A mystery of the word "Arab"

A mystery of the word "Arab" and it's relation to Hindus ( Research article in Nepali ): Praveen Adhikari

अरबलाई अरब किन भनियो ? हिन्दूहरु संग अरवको के सम्बद्ध छ ?
==========================================
किन भनियो अरब ? कसरी नाउ रह्यो अरब ? यसको जिज्ञासा नभएको मान्छे सायदै कोहि होला ! वास्ता नगर्नेलाई पनि सुनेपछि वास्ता गर्न मन लाग्छ !
भृगु ऋषिका नाति शुक्राचार्यको छोरोको नाउँ " और्व " हो ! ऐतिहासिक रुपमा अरव ऋषि और्वकै नाउँबाट राखिएको हो ! "हिस्ट्री अफ पर्शिया" का लेखक साइक्सले उल्लेख गर्दै भनेका छन् अरबको नाम और्व ऋषिको नाउबाट राखिएको हो र विकृत हुदै "अरब" हुन् पुगेको हो ! हाम्रा पौराणिक ग्रन्थहरु अनुसार यस भूखण्डको उत्तर-पश्चिम क्षेत्रलाई इलावर्त भनिन्थ्यो जहाँ दैत्य र दानव रहने गर्दथे ! यो ईलावर्तमा अहिलेको रुसको एशिया खण्डको दक्षिणी-पश्चिमी भूभाग र ईरानको पूर्वी भूभाग समेटिएको थियो ! आदित्यहरु(देवगण)को वासस्थान नेपालको उत्तर-पूर्वमा रहेको हिमालय क्षेत्र हो ! बेबीलोनको प्राचीन गुफाहरुमा भेटिएको पुरातात्त्विक बस्तुहरुमा र गुफाको भित्तामा भेटिएका चित्रहरुमा भगवान विष्णु र हिरण्यकशिपुको भाई हिरण्याक्ष संग युद्ध गरेको चित्र भेटिएको कुरा कुनै पनि हिन्दूले बिर्सिनु हुदैन !
त्यतिखेर अरब ठूलो व्यापारिक केन्द्रको रुपमा थियो ! यसैकारण देव, दानव र दैत्य बीच इलावर्तकै कारण त्यसको विभाजनको बिषयलाई लिएर १२ पल्ट 'देवासुर संग्राम' भएको थियो ! देवताहरुको राजा ईन्द्रले आफ्नी छोरी जयन्तिको बिहे शुक्राचार्य संग गर्नुको उद्द्येश्यनै शुक्राचार्यलाइ देउताको पक्षमा ल्याउनु थियो तर शुक्राचार्यले मानेनन् ! शुक्राचार्य जिद्धि स्वभावका भएका हुँदा विश्व बिजेता दैत्यराज बलिले शुक्राचार्यले भनेको नमान्दा दिक्क मानेर उनि आफ्नो नाती और्व ऋषिका समिप अरब आइ १० वर्ष बसेका थिए ! साइक्सले आफ्नो इतिहास ग्रन्थ "हिस्ट्री अफ पर्शिया" मा लेखेका छन् 'शुक्राचार्य लिव्ड टेन इयर्स इन अरब'! अरबमा शुक्राचार्यको धेरै सम्मान गरिएको थियो ! शुक्राचार्यलाई सम्मान गरिएको ठाउँ लाइनै अहिले 'काबा' भनिएको हो ! त्यो कावा 'काव्य शुक्र' (शुक्राचार्य , उनलाई कवि पनि भनिन्छ ) को सम्मानमा निर्माण गरिएको आराध्य देव शिवको मन्दिर हो जुन 'काव्य' नाम पछि विकृत भएर 'काबा' हुन् पुग्यो ! अरबी भाषामा 'शुक्र' को अर्थ 'ठूलो ' अर्थात 'जुम्मा' यसैकारण भनिएको हो र यसै दिनलाई अर्थात 'जुम्मा' (शुक्रवार) लाइ मुसलमानहरु पवित्र दिन मान्दछन !
"बृहस्पति देवानां पुरोहित आसीत्, उशना काव्योऽसुराणाम्"-जैमिनिय ब्रा.(०१ -१२५ )
अर्थात बृहस्पति देउताहरुका पुरोहित थिए र उशना काव्य (शुक्राचार्य) असुरहरुका पुरोहित थिए !
प्राचीन अरबी काव्य संग्रह गंथ 'सेअरूल-ओकुल' को २५७ औं पृष्ठमा हजरत मोहम्मद भन्दा २३०० वर्ष पहिले ईसा मसीह भन्दा १८०० वर्ष पूर्व जन्मिएका लबी-बिन-ए-अरव्तब-बिन-ए-तुरफाले आफ्नो प्रसिद्ध कवितामा हाम्रो भूमि र वेद प्रति सम्मान गरेको कविता हेरम -
"अया मुबारेकल अरज मुशैये नोंहा मिनार हिंदे।
व अरादकल्लाह मज्जोनज्जे जिकरतुन।१ ।
वह लवज्जलीयतुन ऐनाने सहबी अरवे अतुन जिकरा।
वहाजेही योनज्जेलुर्ररसूल मिनल हिंदतुन।२ ।
यकूलूनल्लाहः या अहलल अरज आलमीन फुल्लहुम।
फत्तेबेऊ जिकरतुल वेद हुक्कुन मालन योनज्वेलतुन।३ ।
वहोबा आलमुस्साम वल यजुरमिनल्लाहे तनजीलन।
फऐ नोमा या अरवीयो मुत्तवअन योवसीरीयोनजातुन।४ ।
जइसनैन हुमारिक अतर नासेहीन का-अ-खुबातुन।
व असनात अलाऊढ़न व होवा मश-ए-रतुन।५ ।"
अर्थात-(१ ) हे हिन्दूहरु बस्ने पूण्य भूमि (मिनार हिंदे) तिमी धन्य छौ , ईश्वरले आफ्नो ज्ञानको लागि तिमीलाई छानेको हो ! (२ ) ईश्वरको ज्ञान प्रकाश, जुन चार प्रकाश स्तम्भ समान भई सम्पूर्ण जगतलाई प्रकाशित गर्दछ , यो हिन्दूहरु बस्ने (हिंद तुन) भूमिमा ऋषिहरु चार किसिमले प्रकट भए ! (३ ) र परमात्मा ले यस संसारका मान्छेहरुलाई आज्ञा दिएर भने वेद, जो दिब्य ज्ञान हो , सोही अनुसार आचरण गर ।(४ ) वेद ज्ञानको भण्डार साम र यजुर हो , जसलाई ईश्वरले प्रदान गरे ! यसैले , हे मेरा भाइहरु वेद निर्दिष्ट कुराहरु तिमीहरु पनि स्वीकार यसले हामीलाइ मोक्षको मार्ग बताउद्छ !(५ ) र बाँकी दुई रिक्, अतर (ऋग्वेद, अथर्ववेद) ले हामीलाई भ्रातृत्वको शिक्षा दिन्छन , यसबाहेक जो इनका शरण पर्न आउछन ती कहिल्यै अन्धकारमा छिर्दैनन !
इस्लाम धर्मका प्रवर्तक मोहम्मद वैदिक परिवारमा हिन्दू स्वरुपमा जन्मिएका थिए ! उनले आफ्नो सम्बन्ध हिन्दू परिवारको पारीवारिक परम्परा र वंश परम्परा संग तोड़ने बिचारले आफुलाई पैगम्बर घोषित गर्ने निश्चय गरे , उनको यो निर्णयले उनको तत्कालिन संयुक्त हिन्दू परिवार छिन्न-भिन्न हुन् गयो र काबामा रहेको ठूलो शिवलिंग (संगे अस्वद) रक्षार्थ हुन् गएको युद्धमा पैगम्बर मोहम्मदका काका उमर-बिन-ए-हश्शाम मारिन पुगे ! उमर-बिन-ए-हश्शामलाई अरब मुलुकमा तथा केन्द्र काबा (मक्का) मा यती धेरै सम्मान दिइन्थ्यो कि सम्पूर्ण अरबी समाज, जो भगवान शिवका भक्त थिए एवं वेद तथा हिन्दू देवी-देवताहरुका अनन्य उपासक थिए , उक्त शिव लिंगलाई अबुल हाकम अर्थात " ज्ञान को पिता " भनेर पुकार्थे ! पछि मोहम्मदको नयाँ सम्प्रदायले शिवलाई ईर्ष्या बश अबुल जिहाल " अज्ञान को पिता " भन्न थाल्यो !
मोहम्मदले मक्कामा आक्रमण गर्दा , त्याँहा बृहस्पति, मंगल, अश्विनी कुमार, गरूड़, नृसिंह आदिका मूर्तिहरु थिए र एउटा मूर्ति तत्कालिन विश्वविजेता राजा बलिको पनि थियो ! उनि दानी भएकोले तत्कालिन समाजमा प्रसिद्धि पाएका थिए त्यसकारण उनको एउटा हात सुनको राखिएको थियो ! 'Holul' को नामले चिन्हिने यो मूर्ति त्याँहा इब्राहम र इस्माइल मूर्त्तिहरुको छेउमै राखिएको थियो ! मोहम्मदले ती सबै मूर्त्तिहरु फ़ोड्फ़ाड गरेर त्यहींको ईनारमा फ्यालिदिए ! त्यसमध्ये पनि भाचिएको शिवलिंगको एउटा टुक्रा आज पनि काबामा छदै छ ! त्यै शिवलिंगलाइ प्रत्येक मुश्लिम व्यक्तिले सम्मानपूर्वक हेर्दछ र हज गर्दा प्रत्येक मुसलमानले त्यो कालो शिवलिंगलाइ 'संगे अस्वद' भनी आदर सम्मानका साथ् म्वाइ खान्छ !
प्राचीन अरबीहरुले सिन्धलाइ सिन्ध नै भने पनि हिन्दूहरु बस्ने ठाउँलाई चाहि हिन्द भने ! यहि कुरालाइ हाम्रा तताकथित बोक्रे बिद्वानहरुले सिन्धुबाट हिन्दू भएको भनि प्रष्ट्याए ! सिन्धुबाट हिन्दू भएको भंनेकुरो हास्यास्पदमात्र होइन अबैज्ञानिक पनि छ किनभने इस्लाम धर्मका प्रवर्तक मोहम्मद जन्मिनु भन्दा २३०० वर्ष अघि सम्म अर्थात लगभग १९०० ईश्वी बर्ष पहिला अरबमा हिंदू शब्द जस्ताको त्यस्तै आजकै अर्थमा प्रयोग हुन्थ्यो ! अरब मुलुकको प्राचीन समृद्ध संस्कृति वैदिक थियो ! त्यस बेला ज्ञान-विज्ञान, कला-कौशल, धर्म-संस्कृति कोलागि तिनीहरुको पूर्व संगको सम्बन्ध प्रगाढ थियो !
अरबी काव्य संग्रह ग्रंथ ' सेअरूल-ओकुल' को २५३ औं पातोमा हजरत मोहम्मदको काका उमर-बिन-ए-हश्शामको कविता छ जसमा उनले हिन्दू शव्दको प्रयोग आदर र सम्मानका साथ् गरेका छन ! 'उमर-बिन-ए-हश्शाम' को कविता नयी दिल्ली स्थित श्री लक्ष्मीनारायण मन्दिर (बिड़ला मन्दिर) को वाटिकामा रहेको यज्ञशालाको रातो ढुङ्गामा यस प्रकार लेखिएको छ -
" कफविनक जिकरा मिन उलुमिन तब असेक ।
कलुवन अमातातुल हवा व तजक्करू ।१ ।
न तज खेरोहा उड़न एललवदए लिलवरा ।
वलुकएने जातल्लाहे औम असेरू ।२ ।
व अहालोलहा अजहू अरानीमन महादेव ओ ।
मनोजेल इलमुद्दीन मीनहुम व सयत्तरू ।३ ।
व सहबी वे याम फीम कामिल हिन्दे यौमन ।
व यकुलून न लातहजन फइन्नक तवज्जरू ।४ ।
मअस्सयरे अरव्लाकन हसनन कुल्लहूम ।
नजुमुन अजा अत सुम्मा गबुल हिन्दू ।५ ।
अर्थात् - (१ ) त्यस्तो मान्छे , जसले सारा जीवन पाप कर्म र अधर्म गर्दै बिताएको छ, काम- क्रोध गर्दै आफ्नो यौवन बिताएको छ ! (२ ) यदि उ पश्चाताप गरी अरुको भलो गर्ने उद्द्येश्यले फर्किन चाहान्छ भने त्यस अवस्थामा उसको कल्याण सम्भव छ ? (३ ) भन्दै द्विविधामा रहेको व्यक्तिले यदि अशल नियतले शिवजीको पूजा गर्दछ भने उसले धर्म-मार्ग अंगाल्दा उच्च भन्दा उच्च पद पाउन सक्तछ ! (४ ) हे प्रभु ! मलाई सम्पूर्ण जीवन दिन नसके पनि एक दिन मात्र भएपनि हिन्दू मुलुकमा बस्न देउ त्याँहा पुग्न पाए मेरो मान्छेको चोला धन्य हुनेछ ! (५ ) त्यहाँ पुग्न पाए सबै शुभ कर्म प्राप्ति गर्न सक्थे आदर्श गुरूजनहरुको (गबुल हिन्दू) सत्संग गर्न पाउथे !

=================================================================================
अरव भूमिमा सनातन हिन्दू धर्मको प्रभाव
==========================
मुसलमान समुदाय भन्छन कुरान ईश्वरीय वाणी हो ! हामी भन्छौं वेद ईश्वरीय वाणी हो ! हाम्रो ग्रन्थ अनुसार ईश्वरले मनुलाई पहिलो मानवको रुपमा शृष्टि गरे ! मनु र सतरूपालाइ संगै पठाए ! उनीहरु भन्छन अल्लाहले पहिला आदम र हौआ लाई पठाए ! आदम शब्द संस्कृत शब्द "आदि" बाट बनेको हो जसको अर्थ हो सबै भन्दा पहिले ! यस विश्वको पहिलो भाषा संस्कृत हो ! सबै भाषाको जननी संस्कृत हो !यस अर्थमा इनिहरुको आदि धर्म-ग्रंथ संस्कृतमा हुनु पर्थ्यो अरबी या फारसीमा हुनु हुदैनथ्यो !
केहि शब्द तुलनात्मक रुपमा हेरु
====================
अल्लाह शब्द संस्कृत शब्द अल्लाबाट बनेको हो ! जसको अर्थ हो देवी ! "अल्लोपनिषद". यसको प्रमाण हो ! चण्डी,भवानी,दुर्गा,अम्बा,पार्वती आदि देवीहरु अल्लाबाट सम्बोधित हुन्छन ! जसरी संस्कृतमा "या" शब्द प्रयोग गरिएको छ - जस्तो "या देवी सर्वभूतेषु....", "या वीणा वरदण्ड मण्डित करा ...." त्यसरी नै मुसलमानहरु पनि भन्दछन "या अल्लाह".... यसैबाट प्रमाणित हुन्छ कि यो अल्लाह शब्द पनि संस्कृत हो तर अर्थ चाहिं परिवर्तन गरिएको छ ! यस विश्वमा प्राचिन कालमा संस्कृतको बिकल्प थिएँन र सबैको धर्म एउटै थियो र त्यो थियो -वैदिक धर्म ! पछि छुट्टै मत औ पंथ बनाउन थालियो र त्यहि पन्थलाई धर्म प्रमाणित गर्न वैदिक सिद्धान्त भन्दा छुट्टै तर्क राखी मान्छेलाई भ्रममा पारी नयाँ धर्मको रुपमा प्रचार गरियो ! तर एउटा छोरोले बाबु भन्दा जतिसुकै आफुलाई पृथक देखाउन खोजे पनि उसले आफुलाई पृथक गर्न सक्दैन यदी त्यस छोराको डी.एन.ए. टेस्ट गरियो भने प्रमाणित भै हाल्छ ! त्यसकारण यतिका बर्ष सम्ममा पनि अरबिहरुमा परेको वैदिक संस्कृतिको प्रभाव लाखौँ कोशिश गरेपनि मेटिन सकेन !
भाषालाई अघि सारेर हेर्दा मुसलमानहरु हामी जस्तै प्राचिन आर्य र हिन्दू हुन् ! यी पनि इस्लाम हुनु भन्दा पहिले वैदिक संस्कृतिमा हुर्किएका थिए ! उदाहरणको रुपमा तिनको मक्का-मदीनालाइ लिउं ! मक्का संस्कृत शब्द मखः बाट बनेको हो जसको अर्थ हो अग्नि तथा मदीना मेदिनीबाट बनेको हो जसको अर्थ हो भूमि ! अब मक्का मदीनाको अर्थ यज्य भूमि भन्ने बुझिन्छ ! अब अर्को हेरुँ मुसलमानको चाड " ईद " शब्द संस्कृत शब्द "ईड" बाट बनेको हो जसको अर्थ हो पूजा ! " नबी " संस्कृतको " नभ " बाट बनेको हो त्यसकारण नभी अर्थात आकाशी व्यक्ति ! त्यस्तै पैगम्बर भनेको "प्र-गत-अम्बर" को अपभ्रंश हो जसको अर्थ हो आकाशबाट आएको व्यक्ति !
अब मुसलमानहरुको केहि रितिरीवाज तर्फ आँखा लाउँ जो पूर्णतः वैदिक संस्कृतिका उपज हुन् ! मुसलमानहरु बकरीद(बकर+ईद) मनाउछन ! बकर शब्द अरबीमा गाईलाई भनिन्छ ! अर्थात बकरीद भनेको गाई पूजा गर्ने दिन हो ! हिन्दूको उल्टो देखाउनुपर्ने कसम ख्वाइएका मुसलमान हरुले गाई काटेर खान थाले ! जसरी हिन्दूहरुले आफ्ना पितृहरुलाई श्रद्धा-पूर्वक अन्न-जल अर्पित गरी श्राद्ध गर्दछन त्यसरीनै मुसलमानहरु ईद-उल-फितर मनाउद्छन ! फितर शब्द पितर वा पितृबाट बनेको हो ! वैदिक समाज एकादशीलाई शुभ मान्दछन र धेरै जसो ब्रत बस्द्छन ! उनीहरु ग्यारहवीं शरीफ (पवित्र एघारौँ दिन) भन्दछन ! शिव-व्रत जसलाई उनीहरु शेबे-बरात भन्दछन रामध्यानलाई उनीहरु रमझान भन्दछन ! खोजी पसौं धेरै पाउछौं !
अरब सधैं बालुवाको भूमि थिएन ! अरबी घोडा धेरै प्रसिद्ध छ ! विस्वका धेरै मुलुकले घोडा यहींबाट किनेर लान्छन ! प्राचिन कालमा यसलाई "अर्ब-स्थान " अर्थात घोडाको देश पनि भनिन्थ्यो !अर्ब संस्कृत शब्द हो जसको अर्थ हो घोड़ा !
कुनै समयमा अरबमा हिन्दू संस्कृति मात्र थियो ! अरबको मुख्य र प्रधान मन्दिर काबा हो ! यो त्यै स्थान हो जहाँ भगवान विष्णुको एउटा पाइला टेकिएको थियो बाली संग जग्गा नाप्ता ! अहिले पनि यस मंदिरमा हिन्दू रिति थितिकै पालना हुँदै आएको छ ! मुसलमानहरु पनि कपाल काटी धोतिलाएर (नसिएको कपडालाई ) मन्दिर भित्र पस्द्छन ! काबाको प्रवेश-द्वारमा काँचको एउटा भव्य द्वीपसमूह राखिएको छ त्यसमाथि भगवत गीताको श्लोक अंकित छ भित्र पर्खालमा ठूलो यशोदा र बालक -कृष्णको चित्र अंकित छ जसलाई उनीहरु ईसा र उनकी आमा सम्झिन्छन ! भित्र गाइको घ्यूमा बत्ति बलीरहेको हुन्छ त्यो चलन सनातनी हिन्दूहरुकै हो !
यस लेखमा मैले आफ्नो ध्यान अरब भूमिमा केंद्रित गरेको थिएँ त्यसकारण अरबमा भएको वैदिक संस्कृतिको प्रमाण दिए ! यथार्थतः वैदिक संस्कृति सम्पूर्ण विश्वमा फैलिएको थियो !
प्रस्तोता : प्रवीण अधिकारी