Poem by Sabitra Luitel Ghimire

साप्ताहिक सिर्जना (अंक-७ ) :कविता "छोरी"

कविता

"छोरी"

छाेरी बनिन् किन सधैँभरि पाहुना झैँ
हुन् फूल भाेलि दिनकी अहिले मुना झैँ ।
सत्यार्थ बुझ्न नसकी किन गर्नु हेला
काे हाँस्छ आउँछ भने पनि मृत्यु बेला ।।

छाेरी बिना महल शून्य हुनेछ सारा
लक्ष्मी भनूँ म कसरी अति शिष्ट प्यारा ।
पूजा गरे अति उँचाे पनि हुन्छ स्थान
मिल्नेछ आशिक सबै दिन राख ध्यान ।।

शाेभा प्रवाह घरकी प्रियदेश मान
अस्तित्व संस्कृति कला छ उमा समान ।
साेच्नेछु नित्य उनकाे म भलाइ चेली
पाेख्नेछु दु:ख मनकाे उनसाथ खेली ।