Quantum poem by Dr. Madhu Madhurya

क्वान्टम कविता :
==========

त्यो बस्ती...
- डा. मधु माधुर्य

मैले देखेका / नदेखेका बस्तीहरु छन्
मैले हिंडेका / नहिंडेका बाटाहरु छन्
सपनीमा देख्छु / विपनीमा देख्छु
तिनलाई -
र सम्झन्छु
मैले साक्षात्कार गरेको / नगरेको हरेक क्षणहरुलाई ...

कलिलो बिहानी घाम मनपर्छ
मलाई
साँझपूर्वको मन्द घाम मन पर्छ
रोकेर अपरान्ह वा साँझहरु
क्षितिजमाथि घाम थामिराख्न नसक्दा
बानी पर्दै गए रातहरु ....

Haiku : Dr. Madhu Madhurya

हा-ई-कु
- डा. मधु माधुर्य

के हो जीवन ?
प्रश्नै प्रश्नको भीर
लड्छु गर्ल्याम्म !

ढुंगा होइन
मन फूल मुस्का'को
सुन्दर देख्छु ...

प्रयाप्त हुन्छ
मात्र १ थोपा विष
मृतु -हाजिर !

उपदेश त्यो
मान्नु पर्ने कस्ले हो ?
दिन्छन् सबैले !

मन जल्दछ
तेलबिना हुर्हुरी
'इर्ष्या-तन्त्र' ले !

Pages