कविता
"छोरी"
छाेरी बनिन् किन सधैँभरि पाहुना झैँ
हुन् फूल भाेलि दिनकी अहिले मुना झैँ ।
सत्यार्थ बुझ्न नसकी किन गर्नु हेला
काे हाँस्छ आउँछ भने पनि मृत्यु बेला ।।
छाेरी बिना महल शून्य हुनेछ सारा
लक्ष्मी भनूँ म कसरी अति शिष्ट प्यारा ।
पूजा गरे अति उँचाे पनि हुन्छ स्थान
मिल्नेछ आशिक सबै दिन राख ध्यान ।।
शाेभा प्रवाह घरकी प्रियदेश मान
अस्तित्व संस्कृति कला छ उमा समान ।
साेच्नेछु नित्य उनकाे म भलाइ चेली
पाेख्नेछु दु:ख मनकाे उनसाथ खेली ।
आमा दिदी र बहिनी गुणवान धन्य
सम्बन्धकाे सबल डाेर प्रिया अदम्य ।
धर्ती समाल्न घर जीवन हुन्छ पूर्ण
चेली बिना घर सदा रहने अपूर्ण ।।
सौगात छिन् मुटु समीप रहेर छोरी
बन्छिन् उनै नयनकी रसिली कटौरी
राखौं सदैव नरले उनमाझ श्रद्धा
बन्नेछ सागर खुसी पनि स्नेह गर्दा।५
- सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड