्ववोध, अनवरत साधना, भाषाको प्रखरता, अभिव्यक्तिमा सटिकता र इमान्दारिता ।

तपाईको लेखनबाट पाठकले के पाउन् भन्ने ठान्नुहुन्छ ?

वस्तुगत र स्वाभाविक चिन्तनको विकास ।

तपाईको भोगाइमा जीवन के रहेछ भन्ने निष्कर्ष निकाल्नु भएको छ ?

मान्छे भएर जन्मने न मेरो योजना थियो न मेरा मातापिताले नै मलाई जानेर अवतरण गराएका हुन् । मातापिताका सुखमय यौनकृडाकै परिणतिमा यो जिन्दगी पाइएको छ । मान्ेछ भएर जन्मनु मेरो वशको कुरो थिएन । काकतालीमा पाइएको जीन्दगी हो यो । धन्नले पशुयोनीमा परिएन । कुकुर, विरालो, कीरा फटेंग्रा वा अन्य कुनैपनि चेतनाहीन पशुको योनीमा परिएन । मान्छे भएर जन्मन पाउँदा कस्तो लोगेको छ भन्दा पनि यो जुनी नपाएर गुहुको कीरा भएर जन्मन पेरको भए के हुन्थ्यो ? स्पष्ट छ त्यहाँ चेतना हुने थिएन र मलाई मान्छे हुनु नपाएकोमा दुख हुने थिएन । अतः एक हिसावले मान्छे हुन पाएको रमाइलै छ । त्यहाँ भन्दा बढी के भन्ने ? त्यसो भन्दा पनि यो एउटा हिपोक्रेसी मात्र हो म भन्छु । मान्छे हुन नपाएको भए मैले गुमाउनु पर्ने के थियो ? के छ ? हामी कसैलाई थाहा छैन । के चाहिँ थाहा छ भने जीवन पाए पछि यसलाई यसै त्याग्न सकिन्न । यसलाई धान्न अनेक दुःख झेल्न पर्छ अन्य प्राणीहरु सरह । थपमा मान्छे चेतनशील प्राणी भएकोले आफ्नो जुनीको सार्थकता खोज्न र सोही अुनुरुप सिमित साधनहरुको सजिलो उपयोगको लागि प्रतिस्पर्धामा उत्रनपर्दा मान्छेका जुनी झनै संघर्षमय छ । उनीहरुले भोग्न पर्ने घातप्रतिघात समान्य पशूहरुको भन्दा बढी जटिलका हुने गर्छन् । चेतनाको हिसावले जो सशक्त छ ऊ नै बाँच्दछ मान्छेको समुदायमा । तर कमजोरलाई पनि अनेक हण्डरबीच बाँच्ने मोह हुन्छ नै । जीवन मान्छेको होस् वा चेतनाशुन्य पशुमै किन नहोस् संघर्षमय छ । यस अर्थमा जीवन संघर्ष हो । तर चेतनशील मान्छेको लागि भने संघर्ष नै जीवन हो ।

विगत जीवनको समीक्षा कसरी गर्नुहुन्छ ?

जसोतसो मान्छे भएर बाच्ने प्रयत्नमा छु । चेतनाको प्रयोग आफ्नो हिसावले गर्दैछु । मान्छे भएको कारणले चेतनाको उपयोग गरेर बाँच्न पर्छ भन्ने मेरो सिद्धान्तको मैले उपयोग गरेको छु, भलै त्यो मेरो योग्यताअनुरुप सामान्य नै किन नहोस् ।

सिर्जनाबाहेक तपाईका खास(खास रुची के हुन् ?

सिर्जनाबाहेक अन्य रुची मेरा केही छैनन् । खानाको रुची, आरामको रुची आनन्द लिने आदि रुचीलाई मैले रुची भनेर समय दिने गरेको छैन । बाँच्नकालागि चाहिने कुराहरुलाई रुची भनेर गन्तिमा राख्न लागियो भने मान्छेको जुनीको उपयोग हामीले गरेनौँ भन्ने मलाई लाग्छ । खाने, आराम गर्ने सन्तान उत्पादन गर्ने र मर्ने मात्र हो भने मान्छे भएर जन्मेको कुनै सार्थकता भएन । त्यसैले मेरा रुचीहरु सृजनामै छन् भलै ती साहित्यक मात्र नहुन सक्छन् । ती रुचीका क्षेत्रहरु हुन्( संगीत, रंगमञ्च, अभिनय, चलचित्र, राजनीति, जनस्वास्थ्य, शिक्षा, पत्रकारिता, समाजशास्त्र, मानवशास्त्र । यीनैबाट मेरो पेट पालिएको छ । यीनैबाट मेरो परिचय समाजमा कायम छ । यीनैले मलाई मान्छे हुनुको सार्थकता दिएका छन् । त्यसैले मेरो रुची सदा मेरा यी अभिष्टलाई बढीमा बढी धारिलो गर्न, बढीमा बढी प्रभावशाली बनाउन, मलजल गर्नु रहेको छ । अतः सृजनाभन्दा पर मेरा रुची उनै सीर्जनालाई मलजल गर्ने अध्ययन र साधनामा केन्द्रित छन् ।

सिर्जना कर्मबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

म बढै महत्वकांक्षी मान्छे होइन । मेरा सपना हावादारी वा मैले नसक्ने हुने गर्दैनन् । सानासाना सपनाहरु बोक्छु र तिनलाई आफ्ना मेहनत र सहयोगीहरुका सहयोग जुटाएर साकार गर्ने गरेको छु । त्यसैले म मेरा विगत उपलव्धीहरुबाट सन्तुष्ट छु ।

तपाई खासगरी कुन समयमा लेख्नुहुन्छ ?

विहान र राती जव अन्य मान्छेहरुको चहलपहल मेरो नजीक हुन्न ।

नेपाली भएर जन्मन पाउंदा कस्तो लागेको छ ?

आफ्नो भूमिको कसलाई माया हुन्न । जुन माटोले शरीर दियो, जहाँको हावले प्राणवायु बन्यो, जहाँको पानीबाट रगत बन्दछ र जहाँको वातावरणले जीवनयापन दिन्छ त्यसता मूमिमा अभ्यस्त रहने जीव कसलाई आफ्नो भूमि प्यारो हुन्न । कीरा फट्ंग्रा र पशुहरुसमेत आफ्नो भूमिलाई माया गर्छन् । मान्छेजस्तो चेत भएको प्राणीको त झनै कुरा अलगै भयो । माच्छे भन्ने चेतनशील प्राणीले आफ्नो मुलुक बनाएका हुन्छन् । त्यसैबाट संसारमा परिचय बनाएका हुन्छन् । आमा लुते भए पनि आमा नै हुन्छ, रोगी भए पनि आमा नै । यो देश जेजस्तो छ आफ्नो देश हो । अरुको तुलनामा सानो होला पछाडि परेको होला गरीव होला अविकसित होला तथापि आफ्नै देश हो । माया छ अथाह माया छ । तथापि यो गर्वको विषय होइन । किनभने कूनैपनि भूमिमा जन्म लिनु कसैको वंशको कुरो होइन । त्यसैले नेपाली हुनुको पहिचान हुँदाहुँदै पनि यसमा दुःख पनि छैन र गर्व पनि छैन । मेरो वंशको कुरो थियो भने म आफ्नो जन्मको लागि सम्वृद्धशाली भूमिको चयन गर्थेँ अनि त तपाईको प्रश्न र मेरो जवाफै अलग हुन्थ्यो ।

तपाई रुनु भएको छ ? किन, कस्तो बेला ?

मान्छे रुन्छन् । चेतनाको कारण अरु प्राणीहरु भन्दा मान्छे बढी संवेदनशील हुन्छन् र रुन्छन् । संवेदनशीलता कमी हुने मान्छे कम रुन्छन् तर रुन्छन् । समवेदनशीलता देखाउन हामी लजाउँछौँ त्यसैले हामी हाम्रा रुन्चेपन पनि लुकाउँछौँ । तर मान्छे कम बेसी किन नहवस् रुन्छन् नै । म पनि रुन्छु । तर मैले देखेका धेरै संगी साथीहरुभन्दा म कम रुन्छु । मैले रोएको सितिमीति देखिन्न किनभने म भित्रभित्रै रुन्छु । देखिने भयो भने म लुकेर रुन्छु । अरु रोएको देख्दा पनि आँशु यसै आउन खोज्छ । यस्तो रुवाईको के गन्ति भयो र ती रुवाइ नै होइनन् । राम्रा र छुने खालका उपन्यास र धेरैजसो चलचित्र हेर्दा किलकिलो गाँठो पारेर म लुकाएर आँशु झार्छु ती अनगीन्ति छन् । तिनलाई म रुवाइ नै भन्दिनँ । ती सवै नै सुखद हुने गर्छन् । दुखद रुवाई यता ज्ञान पसिसकेको अवस्थामा रोएको एकैपल्ट मात्र छ । विदेशमा मेरो पासपोर्ट एउटा फटाहाले लिएर गयो र भीसा सकिसकेको अवस्थामा गैह्रकानुनी अवस्थामा रहनपर्ने त्रास र विचल्लीमा असहाय भएर रोएथेँ । अनि एउटा पश्चातापको रुवाई सँधै रुने गर्छु त्यो हो मेरो एउटा काखेभाईलाई झडापखाला लागेको अवस्थामा धामीका सल्लाहमा पानी नखुवाईकनै खंग्रंग सुकाएरै हामीले मार्यौँ । म सानै थिएँ तथापि सँधै यसको भागीदार म पनि हँु भन्ने मलाई लाग्छ । उसको पानीकोलागि संघर्ष सम्झँदा र हामीले पानी नदिने ज्यादतिहरु सम्झँदा अहिले पनी मलाइ रुन आउँछ ।

जीवनमा आंशुको के महत्व हुन सक्ला ?

आशुको प्रवाहको जीवशास्त्रीय महत्व छ । धुलो परेर निस्कने आशुूले धुलो निकाल्छ भने समवेदनशीलताबाट निस्कने आँशुले सुखद वा दुखद पीडालाई आंशुले प्खालेर निकाल्छ । मानसिक तुष मनभीत्रै रहीरह्यो भने मान्छेको मानसिकता स्वस्थ रहन्न । स्वस्थ मानसिकता भएको व्यक्ति धेरै सुखी हुन्छ । आँशुले मान्छेको मानसिक सन्तुलन कायम गर्नमा अहमभूमिका निर्वाह गर्ने हुँदा मान्छेको जीवनमा यसको ठूलो महत्त्व छ ।

साहित्य के हो ?

मान्छेजातीको समग्रतालाई अभिव्यक्त गर्ने, मान्छेलाई प्रगतितर्फ डोर्याउने, भाषागत कलात्मक सृजनशील अभिव्यक्ति हो ।

तपाईलाई मन पर्ने लेखक कविहरु को को हुन् ?

धेरै छन् । मनपर्ने भनेको आफ्नै नजीकका हुने गर्छन् । धेरै मानेमा नजीक पनि उनैका सृजनशीलताबाटै प्रभावित भएर होइन्छ । त्यसवाहेक विद्वताको कारणले पनि मन पराइन्छ । कोरा कथा कविता लेख्ने नवीनताको पहल नगर्नेहरुमलाई मन पर्दैन । उनीहरु साथी भने हुन सक्छन् ।
अलि पहिले नै मनपरेका लेखक वालकृष्ण सम थिए । तर राणाका विरासतलाई बोकेर नेपाली जनमानसमा नेपाल भाषा प्रकासिनि समिति मार्फत ०७ सालको परिवर्तन पछि पनि त्यही पुरातन सामन्तवादी संस्कारलाई निरन्तरित गर्ने उनको नियत यथावत भएको रहेछ र केही ज्ञान पसेपछि उनीप्रतिको आस्थामा कमी भयो । उनका लेखनबाट स्पष्ट हुन्छ उनी त्यस्ता रुढहरुबाट मुक्त थिए तर उनले राणाहरुबाट मुक्त भएको स्थितिमा पनि अध्यक्ष रहँदै त्यस्तै रुढीवादी शीक्षाको लागि निर्देशन र पहल गरे । आजसम्म पनि ह्राम्रा पाठ्यसामग्रीहरु त्यही नियतको ग्रासमा यथावत छन् । उनलाई उनको सीर्जनशीलतालाइृ मान्दा मान्दै वा मनपराउँदा पराउँदै पनि त्यो निकृष्ट नियतको कारण म उनीप्रति अति नै विक्षुव्ध छु ।

जीवनका कुनै एक सम्झनै नसकिने सुखद् र दुखद् घटना बताइदिनुस् न ?

जो अघाडि पर्यो ती नै मान्छेका लागि बढी सुखद वा दुखद घटना हुन्छन् । विर्सिसकेको कुराहरुमा मान्छेहरु सँधै रुमल्ली रहँदैनन् । यस्ता घटना धेरै हुनसक्छन् । तै पनि मैले सँधैजसो भन्ने गरेका मलाई प्रभाव परेका सम्झनामा आइरहने घटना भनेको चीनमा पुग्दा चीनको रातो झण्डा पहिलोपल्ट देख्दा भावविभोर भएको घटना थियो । त्यो झण्डा मेरो हिसावमा कुनै एक देशको जनताको मुक्त स्थितिको प्रतीक थियो । म धेरै दंग परेको थिएँ ।

लेख्ने बानी बसालेकोमा घमण्ड वा कुनै पछुतो छ ?

यो बानी नभएको भए म यो नै हुने थिइनँ । लेखन मेरो जीवन हो । यो नभएको भए म जीवित लाश सडकमा हल्लिरहेको हुने थिएँ । यस्तोमा पछुतो कसरी हुनु । त्यस्तै बाँच्ने संघर्षको पनि के घमण्ड गर्ने ? घमण्ड वा पछुतो कुनैपनि छैनन् ।

तपाईका लेखनका भावी योजनाहरु के छन् ?

अस्वीकृत मान्यतासम्बन्धी स्वीकृत यात्राका अस्वीकृत सन्दर्भहरु भन्ने निवन्धहरुको सँगालो प्रकाशित गर्ने, पहिले दिेखिनै तयार भएका पाँचसातवटा उपन्यासका पाण्डुलीपहरु छन् तीनलाई प्रकाशित गर्ने र बुद्ध सम्बन्धी ऐतिहासिक उपन्यास लेख्ने योजनाहरु छन् ।

र, अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

देश बाहिर रहेर पनि भाषा र साहित्यको सेवा पुर्याइरहनु भएको छ । त्यसमा पनि इलेक्ट्रोनिक मिडिया त झनै प्रभावशाली रह्यो नै । यहाँ भित्रकाहरु केहीलाई छाडेर विभिन्न डरत्रास, लोभलालच, पाखण्ड र जगीरे मनस्थितिहरुबाट ग्रसित छन् । उनीहरुबाट वस्तुगत साहित्यको विकास हुनु सम्भव छैन । यस्तै खुराकहरु पस्किरहेछन् नेपाली जनमानसमा । तपाईहरु त यस्ता विडम्बनाका सेपमा हुनुहुन्न । वस्तुगत साहित्यको विकासमा सहयोग पुर्याउँदै हुनुहुन्छ । यसमा अरु जोड दिँदै जानुहोस् । मेरो शुभकमना ।