Poem "History"

लघु-कविता
"इतिहास"
- मधु माधुर्य

ठाउँठाउँमा मक्किएका / च्यातिएका पाना
ठाउँठाउँमा पुराना / आला रगतका टाटा
बीचबिचमा हराएका पाना
कतै चिथोरिएका
र कतै आँसुले ढुसिएका पाना ...
अर्थात् घाइते अक्षरहरुको संगालो
यो माटोमा उभिएर
जब म आफ्नो हातले उचाल्न खोज्दछु
"इति" हुन्छ मेरो हाँसो
मेरो देशको इतिहास !

******************

MUKTAK /POEM by Madhu Madhurya

फूल हौ तिमी देउता पनि हौ
===================
तिमीलाई फूल भनिरहेछु
तिमीमा पनि सुन्दर-नशालु काँडाहरु रहेछन्
तिमीलाई देउता भनिरहेछु
जमेर मुटु-कलेजा तिम्रा पनि पत्थर हुँदा रहेछन्

Tags: 

POEM

अमान्छे र सडक

- डा. मधु माधुर्य

अनुहार छ
रुप छ
छायाँ छ
त्योभित्र -
मान्छे छैन !

टकटक त्यो हिंडीरहेछ
उसंग
समानान्तर
म पनि हिंडीरहेछु
एउटै बाटोमा
फिँजाएर
सडकभरि
संत्रासले सुन्निएको जीऊ !

Poem

कविता:
हार्दिक श्रद्धान्जली
-- मधु माधुर्य

इतिहासमा विस्मृतिको पर्यायबनिसकेको
बेबिलोनको एकान्त बगैंचामा
सुनिरहेको छु म
क्रिष्टिनाको बिलौना र ईश्वरसंगको एकतर्फी वार्ता:

“एक निरिह जुलियाको अन्जानमा ज्यान गयो
प्रिय भ्यालेण्टाइनको निर्मम हत्यासँगै,
पाप वा पुण्य त मैले गरेकी थिएँ भ्यालेण्टाइनसँग ..
मैले किन सहनु पर्यो अन्तिम बियोग भ्यालेण्टाइनसँगको
र आज एक्ली एक्ली छु
कहिले देख्न / भेट्न पाउँछु म प्रिय भ्यालेन्टाइनलाई ?
हे ईश्वर ! मैले तिमी त्यतिको क्रुर छौ भनेर सोचेकी पनि थिईनँ…”

Pages