quantum

Collection of short poems " Kavitapunj" by Madhu Krishna Shrestha

कविता

कवितापुञ्ज

- मधुकृष्ण श्रेष्ठ "माधुर्य"

१.
"जमाना: हिजो =>आज => भोलि !"

- हातको मैलो सुनको थैलो के गर्नु धनले ?
- जमाना उल्टो, नभए धन के गर्नु मनले ?
- संसारै आफ्नो भन्दाभन्दै छाड्दछ तनले !
- जीवनै दिन्छ पैसा कैलागि संसारका जनले ...

************************************************

२. अस्थिपंजर

Muktak (Short nepali poems)

दुइ मुक्तकहरु
+++++++++
"सत्य बोल्दा " र "झुक्किएको मौरी'"

- मधु माधुर्य

१.
सत्य बोल्दा असुरक्षित महशुस हुन्छ किन ?
किन ?
============================

सत्य बोल्दा असुरक्षित महशुस हुन्छ किन ?

राम्रो गर्न खोज्दा नराम्रो सोच्छन् किन ?

'मुटु दिएर' कसैलाई आफू रित्तिदा पनि

शंकै शंकाको भीरमा मान्छे जाकिन्छ किन ?

किन ?

सत्य बोल्दा असुरक्षित महशुस हुन्छ किन ?

किन ?

---------------------------------------------------

२.

....जस्तो भा'छु

Quantum poem: I'll rise ...

क्वान्टम-कविता

अब उठ्छु म माटोसँगै ...

- मधु माधुर्य

सबथोक भएर पनि केहि नभएकोजस्तो
हाम्रो संस्कारले -
देशले भिख माग्दामाग्दा भिखारी बनेको
मेरो मनस्थिति
आज १८० डिग्रीमा फनक्क घुमेको छ
र दृश्य र मान्यताहरुको उलटपुलट
शुरु हुनै लागेको छ ...

"मोराले मन्दिरै भत्काउने पो हो कि"

भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु

पशुपतिनाथको देशमा

उसको छाडा बसाहा भन्दा पनि उद्दण्ड भैरहेछु

मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि

मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ?