Gazhal by HariMaya Khatiwoda

साप्ताहिक सिर्जना (अंक-८) :गजल “दुई गजलहरु"- हरिमाया अधिकारी खतिवडा

दुई गजलहरु

गजल-१
=====

शब्द शब्दमा संगीतले आज बोलाउँदै छ ।
कसैको याद यो मनको माझ टोलाउँदैछ ।।

जति भुल्छु भन्यो त्यो निर्मोही मायालाई ।
किन सम्झी उसैलाई यो साँझ मौलाउँदैछ ।।

सबै हिजो छोडेर आजलाई सजाउँछन् ।
यो मनको बगैचामा बिगतको याद फैलाउँदैछ ।।

जे जे हुने भै नै सक्यो दिल तोडेर गै नै सक्यो ।
निष्ठुरीलाई सम्झी किन हरि खास बौलाउँदैछ ।।

गजल-२
=====
मायाको परिभाषा जान्न माया गर्नु ज़रूरी छ
एकअर्काको सथी बन्न भर पर्नु ज़रूरी छ ।