साप्ताहिक सिर्जना (अंक-६ ) :कविता “मोनालिसा र म”

कविता

"मोनालिसा र म"

मोनालिसा!
सबैको कौतूहलताको जागृति जगाउंदै
उत्सुकताको बाढि बगाउंदै र
फक्रिन लागेका गुलाबका पत्र-पत्र झैं
निरन्तर निश्वार्थ नविनता छर्दै
तिम्रो मनमोहक मन्दमुस्कानले
पुर्णदृष्टिमा भर्न
मात्र एक शालीन दृश्यकालागी
ललायित हुने नजरहरुलाई
आकर्षित गर्दै, आज पनि कयौंलाई
आफुतिर डोर्याउंदै छन सदियौं देखि

प्रिय मोनालिसा!
लियोनार्दो दा विंचीका कौशल औंलाहरुले
तिमी रचिन पुग्यौ
सलाई मार्फत सुनका सिक्काहरुमा
आफूलाई साटिन दियौ
किंग लुईसका बाथरुमका भित्तामा
कैदी झैं बर्षौं सम्मन झुंडि रह्र्यौ
सिल्भानो विन्चिका शब्दहरुमा
रहस्यमय उपाधिले अझै रहस्यमय बन्दै गयौ
र रयापलिकाको रुपमा
एक चोटी फेरी पनि जन्मि दियौ
कहिले तिमी बेचिन पुग्यौ,
त कहिले तिमीलाई चोरेर चोरी दिए
अस्तित्वका यतित्व र निद्राका रातहरु
निगरानीमा छौ तर असुरक्षित छन
तिम्रा सत्ताका भाव
जहां छन पाब्लो पिकासो र
विन्सेन्जोका लुब्ध हातहरु
निरन्तर निस्तब्ध रहेका तिम्रा मौनताका
अनपराधी आवाजहरुलाई
कहां कहां वर्णन गरिए,
इतिहासका अख्यान,
वा पुस्तकका व्याख्यानहरुमा
प्यालेस अफ बरसाईल्सको रोडमा वा
ड्यान ब्राउनको द भिन्चि कोडमा

प्यारी मोनालिसा!
म तिमीलाई भन्दिन कि
तिमी विश्वसुंदरी हौ
या जादुमई नगरिकि जादुगर्नी, तर
म तिमीलाई सुन्न सक्छु र भन्न सक्छु,
कहिल्यै नबोल्ने तिम्रा ओंठ भित्रका
असंख्य अनगिनत शब्दहरु,
र पढ्न सक्छु,
तिमीले भन्न खोजेर पनि भन्न नसकेका
ऐतिहासिक रहस्यका रंगीन रंगहरु,
लुब्र म्यूजियमका भित्तामा
सिंगारिएकि तिमी,
तिम्रै आंखाका भित्तामा लेखिएका छन
तिमीले सोध्न खोजेका
ति सबै अनुत्तरित प्रश्नहरु
धुमिल-धुमिल
अस्पष्ट देखिने अक्षरहरुमा,

मोनालिसा!
लियोनार्दो दा विंचीले
स्वयम तिम्रा लागी
संसारका प्रत्येक व्यक्तिहरुलाई
'मेरी आईमाई' भनेर सम्बोधन गर्ने
अधिकार प्रदान गराएका छन
शाब्दिक अर्थमा मोनालिसा लाई
'माई लेडि'
यानिकि मेरी आईमाई भन्ने बुझाउंछ
मेरा मेरा गर्ने पुरुषार्थ समाजका
विभेदी नाराले
नारीलाई आज पनि
आफ्नो भौतिक सम्पत्तिको रुपमा
मान्दै आएको छ र
अस्तित्वको सिमानालाई
मात्र सुन्दरताको पोट्रेट सम्म
सीमित गराएको छ
आज,
अतीतका बगैंचामा
स्मृतिको फूल टिप्दै जांदा
मैले आफ्ना भावका
भावनात्मक प्रतिमूर्तिहरुलाई
तिमीमा प्रतिबिंबित भैरहेको देख्दैछु

मेरी प्यारी सखी मोनालिसा!
मलाई त लाग्छ
तिमी र म,
उस्तै-उस्तै कारागारमा रहेका बन्दि हौं
फरक यति छ कि
तिमी बुलेटप्रूफ शीशा भित्रको
क्यानभासमा कैद छौ
र म
संस्कारभित्रको
रितीरिवाज र मर्यादाहरुमा।

@ डा.नाज सिंह

सिराहा, नेपाल
मस्को, रसिया